मुख्य समाचार
जय ट्रफी खेल्ने पुलिसको टोली, आरिफले कप्तानी गर्ने
जय ट्रफी खेल्ने पुलिसको टोली, आरिफले कप्तानी गर्ने

। जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको कप्तानी आरिफ शेखले गर्ने भएका छन् ।

नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइएल टी२० क्रिकेट खेल्न यूएई जाने भएपछि आरिफले पुलिसको कप्तानी गर्न लागेका हुन् ।




पुलिसले जय ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ जसमा राष्ट्रिय टिमका अधिकांश खेलाडी छन् । राष्ट्रिय टिमका कुशल भुर्तेल, करण केसी, गुल्सन झा, ललित राजवंशी, आरिफ शेख, सागर ढकालजस्ता खेलाडी रहेको पुलिसको टोली बलियो देखिएको छ ।

पुलिसको मुख्य प्रशिक्षकमा मन्जित श्रेष्ठ छन् । यस्तै चित्र बहादुर विष्ट व्यवस्थापक तथा सहायक प्रशिक्षक र विजय कुमार धिताल एनालिस्टको भूमिकामा छन् ।



खेलाडी तथा अफिसियलहरुलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले शुभकामना दिई बिदाई गरेका थिए ।

जय ट्रफी एलिट कपमा पुलिससहित त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । जय ट्रफी रातो बल र सेतो जर्सीको प्रयोगमा खेलाइनेछ ।

जय ट्रफी खेल्ने अर्को टिम बागमती प्रदेशले सन्दीप लामिछानेको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ ।

पुलिसको टोली
आरिफ शेख (कप्तान), कुशल भुर्तेल, अमित श्रेष्ठ, दिलिप नाथ, श्रवण यादव, सुनिल दौल्यान, ललित राजवंशी, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, गुल्सन झा, करण केसी, अर्जन साउद, दिपक सेरेला

अफिसियल
चित्र बहादुर विष्ट : म्यानेजर र सहायक प्रशिक्षक
मन्जित श्रेष्ठ : मुख्य प्रशिक्षक
विजय कुमार धिताल : एनालिस्ट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...