मुख्य समाचार
युक्रेन हुँदै युरोप जाने रूसी ग्यास निर्यात रोकियो
युक्रेन हुँदै युरोप जाने रूसी ग्यास निर्यात रोकियो

रुसको सरकारी स्वामित्वको कम्पनी ग्याजप्रोम र युक्रेनबीच पाइपलाइनमार्फत युरोपेली मुलुकमा ग्यास पठाउन भएको सम्झौता सकिएको छ । यो सम्झौताको समय सकिएसँगै रुस र युक्रेनबीच अन्तिम बाँकी रहेको व्यापार तथा राजनीतिक सम्झौताको पनि समाप्ति भएको छ।


सम्झौता भङ्ग भएपछि अहिले युरोपका धेरै देशमा रूसी प्राकृतिक ग्यासको निर्यात रोकिएको छ । रुसी कम्पनी ग्याजप्रोमले पारवहन सम्झौता अन्तर्गत युद्धका बेला पनि स्लोभाकिया, मोल्डोभा र हंगेरीलगायत धेरै देशमा प्राकृतिक ग्यास पठाउने गरेको थियो । युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले एक विज्ञप्तिमा निकाल्दै अब सम्झौता विस्तार नगर्ने बताएका छन्।

स्लोभाकियाले धम्की दियो



युरोपेली देशहरूमा ग्यास पठाउने पारवहन सम्झौता २०१९ मा सुरु भएको थियो। यो ३१ डिसेम्बर २०२४ सम्मका लागि मात्र थियो। युक्रेनले यो सम्झौता नवीकरण गर्न अस्वीकार गरेको जनाइएको छ।
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले केही सातादेखि युक्रेनलाई पारवहन सम्झौता रद्द नगर्न र मनाउन प्रयास गरिरहेका थिए। यी दुवै युरोपेली नेता पुटिनको समर्थक मानिन्छन्।

ग्यास नपाउने डरले रोबर्ट फिको गत हप्ता पुटिनलाई भेट्न मस्को पुगेका थिए । उनले युक्रेनले पारवहन सम्झौता नवीकरण नगरे स्लोभाकियाले युक्रेनलाई विद्युत् निर्यात बन्द गर्ने बताएका छन् । यस धम्कीको बारेमा प्रतिक्रिया जनाउँदै युक्रेनले आफूहरू उक्त धम्कीबाट नडराउने र चिन्तित नभएको बताएको थियो ।

युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले सोमबार यदि स्लोभाकियाले त्यसो गरे युक्रेनले रोमानिया र पोल्याण्डबाट बिजुली आयात गर्ने बताएका छन्।

मोल्डोभामा बढी समस्या पर्ने

ग्यास निर्यात रोकिए मोल्दोभामा सबैभन्दा समस्या पर्ने जनाइएको छ। यो युक्रेनसँगको सिमानाबाट काटिएको र रुस समर्थित पृथकतावादीहरूसँग लडिरहेको देश हो। ट्रान्जिट सम्झौता रद्द हुने डरका कारण डिसेम्बरको सुरुमा मोल्डोभामा ६० दिने आपतकाल लगाइएको थियो।

मोल्डोभामा जस्तो स्लोभाकिया र हंगेरीले त्यति धेरै समस्या पर्दैन किनभने यी देशहरूले अझै पनि ब्ल्याक सीमा बिछ्याइएको टर्कस्ट्रीम पाइपलाइनबाट रूसी ग्यास खरिद गरिरहेका छन्।

रुसी ग्यास निर्यात ६० वर्षपछि बन्द

युक्रेनमा हजारौं किलोमिटर लामो भूमिगत पाइपलाइनहरू बिछ्याइएको छ। यी सोभियत युगमा राखिएको हो। करिब ६० वर्षदेखि यी पाइपहरूको सहायताले प्रत्येक वर्ष करिब १५० अर्ब घनमिटर रुसी प्राकृतिक ग्यास पश्चिम युरोपमा पठाइन्थ्यो।

रुस–युक्रेन युद्ध सुरु भएपछि युरोपेली संघका देशहरूले रुसी जीवाश्म इन्धनमाथिको निर्भरता घटाएका थिए । सोही समयमा रूसको यी पाइपलाइनहरू मार्फत ४० बीसीएम ग्यास निर्यात घटेको थियो। २०२३ मा यो निर्यात घटेर झन्डै १५ बीसीएम भएको थियो। यो सम्झौता सकिएपछि अहिले शून्यमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम