मुख्य समाचार
विश्वचर्चित युट्युबर मिस्टर बिस्ट्ले प्रेमिका थिया बुसनसँग इन्गेजमेन्ट गरे
विश्वचर्चित युट्युबर मिस्टर बिस्ट्ले प्रेमिका थिया बुसनसँग इन्गेजमेन्ट गरे

। विश्वचर्चित युट्युबर मिस्टर बिस्ट्ले प्रेमिका थिया बुसनसँग इन्गेजमेन्ट गरेका छन् । एक घुँडा टेकेको क्षणको तस्वीर सेयर गर्दै २६ वर्षीय युट्युबरले क्रिसमसको दिनमा प्रस्ताव राखेको बताएका छन् ।

मिस्टर बिस्टको वास्तविक नाम जिमी डोनाल्डसन हो । ३४० मिलियनले उनलाई युट्युवमा पछ्याएका छन् । उनी विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर भएका लोकप्रिय युट्युबर हुन् ।




उनकी प्रेमिका थिया दक्षिण अफ्रिका निवासी हुन् । उनी स्वयम पनि चर्चित युट्युबर हुन् । उनको थिया बिस्टी नामक युट्युब च्यानललाई ४० हजारले पछ्याएका छन् ।

२७ वर्षिया थिया ट्वीच नामक गेम स्ट्रिमिङ गर्छिन् र उनी लेखिका पनि हुन् । पिपल म्यागजिनसँगको अन्तर्वार्तामा, मिस्टरबिस्टले आफूले थियालाई उनको परिवार भेट्न गएको बेला उनीसँग विवाह गर्न आग्रह गरेको बताएका छन् ।



पिपल म्यागेजिनका अनुसार दम्पतीले ठूलो विवाहको योजना नगरेको बताएका छन् । ‘हामी कतै टाढाको टापुमा विवाह गर्ने सोचिरहेका छौं, जहाँ हामी सबै भन्दा टाढा हुनेछौं’ थियाले म्यागजिनलाई बताइन् ।

‘हामीले ठूलो, असाधारण विवाह गर्ने प्रयास गर्दैनौं । यो राम्रो हुनेछ, तर यो निश्चित रूपमा नजिकको परिवार र साथीहरूसँग घनिष्ठ हुनेछ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...