मुख्य समाचार
अस्ट्रेलियाले जित्यो भारतविरुद्धको टेस्ट सिरिज
अस्ट्रेलियाले जित्यो भारतविरुद्धको टेस्ट सिरिज

— अस्ट्रेलियाले पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा आइतबार भारतलाई ६ विकेटले पराजित गरेको छ । सिडनी क्रिकेट मैदानमा जितका लागि १ सय ६२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले चार विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो ।


यससँगै अस्ट्रेलियाले सिरिज ३–१ ले जितेको छ र बोर्डर–गावस्कर ट्रफि आफ्नो नाममा लेखाएको छ । अस्ट्रेलियाले भारतलाई टेस्ट सिरिजमा हराएको यो १० वर्षयता पहिलो पटक हो । उसका लागि बेउ वेबस्टरले ३९ र ट्रेभिस हेडले ३४ रन बनाए ।


उनीहरूले पाँचौं विकेटका लागि ५८ रनको नटआउट साझेदारी गरे । घरेलु टिममका लागि ओपनर उस्मन ख्वाजाले सर्वाधिक ४१ रन बनाए । यस्तै, अर्को ओपनर साम कोन्टासले २२ रनको योगदान दिए । भारतीय बलरमध्ये प्रसिद्ध कृष्णले ३ विकेट लिए ।

यसअघि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ५७ रन बनाएर अलआउट भएको थियो । भारतले ६ विकेट गुमाएर १ सय ४१ रन बनाएर दिनको सुरु गरेको थियो र टिम अस्ट्रेलियाली धारिलो बलिङसामु लामो समय टिकेन् र चाँडै सबै विकेट गुमायो ।

अस्ट्रेलियाका लागि स्कट बोलान्डले ४५ रनमा ६ विकेट लिए । यस्तै प्याट कमिन्सले ४४ रनमा तीन विकेट लिए । भारतले आफ्नो पहिलो इनिङ्समा १ सय ८५ रन बनाएपछि अस्ट्रेलियाले त्यसको जवाफमा १ सय ८१ रन बनाएको थियो । भारतले बोर्डर–गावस्कर ट्रफि जित्ने हो भने सिड्नी टेस्ट जित्न आवश्यक थियो । तर त्यसलाई अस्ट्रेलियाले पूरा हुन दिएन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...