मुख्य समाचार
नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाए
नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाए

: प्रवासी नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलियाले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ। अंग्रेजी नयाँ वर्ष २०२५ को उपलक्ष्यमा पदयात्रा तथा सम्मान कार्यक्रम गर्दै टोपी दिवस मनाइएको हो।


पछिल्लो समय नेपालीहरूको उल्लेखनीय बसोबास रहेको एडिलेडको जोन मिलर रिजर्भबाट समुन्द्री किनारहुँदै पदयात्रा गरिएको थियो। पदयात्रामा एडिलेडको प्रमुख बिच ग्लेनेल समेत सहभागी थिए। पदयात्रामा अष्ट्रेलियाको सांगीतिक यात्राको क्रममा रहेका कलाकारद्वय सत्य राज आचार्य र स्वरुप राज आचार्यले समेत सहभागिता जनाएका थिए ।

पदयात्रा पछि आयोजित समारोहमा १५ जना विद्यावारिधि गरेर साउथ अष्ट्रेलियामा क्रियाशिल रहेका नेपालीहरूलाई सम्मान गरिएको थियो। उनीहरूलाई दोसल्ला,ढाका टोपी तथा प्रमाण पत्रले सम्मान गरिएको थियो।सम्मान कार्यक्रममा मन्तव्य राख्दै साउथ अष्ट्रेलियाको म्यारियन काउन्सीलकी काउन्सीलर रेनुका लामाले विदेशमा सिकेको ज्ञान र सिपलाई अष्ट्रेलियामा रहेको नेपाली समुदाय र मातृभूमिका लागि समेत उपयोगमा ल्याउन विशेष आग्रह गरेकी थिइन् ।


कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरीले नेपालीहरू जहाँ भए पनि जन्मभूमी नेपाललाई बिर्सनु नहुने बताउँदै टोपी दिवसमार्फत् नेपाललाई चिनाउने प्रयासका लागि सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

युनिभर्सिटी अफ साउथ अष्ट्रेलियाका अनुसन्धानकर्ता डा.अर्जुन बुर्लाकोटीले यस्ता सम्मान कार्यक्रमहरूले सबैले राम्रो कुरा एक अर्काबाट सिक्ने अवसर पनि भएकाले महत्वपूर्ण रहेको बताउँदै सहभागी बालबालिकाहरूलाई पनि अझ प्रेरणा हुने बताए ।

डा. दया पराजुलीले मातृभूमिमा जस्तै प्रवासमा समेत सम्मान गरेकोमा थप समुदाय र मातृभूमीप्रति जिम्मेवारी बोध भएको बताए । मञ्चका साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडीले प्रवासमा हुर्केका नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृतिका बारेमा परिचित गराउन समेत कार्यक्रम आयोजना गरिएको बताए ।

उनले विद्यावारिधि गरेका नेपालीहरू सम्मान गरेर उनीहरूबीच पनि जोड्न चाहिको बताउँदै विदेशमा सिकेको ज्ञान सिप मातृभूमिका लागि कसरी उपयोग गर्न सकिन्छ भनेर छलफल चलाउन अनुरोध गरेका थिए । कार्यक्रमका संयोजक रामकृष्ण शर्माले नेपालको प्रचार र प्रवर्द्धन गर्ने उद्देश्यले २०१८ देखि मञ्चले नेपाली टोपी दिवस मनाउँदै आएको बताए ।

प्रवासी नेपाली मञ्चकै आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानवेरा र वेस्टन अष्ट्रेलियामा समेत टोपी दिवस मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् । विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् ...