मुख्य समाचार
‘सुपरम्यान’, ‘माइकल’सहित २०२५ मा आउँदैछन् हलिउडका यी ठूला ११ फिल्म
‘सुपरम्यान’, ‘माइकल’सहित २०२५ मा आउँदैछन् हलिउडका यी ठूला ११ फिल्म

। सन् २०२४ मा हामीले हलिउडमा एनिमेटेड, हृदयभित्रका संवेदना, उत्परिवर्तन, ग्लाडिएटर र बोक्सीको कथाले भरिएका फिल्म हेर्‍यौं । नयाँ वर्ष २०२५ मा हलिउडले नयाँ कथामा फिल्म ल्याउने अपेक्षा गरिएको छ ।

अब आउने फिल्म सिक्वेल, रिबुट र फ्रेन्चाइजीका विस्तार हुनेछन् । यो भनेको हलिउड व्यावसायिक रुपमा सफल फिल्मलाई दर्शकमाझ ल्याउन चाहन्छ भन्ने हो । यो भनेको दर्शकको सामूहिक इच्छाको प्रमाण पनि हो ।




कुनै पनि हिसाबले पूर्ण नभएपनि हलिउडमा सन् २०२५ मा केही ठूला फिल्म आउनेछन् जसलाई लिएर विश्वको नजर छ ।

ब्याक इन एक्सन



नेटफ्लिक्सको यो जासूसी फिल्ममा दुई ठूला हलिउड स्टार क्यामरन डियाज र जो फक्स देखिनेछन् । डियाज १० वर्षसम्म हलिउड कथानक फिल्मको लाइमलाइटबाट टाढा थिइन् । अस्कर विजेता फक्स स्वास्थ्य समस्यापछि निको भएर फिल्ममा फर्कंदैछन् । यो जोडी सन् २०१४ को म्युजिकल फिल्म ‘एनी’मा एक थियो । ‘ब्याक इन एक्सन’ १७ जनवरीमा स्ट्रिमिङ सुरु हुनेछ ।



द फ्यान्टास्टिक फोर : फर्स्ट स्टेप्स

सन् २०२५ मा मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)का तीन फिल्म आउने तयारीमा छन् । फेब्रुअरीमा ‘क्याप्टेन अमेरिका : ब्रेभ न्यु वर्ल्ड’, मेमा ‘थन्डरबोल्ट्स’ र २५ जुलाईमा ‘द फ्यान्टास्टिक फोर : फर्स्ट स्टेप्स’ आउनेछन् । यीमध्ये पछिल्लो फिल्ममा पेड्रो पास्कल, ‘स्ट्रेनजर थिंग्स’ फेम्ड जोसेफ क्विन, ‘द बियर्स’ फेम्ड इबोन मोस–बक्रच र भेनेसा किर्बी अभिनित यो फिल्मले सुपरपावरको कथालाई सिनेमाको जीवनमा ल्याउने स्टुडियोको प्रयत्न हो ।

सुपरम्यान

निर्देशक जेम्स गन कमिक बुकमा आधारित कथालाई डीसी युनिभर्सको स्वरुपमा ठूलो पर्दामा ल्याउँदैछन् । यो फिल्ममा डेभिड कोरेनस्वेट र ‘मार्भल्स मिसेस मेसेल’ अभिनित राहेल ब्रोस्नाहानको अभिनय यसमा हुनेछ । यसैमहिना सार्वजनिक टिजरले फिल्मको संक्षिप्त कथावस्तु र मुख्य पात्र क्लार्क केन्टको कुकुरलाई दर्शाएको छ । यो फिल्म ११ जुलाईमा रिलिज हुनेछ ।

मिकी १७

दूरदर्शी दक्षिण कोरियाली निर्देशक बोङ जुन होले आफ्नो अस्कर विजेता ‘प्यारासाइट’मार्फत दर्शकलाई मोहित तुल्याएको ६ वर्ष भइसक्यो । उनको पछिल्लो फिल्म ‘मिकी १७’ धेरै ढिलाइपछि अन्ततः अप्रिलमा रिलिज हुनेछ । रोबर्ट प्याटिनसन अभिनित फिल्म यो साई–फाई कमेडीजस्तो देखिन्छ । मुख्य पात्रले अन्तरिक्षमा खतनारक मिसनको जिम्मा पाएको छ । ‘मिकी १७’ अप्रिल १८ मा रिलिज हुने जनाइएको छ ।



जुरासिक वर्ल्ड : रिबर्थ

सिक्वेलको कुरा गर्दा ‘जुरासिक पार्क’ डाइनोभर्सको पछिल्लो श्रृंखलामा ‘विक्ड’बाट हालैको विश्वव्यापी सफलता पाएका कलाकार स्कारलेट जोहानसन र जोनाथन बेलीले अभिनय गरेका छन् । ‘जुरासिक वर्ल्ड : रिबर्थ’ जुलाई २ मा प्रदर्शन हुनेछ ।



हाउ टु ट्रेन योर ड्रागन

डायनासोरदेखि ड्रागनसम्म । डिज्नीलाई पछयाउँदै युनिभर्सल र ड्रिमवर्कसले आफ्नै उत्कृष्ट प्रदर्शन गर्ने एनिमेटेड फ्रेन्चाइजीमध्ये एकलाई पुनः कल्पना गर्दै निर्माण गरेका छन् । यसअघि यो पहिलो पटक १५ वर्ष पहिले दृश्यमा आएको थियो । यो नयाँ फिल्म क्रेसिडा कोवेलको पुस्तकमा आधारित फिल्मको लाइभ एक्सन रुपान्तरण हो । ‘हाउ टु ट्रेन योर ड्रागन’ जुन १३ मा थिएटरमा रिलिज हुनेछ ।

वुल्फ म्यान

यो फिल्म पुराना फिल्मलाई सिनेम्याटिक जीवनमा फर्काउने स्टुडियोको प्रयत्न हो । भ्रममा नपर्नुहोला, ‘वुल्फ म्यान’, बेनिसियो डेल टोरो अभिनित सन् २०१० को ‘द वुल्फम्यान’को सिक्वेल होइन । बरु, यो सन् १९४१ बाट युनिभर्सलको क्लासिक मोन्स्टर फिल्मको नयाँ संस्करण हो । यसपटक ‘गर्ल्स’ र ‘पुअर थिंग्स’ स्टार क्रिस्टोफर एबट हर्सुट शीर्ष भूमिकामा छन् । ‘वुल्फ म्यान’ जनवरी १७ मा हलमा रिलिज हुनेछ ।

कराते किड : लिजेन्ड्स

क्लासिक कराते फिल्म ‘कोब्रा काई’को सफलतापछि अभिनेता राल्फ म्याचियोले ४० वर्षभन्दा धेरै समयपछि फर्किन लागेको यो ठूलो पर्दाको फिल्म हो । यसमा ज्याकी च्यान मिस्टर हानको गुरुजस्तो भूमिकामा फर्किएका छन्, जुन भूमिका उनले पहिलो पटक सन् २०१० को रिबुटमा जेडेन स्मिथसँगै निर्वाह गरेका थिए । शीर्ष भूमिका किडको भूमिकामा यसपटक बेन वाङले अभिनय गरेका छन् । यो फिल्म ३० मेमा रिलिज हुनेछ ।

प्याडिङ्टन इन पेरु

सन् २०१७ को ‘प्याडिङ्टन २’ जसले रटन टम्याटोजमा ९९ प्रतिशत रेटिङ पाएको थियो । यो एक बच्चाको कथा समेटिएको दुर्लभ र प्रभावशाली फिल्म हो । यो एक प्याडिङ्टन नामक भालुको कथा हो । दर्शकलाई यो रुचिकर हुनसक्छ । ह्यु बोनभिल, बेन ह्विस र इमेल्डा स्टनटनले यसमा अभिनय गरेका छन् । यो फिल्म १४ फेब्रुअरीमा रिलिज हुनेछ ।

माइकल

धेरै प्रचार र अनुमानपछि पपसंगीतका राजा मानिने माइकल ज्याक्सनको बायोपिक नयाँ वर्षमा थिएटरमा आउनेछ । यसमा माइकलका भतिजा जाफर ज्याक्सनले स्वर्गीय सुपरस्टारको रूपमा चित्रण गर्नेछन् । अन्य कलाकारमा कोलम्यान डोमिङ्गो, माइल्स टेलर, निया लङ र लारेन्ज टेट पनि छन् । ‘माइकल’ अक्टोबर ३ मा थिएटरमा प्रिमियर हुनेछ ।



विक्ड : फर गुड

पहिलो भाग रिलिज भएको ठीक एक वर्षपछि यस वर्षको सबैभन्दा ठूलो म्युजिकल फिल्मले दर्शकलाई आकर्षित गर्ने पक्का छ । ‘हिट ब्रोड वे’ म्युजिकलको दोस्रो श्रृंखला हो, जसलाई जुन १९९५ मा ग्रेगरी म्यागुइरले लेखेको उपन्यासबाट रूपान्तरण गरिएको थियो । जुन उपन्यासको मौलिक गीतमध्ये एकको नाममा ‘फर गुड’ नाम तय गरिएको छ । आजको भयानक र दुष्ट संसारमा आफ्नो ठाउँ खोज्नका लागि संघर्ष गर्दा एल्फाबा र ग्लिन्डासँग भेट हुनेछ । ‘विक्ड : फर गुड’ २१ नोभेम्बर २०२५ मा हलमा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...
। बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ । भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ । टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा ...
। लेडी गागा र ब्रुनो मार्सले संयुक्तरुपमा गाएको गीत ‘डाई विथ अ स्माइल’ सन् २०२५ मा स्पोटीफाईमा सबैभन्दा धेरै सुनिने गीत बनेको छ । विश्व संगीतको सबैभन्दा ठूलो प्लाटफर्मले ‘स्पोटीफाई र्‍याप्ड’ को सूची सार्वजनिक गरेको छ जसमा उक्त गीत शीर्षस्थानमा छ । उक्त गीतलाई १.७ अर्ब पटक सुनिएको छ । रोचक के छ भने के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ ...