मुख्य समाचार
स्वास्थ्य बीमा सुधार कार्यदलले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन
स्वास्थ्य बीमा सुधार कार्यदलले स्वास्थ्यमन्त्रीलाई बुझायो प्रतिवेदन

: स्वास्थ्य बिमा क्षेत्र सुधारका लागि सुझाव दिन गठित स्वास्थ्य बीमा सुधार कार्यदलले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ ।शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले आफ्नो प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको हो ।


प्रतिवेदनमा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यमा गर्नुपर्ने सुधारका कामहरू समावेश गरिएको छ । प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले विद्यमान विमा व्यवस्थाले केहि राहत भएपनि पूर्ण नभएकाले यसलाई व्यवस्थित गर्दै अघि बढ्नका लागि थप अध्ययन गरिएको बताए।

पौडेलले प्रतिवेदनका सुझावहरूलाई कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। नागरिकलाई सहज हुने गरि बीमाको दायरा बढाउने गरि मन्त्रालयले तयारी गरिरहेको उनले बताए। मन्त्री पौडेलले स्वास्थ्य बीमा ५ लाखसम्म पुराउनका लागि स्रोत सुनिश्चितताको विषयका बारेमा पनि अध्ययन गरिएको जिकिर गरे।


स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा अघि बढाउनका लागि मन्त्री पौडेलले यहि असोज ९ गते वरिष्ठ जनस्वास्थ्य विज्ञ डा.शम्भुप्रसाद आचार्यको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
प्रहरी र व्यवसायीबीचको झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते
जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप
राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस
सिंहदरबार किन जल्यो ? विमानस्थल कसरी बच्यो ? सेनाको १० बुँदे प्रष्टीकरण
जनस्वराज पार्टी दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश