मुख्य समाचार
जय ट्रफी खेल्ने पुलिसको टोली, आरिफले कप्तानी गर्ने
जय ट्रफी खेल्ने पुलिसको टोली, आरिफले कप्तानी गर्ने

। जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको कप्तानी आरिफ शेखले गर्ने भएका छन् ।

नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइएल टी२० क्रिकेट खेल्न यूएई जाने भएपछि आरिफले पुलिसको कप्तानी गर्न लागेका हुन् ।




पुलिसले जय ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ जसमा राष्ट्रिय टिमका अधिकांश खेलाडी छन् । राष्ट्रिय टिमका कुशल भुर्तेल, करण केसी, गुल्सन झा, ललित राजवंशी, आरिफ शेख, सागर ढकालजस्ता खेलाडी रहेको पुलिसको टोली बलियो देखिएको छ ।

पुलिसको मुख्य प्रशिक्षकमा मन्जित श्रेष्ठ छन् । यस्तै चित्र बहादुर विष्ट व्यवस्थापक तथा सहायक प्रशिक्षक र विजय कुमार धिताल एनालिस्टको भूमिकामा छन् ।



खेलाडी तथा अफिसियलहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले शुभकामना दिई बिदाई गरेका थिए ।

जय ट्रफी एलिट कपमा पुलिससहित त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । जय ट्रफी रातो बल र सेतो जर्सीको प्रयोगमा खेलाइनेछ ।

जय ट्रफी खेल्ने अर्को टिम बागमती प्रदेशले सन्दीप लामिछानेको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ ।

पुलिसको टोली
आरिफ शेख (कप्तान), कुशल भुर्तेल, अमित श्रेष्ठ, दिलिप नाथ, श्रवण यादव, सुनिल दौल्यान, ललित राजवंशी, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, गुल्सन झा, करण केसी, अर्जन साउद, दिपक सेरेला

अफिसियल
चित्र बहादुर विष्ट : म्यानेजर र सहायक प्रशिक्षक
मन्जित श्रेष्ठ : मुख्य प्रशिक्षक
विजय कुमार धिताल : एनालिस्ट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...