मुख्य समाचार
नरेन, दुर्गेश र आकाशले आर्मीबाट जय ट्रफी खेल्ने
नरेन, दुर्गेश र आकाशले आर्मीबाट जय ट्रफी खेल्ने

। त्रिभुवन आर्मी क्लबले जय ट्रफी एलिट कप खेल्ने अन्तिम टोलीको टुङ्गो लगाएको छ। नरेन साउद, दुर्गेश गुप्ता र आकाश चन्दले पनि त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएका छन् ।

आर्मीले विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । आर्मीमा पनि राष्ट्रिय टोलीका खेलाडीहरू छन् । सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, विवेक यादव, बसिर अहमद, विनोद भण्डारीलगायतले राष्ट्रिय टिमबाट खेलेका छन् ।




जय ट्रफीका लागि आर्मीलले नरेन, दुर्गेश र आकाश लगायत खेलाडी समावेश गरेको हो । नरेनले २०२४ को प्रधानमन्त्री कप सुदूरपश्चिम प्रदेशबाट खेलेका थिए । दुर्गेश र आकाशले भने पीएम कप खेलेनन् । आकाश लामो मसयदेखि आर्मीको टोलीमा रहेपनि उनी थोरे समय मात्र टिममा समावेश भएका छन् । यस्तै दुर्गेशले लुम्बिनी प्रदेशबाट खेल्दै आएका छन् । आर्मीले तृत राज दासलाई पनि जय ट्रफीका लागि टिममा राखेको छ ।

आर्मी पीएम कपको उपविजेता टिम हो । २०२४ को फाइनलमा पुलिसले आर्मीलाई हराएर उपाधि जितेको थियो । पीएम कपको शीर्ष चारमा पुलिस र आर्मीसँगै बागमती प्रदेश र मधेश प्रदेश रहँदा एलिट कप खेल्ने छन् ।



पुलिस र बागमतीले पनि अन्तिम टोलीको टुङ्गो लगाइसकेका छन् । अब मधेश प्रदेशले २२ जनाको प्रारम्भिक टोलीबाट अन्तिम १५ को टुङ्गो लगाउन बाँकी छ ।

त्रिभुवन आर्मीको टिम
विनोद भण्डारी (कप्तान), सोमपाल कामी, कुशल मल्ल, विवेक कुमार यादव, भीम सार्की, बसिर अहमद, सन्तोष कार्की, इमरान शेख, तृत राज दास, शाहब आलम, नरेन साउद, दुर्गेश गुप्ता, आकाश चन्द, पवन कार्की, सुमित श्रेष्ठ

अफिसियल
चन्द्र साउद (प्रशिक्षक)
अनिल मण्डल (व्यवस्थापक)
रमेश भट्ट (फिजियो)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...