मुख्य समाचार
सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित
सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित

— सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।


सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षका उम्मेदवारहरू वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाएका थिए भने अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका थिए ।


उपाध्यक्षमा अधिवक्ता अम्बरबहादुर राउत विजयी भएका छन् । सचिवमा अधिवक्ता रमणकुमार कर्ण विजयी हुँदा सहसचिवमा अधिवक्ता पुन्देवी महर्जन सुजना निर्वाचित भइन् ।

कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल निर्वाचित भएका छन् भने महिला सदस्यमा शशी बस्नेत निर्वाचित भएकी छन् ।

त्यस्तै, सदस्यहरूमा अधिवक्ताहरू दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, प्रदीपकुमार राजवंशी, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र शतिसराज मैनाली निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
प्रहरी र व्यवसायीबीचको झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते
जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप
राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
सिंहदरबार किन जल्यो ? विमानस्थल कसरी बच्यो ? सेनाको १० बुँदे प्रष्टीकरण
जनस्वराज पार्टी दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश