मुख्य समाचार
नेपालमा सञ्चालनमा रहेका होटलमा एक वर्ष अवधिमा २ करोड ८ लाख पाहुनाले आवास सेवा
नेपालमा सञ्चालनमा रहेका होटलमा एक वर्ष अवधिमा २ करोड ८ लाख पाहुनाले आवास सेवा

। नेपालमा सञ्चालनमा रहेका होटलमा एक वर्ष अवधिमा २ करोड ८ लाख पाहुनाले आवास सेवा लिएको देखिएको छ ।

केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण’ अनुसार एक वर्षमा तारे होटलमा मात्र १९ लाख १२ हजार २ सय ७४ पाहुनाले आवास सुविधा लिएका छन् । ताराविहीन होटल तथा लजमा १ करोड ७७ लाख २१ हजार ९ यस ९३ पाहुनाले सेवा लिएको तथ्यांकमा देखिएको छ ।




रिसोर्टहरूमा भने ७ लाख ४२ हजार ७ सय ४८ पाहुना पुगेका छन् । होमस्टेमा ४ लाख ३६ हजार १ यस ३५ पाहुना पुगेका छन् । कार्यालयले १ साउन २०७९ देखि ३० असार २०८० सम्मको तथ्यांक आधार मानेर यो सर्वेक्षण सार्वजनिक गरेको हो ।

एक वर्ष अवधिमा सबैभन्दा धेरै बागमती प्रदेशका होटलले ७३ लाख ३९ हजार पाहुनालाई सेवा दिएका छन् ।



८३ प्रतिशत पाहुना नेपाली

होटलमा सेवा लिनेमध्ये ८३ प्रतिशत पाहुना नेपाली रहेको देखिएको छ । भारतीय ६.५ प्रतिशत र चिनियाँ १.५ प्रतिशत छन् । यसबाहेक ८.७ प्रतिशत पाहुना भने अन्य देशका रहेको सर्वेक्षणमा छ ।

कुन प्रयोजनमा होटल सेवा लिन्छन् ग्राहक ?

तथ्यांक अनुसार पर्यटकीय उद्देश्यले सबैभन्दा धेरै पाहुना होटलको सेवा लिन पुग्ने गरेका छन् । जसमा धार्मिक पर्यटक जोडिएको छैन । यस्तो संख्या एक वर्षमा ४१ लाख ८९ हजार ४६ छ ।

मनोरञ्जन प्रयोजनमा होटल सेवा लिने ३० लाख २९ हजार ३ सय ८५ छ । व्यक्तिगत कामका लागि होटल सेवा लिने ग्राहक संख्या २७ लाख ३९ हजार ३ सय ९९ छ ।

व्यापार/व्यवसायका सिलसिलामा होटल सेवा लिने पाहुना २६ लाख १७ हजार ८ सय १० छन् । धार्मिक प्रयोजन र घुमफिरमा निस्किएका २४ लाख ८२ हजार ४ सय ७२ जनाले समेत होटल सेवा लिएका छन् ।

नेपालमा धेरैजसो पाहुनाले होटललाई चेक वा नगद भुक्तानी दिने गरेका छन् । यस्तो संख्या ८४.९ प्रतिशत छ । डिजिटल ट्रान्सफर (कनेक्ट आईपीएस, ईसेवा, खल्ती, क्यूआर कोड) सहित माध्यमबाट १४.१ प्रतिशत पाहुनाले भुक्तानी गरेको समेत तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको दायित्व ५५ अर्ब हाराहारी पुगेको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई पटक गरी ३६ अर्ब ऋण लिएको थियो । त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको ...
। मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म मुलुकको कुल बेरुजु साढे ७ खर्बमाथि पुगेको हो । महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष कुल ९४ अर्ब ८४ अर्ब ४० करोड रुपैयाँ बराबर लेखा परीक्षण ...
: सेयर अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका–२०८२ पारित नहुँदा करिब ३६ कम्पनीका संस्थापक सेयर सूचीकृत हुन सकेका छैनन्। २०८१ माघमा ओम मेगाश्री फर्मास्युटिकल्सलगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए। तर, यी कम्पनीहरूको संस्थापक सेयर सूचीकृत हुन सकेका हुन्। यसमा जलविद्युत् क्षेत्रका मात्रै करिब २४ आयोजनाका करिब १ अर्ब ८० करोड कित्ता संस्थापक सेयर सूचीकृतको पर्खाइमा छन्। आईजीन विवादले ...
। नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ । अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी गरेका हुन् । श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा क्रस–बोर्डर भुक्तानी सुरुवातको घोषणा गरिएको छ। उक्त व्यवस्थापछि श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्ट ...
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम मार्फत स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न महत्त्वाकांक्षी घोषणाहरू गरेको छ । व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै काम ३० दिनभित्र सम्पन्न गर्ने ‘लगानी एक्सप्रेस’ लागु गर्ने, विदेशी लगानीमा ‘स्वचालित मार्ग’ विस्तार गर्ने र ठूला लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने सरकारको घोषणा छ । मुलुकको अर्थतन्त्रलाई गति ...