मुख्य समाचार
पिंगलास्थानमा युवती मृत्यु प्रकरण : सँगै होटल गएका युवक पनि जंगलमा मृत भेटिए
पिंगलास्थानमा युवती मृत्यु प्रकरण : सँगै होटल गएका युवक पनि जंगलमा मृत भेटिए

— काठमाडौं–९ पिंगलास्थानको वागमती होटलमा युवती मृत फेला परेको चार दिनपछि उनीसँगै होटल गएका युवकको पनि शव फेला परेको छ ।शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीस्थित जंगलमा रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले जानकारी दिए ।




मंगलबार कागेश्वरी मनोहरा–२ की २१ वर्षीया सुस्मिता खड्का र ओखलढुंगाका २३ वर्षका टेकबहादुर थापा उक्त होटलमा बास बसेका थिए । भोलिपल्ट अंग्रेजी नयाँ वर्षको दिन बुधबार युवती खड्काको शव फेला परेको थियो भने युवक बेपत्ता थिए ।


युवकले बाहिरबाट होटलको ढोका लगाएर बेपत्ता भएपछि प्रहरीले हत्याको आशंका गरेर अनुसन्धान गरिरहेको थियो । होटलमा उनीहरूले ३ हजार रुपैयाँसमेत एड्भान्स दिएका थिए ।

होटल प्रशासनले दुवै जना बसेको ३०८ नम्बरको कोठाको ढोका बुधबार अबेरसम्म नखुलेपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरी अधिकृत र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा ढोका खोल्दा खड्का मृत फेला परेकी थिइन् । काठमाडौं महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीका अनुसार मृत भेटिएकी खड्काको मुखबाट फिँज आएको थियो ।

यद्यपि, उनको शरीरमा कुनै चोटपटक भने देखिँदैनथ्यो । उनले लगाएका कपडा पनि बिग्रेका थिएनन् । जुत्ता समेत लगाएर खाटको कुनापट्टि सुतेको जस्तो देखिन्थ्यो । दुईवटा रेडबुलका खाली डब्बा भने कोठामा भेटिएका थिए । प्रहरीका अनुसार उनीहरूबीच फोन सम्पर्क र म्यासेज आदानप्रदान भएको देखिन्छ । तर, युवतीको मोबाइल भने प्रहरीले फेला पार्न सकेको छैन ।

युवतीसँगै होटल गएका युवक पुस पहिलो हप्ता जापानबाट काठमाडौं आएका हुन् । यसअघि युवकले अध्ययन गरेकै ठाउँमा युवती पनि जापानी भाषासँगै कलेज पढ्दै थिइन् । उनीहरूबीच ३ वर्षअघिदेखि प्रेम सम्बन्धसमेत रहेको पारिवारिक स्रोतले बताएको छ । बिहे नै गर्ने गरेर दुवै परिवारलाई यसबारे जानकारी दिइएको भए पनि युवक र युवतीबीच पछिल्ला दिनमा सम्बन्ध बिग्रेको बताइएको छ ।

मृतकका आफन्तसँग समन्वय गर्दै अनुसन्धान चलिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । यद्यपि, मृत अवस्थामा भेटिएका युवकका बारेमा भने प्रहरीले आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन । युवतीका परिवारले भने युवकविरुद्ध किटानी जाहेरी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...
— प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले सूचना जारी गर्दै बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. गणेश थापाले जारी गरेको सूचनाअनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, ...