मुख्य समाचार
सिरियाली राजधानी दमास्कस यतिखेर पश्चिमा मिडियाहरूको केन्द्रविन्दुमा
सिरियाली राजधानी दमास्कस यतिखेर पश्चिमा मिडियाहरूको केन्द्रविन्दुमा

सिरियाली राजधानी दमास्कस यतिखेर पश्चिमा मिडियाहरूको केन्द्रविन्दुमा छ। ३०औं वर्षदेखि सिरियाली सत्ताको मियो उत्तरी ध्रुवसँग नजिक रह्यो।

पुटिन र बसर अल असदको नाम सायद विश्व राजनीतिलाई थोरबहुत मात्र याद गर्नेहरूले सजिलै सम्झने नाम हो। पश्चिमाहरूका लागि टाउकोदुखाइ भइरहेका यी नामहरू सिरियामा बदलिएको राजनीतिक अवस्थाले केही हदसम्म सन्तोषजनक होलान्।




सिरियाली सत्ता र यसमा परेको भूराजनीतिको भुमरी सायद संसारभरका लागि एउटा गतिलो शिक्षा बन्न सक्दछ। एक किसिमले सिरियामा भूराजनीतिक खेलाडीहरूको म्युजिकल चेयर चलिरहेको छ। बसरको सत्तामा पनि त्यो खेल चलिरहेकै थियो। देशको शासक बनेर पनि बसरले देशलाई शासन गर्न सकेनन् किनकि उनीसँग देशभरमा पूर्ण नियन्त्रण प्राप्त थिएन।

एक किसिमले भन्ने हो भने सिरियामा बसरकालीन समयमा पनि बहुसत्ताहरू थिए। झण्डै झण्डै बहुल राज्यहरू थिए। नक्सामा मात्र सिरिया एक थियो वास्तविकतामा धेरै खेलाडीले देशलाई अघोषित अंशबन्डा गरे। आज सिरिया फेरि मूर्झाएको छ फगत आफ्नो पृष्ठभूमि र वस्तुस्थिति उसले फेर्न सक्दैन।



तपाईं कल्पना गर्न सक्नुहुन्छ के हाम्रो देशमा भिन्न–भिन्न पाँच देशका सैनिकहरू आफ्नो अफिसियल क्याम्प खडा गरेर हाम्रो भूभागमा बसे र निरन्तर विद्रोही संगठनहरूलाई सैन्य सहायता प्रदान गरिरहे भने हाम्रो सार्वभौमिक मानसिकता कस्तो अवस्थामा पुग्ला ?


देवेन्द्र सुवेदी
सिरियाली नागरिक यस्तो विक्षिप्त अवस्थामा मात्र छैनन् अब त उनीहरू मानसिकता, मुद्दा, नारा र फरक शासनले गर्दा विभाजित र विभक्त छन्। उनीहरूका लागि राष्ट्रिय एकता अब धेरै टाढाको विन्दु- एक किसिमले प्राप्त हुनै नसक्ने अवस्था हो।

इरान, टर्की, रसिया र अमेरिका त आधिकारिक रूपमै सैन्य बेस खडा गरेर बसेका छन्। इजरायल समेत पछिल्लो परिवर्तनपछि गोलन हाइट चढ्यो र करिब १८ सय वर्ग किमि भूभागमा सैन्य उपस्थिति जनायो।

सिरियाको राजनीतिक, आर्थिक र सामाजिक अवस्था अध्ययन गर्ने संस्था जुसरका अनुसार हाल सिरियामा १०० भन्दा धेरै विदेशी सैन्य बेस र ८०० भन्दा ज्यादा विदेशी सैन्य चेकपोष्टहरू छन्।

यो आँकडा आफैंमा अत्यासलाग्दो मात्र छैन अब यसबाट सिरियाली मुक्ति असम्भवप्राय: देखिन्छ । सिरियामा घटिरहेको भूराजनीतिको गोलचक्करले ६० लाख नागरिक विदेशमा शरणार्थी हुन बाध्य छन् त्यसमध्ये करिब ३२ लाख टर्कीमा शरण लिएको आधिकारिक तथ्याङ्क देखिन्छ।

सिरियाली दु:खबाट केवल टर्की मात्र प्रताडित छैन लेवनान, जर्मनी, जोर्डन, इराक र इजिप्ट पनि उत्तिकै प्रभावित रहे। सिरियाली द्वन्द्वले शरणार्थी समस्याको बोझ आज छिमेकीले पनि उठाइरहेका छन्।



सिरियाली सत्ता एउटा डँडेलो जसरी उल्टियो। सायद कसैले आकलन गरेको थियो कि यति द्रुत गतिमा त्यो डढेलो फैलिन्छ। दारा विद्यालयको एउटा १४ वर्षे ठिटोले लेखेको ‘डाक्टर अब तिम्रो पालो’ भित्ते लेखनले यो क्रान्ति सम्भव गरेको कहावत सञ्चारमाध्यममा छ्याप्छाप्ती छन्।

वास्तवमा सिरियाली सत्ता भित्रैबाट जर्जर थियो। बसरको समय एउटा अकल्पनीय दुर्घटना जसरी सकियो र उनी उत्तरी ध्रुव हानिए। सिरियामा नयाँ सत्ता निर्माणको क्रम सुरु भयो। गोलन हाइट जसलाई गैर सैन्य क्षेत्रको रूपमा सात दिने अरब युद्ध पछि राखिएको थियो, त्यहाँ इजरायल आफ्नो सुरक्षा चुनौती सम्बोधन गर्ने नाममा उक्लियो।

भनिन्छ गोलन हाइटबाट लेवनान, सिरिया र इजरायलका महत्वपूर्ण स्थानहरूमा निशाना साध्न सकिन्छ- यस्तो मौका गुमाउने पक्षमा इजरायल देखिएन। संक्षिप्तमा भन्नुपर्दा सिरिया भूराजनीतिका खेलाडीहरूको सफल क्रीडास्थल रह्यो। सफल यो अर्थमा कि जसले पनि सजिलै आफ्ना गतिविधि सञ्चालन र आफ्नो उपस्थिति प्रदर्शन गर्न सफल रहे।

हाफिज अल असदको ३० वर्षे शासन सत्ताको पृष्ठभूमिमा सिरियामा उनका छोरा डा. बसर अल असद राष्ट्रपति चुनिए र निरन्तर सत्तामा २५ वर्ष सत्तासीन रहे। बसरको कार्यकाल रसियाली कृपामा टिकिरह्यो। खासमा रूसले विश्वमा कहीं नगरेको वा गर्न नसकेको सैन्य हस्तक्षेप बसरका लागि सिरियामा गर्‍यो। बसरको सत्ताका लागि इरानदेखि हेजबुल्लासम्म समर्थनमा खडा भए।

उता टर्की र अमेरिका लगायत पश्चिमा मुलुकहरू बसर सत्ताको विरुद्ध निरन्तर क्रियाशील थिए। सिरियाली भूभागमा भूराजनीतिको जालो यसरी जेलिएको छ कि कुनै एउटा लहरो काट्दा वा काटिंदा पनि त्यस्तो जालोमा तात्विक भिन्नता पर्दैन।

आफ्ना विरोधी विरुद्ध रासायनिक हतियारको प्रयोगसम्म गर्ने अवस्थामा बसरको सत्ता पुगेको नमिठो इतिहास आधुनिक विश्वले देख्न पुग्यो। २०१२-२०१७ को सिरियाली गृहयुद्धमा इरान, रसिया र हेजबुल्लाले बसर अल असदको लागि जुन बलिदानी प्रदान गर्‍यो त्यो २१औं शताब्दीको नमूना सहायता रहन गयो।


बसर अल असद
जब २०२४ को डिसेम्बर महिनाको प्रारम्भ भयो तब बसर सत्ताको नाटकीय अन्त्य हुन पुग्यो। रसिया युक्रेन युद्धमा अल्मलिएको र इजरायल हेजबुल्ला युद्धले इरानको ध्यान भट्किएको समयमा बसर मस्को उड्न बाध्य भए। बाह्य शक्तिको बलमा उभिएको बसरको सत्ता कागजको नाउ जसरी विलीन हुन पुग्यो।

विना कुनै ठूलो सैन्य कारबाही बेगर विद्रोही संगठनले दमास्कस कब्जा गर्‍यो। हायात तालिम अल सामका प्रमुख कमाण्डर अहमद अल सारा जसलाई अबु मोहम्मद अल जोलानी पनि भनिन्छ; उनी सिरियाका नयाँ सत्ताप्रमुखको रूपमा उदाएका छन्।

सिरियाको उत्तरी क्षेत्रमा क्रियीशिल टर्कीद्वारा समर्थित हायात तालिम अल सामले दमास्कस मात्र कब्जा गरेन सिरियाली सत्ताको तर्फबाट अन्य विश्व समुदायसँग नेगोशिएसन गर्ने हैसियतमा कार्य प्रारम्भ गर्‍यो। नयाँ सत्ता प्रमुख अल साराले सिरियामाथि भइरहेको पश्चिमा प्रतिबन्ध हटाउन आग्रह गरे भने सम्पूर्ण विद्रोही संगठनहरूलाई वार्तामा आउन आह्वान समेत गरे।

अब सिरियाले थप युद्ध झेल्न नसक्ने बताउँदै उनले सिरियाले स्थायी शान्ति चाहेको कुरा उल्लेख गरेका छन्। सिरियाली सत्ता परिवर्तनले अल जलानीलाई अमेरिकी आतंककारीको सूचीमा १ करोड अमेरिकी डलर धनराशिको टाउकाको मूल्य सूचीबाट हटाएको छ। एक अर्थमा यो सिरियाली नयाँ सत्ताप्रति अमेरिकी समर्थन हो।

सिरियाली सत्ता परिवर्तनमा भलै अल सारा नायकको रुपमा उदाए पनि यसको मुख्य जिम्मेवार टर्कीका राष्ट्रपति एर्दोगानलाई मानिन्छ। सिरियाली सत्तापलटको असली विजेता जसरी टर्की दमास्कसमा मुखरित भएको देखिन्छ। विश्व भूराजनीतिको सदाबहार खेलाडी रहेको टर्की आफ्नो स्थायी एलाई सिरियालाई बनाउने कदममा एक कदम अघि बढिसकेको चिन्ता रसिया, इरान, साउदी अरब, इजरायललाई छ।

नयाँ सत्ता परिवर्तनले अमेरिका आंशिक खुशी मात्र रहेको तथ्य लुकाउन सकिन्न। एक र अर्काका परस्पर विरोधी शक्तिहरूको सामूहिक उपस्थितिमा टर्कीले सिरियाली म्युजिकल चेयरमा केही समयका लागि अवश्य आसनग्रहण गरेको छ तथापि यो स्थायी र सुखद् हुन्छ या हुँदैन त्यो अहिले भन्न सक्ने अवस्था छैन।

सिरियाली भूभागको ठूलो हिस्सामा अहिले पनि कुर्दिस लडाकुहरूको नियन्त्रण छ। आईएस आईएसको दबदबा कमजोर अवश्य भएको छ तर समाप्त कदापि भएको छैन। बसर अल असद समर्थित सैन्य समूह र इरानद्वारा खडा गरिएको सैन्य समूह क्रियाशील छन्।

लेवनानमा हेजबुल्ला अझ पनि सिरियालाई हराउने सैन्य क्षमता बोकेर बसिरहेकै छ। साउदी अरब र अरबी मुलुक समर्थित फ्रि सिरियन आर्मीले हतियार विसाएको छैन। वास्तवमा भन्ने हो भने सिरियामा स्थायी शान्ति दिवास्वप्ना छ। अफगानिस्तानमा तालिवानी र सिरियामा हायात तालिम अल सामको सत्तालाई उस्तै उस्तै हुने आम आकलन भए पनि तालिवानी सत्ताको सर्वस्वीकार्यता अफगानिस्तानमा छ।

अल साम त्यस्तो सर्वस्वीकार्यता प्राप्त गर्न सक्षम रहन्छ वा रहन्न त्यो आगामी दिनमा देखिंदै जानेछ। मूलत: भूराजनीतिको खेलमा आमनागरिकले भोगेको दर्दनाक अवस्था र अन्धकार भविष्यको कुनै चिन्ता छैन। सिरियाली सत्ता पलटमा विश्वको लेखाजोखा केवल नयाँ सत्ता समीकरणको वैधता र समग्र क्षेत्रमा पर्न सक्ने अन्य प्रभावहरूको विश्लेषण मात्र हो।

सुवेदी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाखा अधिकृत छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम