मुख्य समाचार
‘स्क्विड गेम सिजन २’ पहिलो साता नेटफ्लिक्समा धेरै हेरिने सातौं गैरअंग्रेजी सिरिज
‘स्क्विड गेम सिजन २’ पहिलो साता नेटफ्लिक्समा धेरै हेरिने सातौं गैरअंग्रेजी सिरिज

। रिलिजको एक सातामै ‘स्क्विड गेम’को सिजन २ नेटफ्लिक्समा सातौं सबैभन्दा लोकप्रिय गैरअंग्रेजी शो बनेको छ । नेटफ्लिक्सले सार्वजनिक गरेको सूचीमा यो कुरा उल्लेख छ ।

सूचीको शीर्षस्थानमा ‘स्क्विड गेम’को पहिलो भाग छ, जसलाई अहिलेसम्म २५६.२ मिलियन पटक हेरिएको छ । डिसेम्बर २६ मा स्ट्रिमिङ सुरु भएको दोस्रो सिजनले थप कीर्तिमान रच्ने अपेक्षा गरिएको छ । तेस्रो सिजन सन् २०२५ भित्रै रिलिज हुने अपेक्षा गरिएको छ ।


दोस्रो सिजनलाई पहिलो साता ६८ मिलियन पटक हेरिएको उल्लेख छ । अघिल्लो भागलाई पहिलो साता सन् २०२२ मा ५०.१ मिलियन पटक हेरिएको थियो भने ९२ मुलुकमा ट्रेन्डिङको शीर्षस्थानमा रहेको नेटफ्लिक्सले जनाएको छ ।

यो दक्षिण कोरियाली श्रृंखलाले आईएमडीबीमा १० मा ८ रेटिङ पाएको छ भने रटन टम्याटोजमा ९५ प्रतिशत रेटिङ प्राप्त गरेको छ । तीन वर्षपछि घातक खेलमा फर्किएको मुख्य पात्र सिओङ गि–हुनको कथा दोस्रो सिजनमा छ । पहिलो भागमा ऋणबाट मुक्त हुनका लागि पैसा कमाउने उद्देश्यले भाग लिएको गि–हुन दोस्रो सिजनमा भने यो घातक खेललाई रोक्ने संघर्षमा छ ।



यदि तपाईंले पहिलो भाग हेर्नुभएको छ भने दोस्रो श्रृंखला अझै रोचक हुनसक्छ । यसपटक पनि ४५६ जना खेलाडी घातक खेलको प्रतिस्पर्धामा छन् । दोस्रो सिजन कुल सात भागको छ ।

‘स्क्विड गेम’का सिर्जनाकर्ता ह्वाङ डोङ–ह्युकका अनुसार तेस्रो सिजन पनि आउने तयारीमा छ । भेराइटी म्यागेजिनसँगको अन्तर्वार्तामा ह्युकले सम्भवतः अर्को वर्षको गर्मीयाममा तेस्रो सिजन आउनसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...