मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पौष २७ गते राष्ट्रिय एकता ऱ्याली गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पौष २७ गते राष्ट्रिय एकता ऱ्याली गर्ने

: ३०३ औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पौष २७ गते दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता ऱ्याली गर्ने भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,पूर्व अध्यक्षहरू पशुपति शमसेर राणा,डा.प्रकाशचन्द्र लोहनीलगायतका नेताहरू समेत ऱ्यालीमा सहभागी हुनेछन् ।


विभिन्न भेषभुषा र झाँकीसहितको हुने ऱ्याली पृथ्वी शालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम रहेको छ । सोही दिन राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

राप्रपाले चियापानमा प्रधानमन्त्री,मन्त्रिपरिषदका सदस्यहरू,सभामुख,राष्ट्रिय सभाका अध्यक्ष,विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू,पूर्वप्रधानमन्त्रीहरू,संवैधानिक निकायका प्रमुखहरू,विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू,सुरक्षा निकायका प्रमुखहरू,विभिन्न पेशागत संघसंस्थाका प्रमुखहलगायत व्यक्तिहरूलाई निमन्त्रणा पठाएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।


राप्रपाले ०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको प्रवक्ता श्रेष्ठले बताए । यसैगरी पृथ्वी जयन्तीकै अवसरमा राप्रपा सम्बद्ध प्राज्ञिक परिषद्ले पौष २५ गते काठमाडौंमा राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानका बारेमा विचार गोष्ठीको आयोजना समेत गरेको छ ।

आम निर्वाचनपछि राप्रपा समेत सहभागी प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
प्रहरी र व्यवसायीबीचको झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते
जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप
राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
सिंहदरबार किन जल्यो ? विमानस्थल कसरी बच्यो ? सेनाको १० बुँदे प्रष्टीकरण
जनस्वराज पार्टी दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश