मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पौष २७ गते राष्ट्रिय एकता ऱ्याली गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पौष २७ गते राष्ट्रिय एकता ऱ्याली गर्ने

: ३०३ औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पौष २७ गते दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,पूर्व अध्यक्षहरू पशुपति शमसेर राणा,डा.प्रकाशचन्द्र लोहनीलगायतका नेताहरू समेत ऱ्यालीमा सहभागी हुनेछन् ।


विभिन्न भेषभुषा र झाँकीसहितको हुने ऱ्याली पृथ्वी शालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम रहेको छ । सोही दिन राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राप्रपाले चियापानमा प्रधानमन्त्री,मन्त्रिपरिषदका सदस्यहरू,सभामुख,राष्ट्रिय सभाका अध्यक्ष,विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू,पूर्वप्रधानमन्त्रीहरू,संवैधानिक निकायका प्रमुखहरू,विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू,सुरक्षा निकायका प्रमुखहरू,विभिन्न पेशागत संघसंस्थाका प्रमुखहलगायत व्यक्तिहरूलाई निमन्त्रणा पठाएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।


राप्रपाले ०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको प्रवक्ता श्रेष्ठले बताए । यसैगरी पृथ्वी जयन्तीकै अवसरमा राप्रपा सम्बद्ध प्राज्ञिक परिषद्ले पौष २५ गते काठमाडौंमा राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानका बारेमा विचार गोष्ठीको आयोजना समेत गरेको छ ।

आम निर्वाचनपछि राप्रपा समेत सहभागी प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...
— प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले सूचना जारी गर्दै बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. गणेश थापाले जारी गरेको सूचनाअनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, ...