मुख्य समाचार
युक्रेन हुँदै युरोप जाने रूसी ग्यास निर्यात रोकियो
युक्रेन हुँदै युरोप जाने रूसी ग्यास निर्यात रोकियो

रुसको सरकारी स्वामित्वको कम्पनी ग्याजप्रोम र युक्रेनबीच पाइपलाइनमार्फत युरोपेली मुलुकमा ग्यास पठाउन भएको सम्झौता सकिएको छ । यो सम्झौताको समय सकिएसँगै रुस र युक्रेनबीच अन्तिम बाँकी रहेको व्यापार तथा राजनीतिक सम्झौताको पनि समाप्ति भएको छ।


सम्झौता भङ्ग भएपछि अहिले युरोपका धेरै देशमा रूसी प्राकृतिक ग्यासको निर्यात रोकिएको छ । रुसी कम्पनी ग्याजप्रोमले पारवहन सम्झौता अन्तर्गत युद्धका बेला पनि स्लोभाकिया, मोल्डोभा र हंगेरीलगायत धेरै देशमा प्राकृतिक ग्यास पठाउने गरेको थियो । युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले एक विज्ञप्तिमा निकाल्दै अब सम्झौता विस्तार नगर्ने बताएका छन्।

स्लोभाकियाले धम्की दियो



युरोपेली देशहरूमा ग्यास पठाउने पारवहन सम्झौता २०१९ मा सुरु भएको थियो। यो ३१ डिसेम्बर २०२४ सम्मका लागि मात्र थियो। युक्रेनले यो सम्झौता नवीकरण गर्न अस्वीकार गरेको जनाइएको छ।
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले केही सातादेखि युक्रेनलाई पारवहन सम्झौता रद्द नगर्न र मनाउन प्रयास गरिरहेका थिए। यी दुवै युरोपेली नेता पुटिनको समर्थक मानिन्छन्।

ग्यास नपाउने डरले रोबर्ट फिको गत हप्ता पुटिनलाई भेट्न मस्को पुगेका थिए । उनले युक्रेनले पारवहन सम्झौता नवीकरण नगरे स्लोभाकियाले युक्रेनलाई विद्युत् निर्यात बन्द गर्ने बताएका छन् । यस धम्कीको बारेमा प्रतिक्रिया जनाउँदै युक्रेनले आफूहरू उक्त धम्कीबाट नडराउने र चिन्तित नभएको बताएको थियो ।

युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले सोमबार यदि स्लोभाकियाले त्यसो गरे युक्रेनले रोमानिया र पोल्याण्डबाट बिजुली आयात गर्ने बताएका छन्।

मोल्डोभामा बढी समस्या पर्ने

ग्यास निर्यात रोकिए मोल्दोभामा सबैभन्दा समस्या पर्ने जनाइएको छ। यो युक्रेनसँगको सिमानाबाट काटिएको र रुस समर्थित पृथकतावादीहरूसँग लडिरहेको देश हो। ट्रान्जिट सम्झौता रद्द हुने डरका कारण डिसेम्बरको सुरुमा मोल्डोभामा ६० दिने आपतकाल लगाइएको थियो।

मोल्डोभामा जस्तो स्लोभाकिया र हंगेरीले त्यति धेरै समस्या पर्दैन किनभने यी देशहरूले अझै पनि ब्ल्याक सीमा बिछ्याइएको टर्कस्ट्रीम पाइपलाइनबाट रूसी ग्यास खरिद गरिरहेका छन्।

रुसी ग्यास निर्यात ६० वर्षपछि बन्द

युक्रेनमा हजारौं किलोमिटर लामो भूमिगत पाइपलाइनहरू बिछ्याइएको छ। यी सोभियत युगमा राखिएको हो। करिब ६० वर्षदेखि यी पाइपहरूको सहायताले प्रत्येक वर्ष करिब १५० अर्ब घनमिटर रुसी प्राकृतिक ग्यास पश्चिम युरोपमा पठाइन्थ्यो।

रुस–युक्रेन युद्ध सुरु भएपछि युरोपेली संघका देशहरूले रुसी जीवाश्म इन्धनमाथिको निर्भरता घटाएका थिए । सोही समयमा रूसको यी पाइपलाइनहरू मार्फत ४० बीसीएम ग्यास निर्यात घटेको थियो। २०२३ मा यो निर्यात घटेर झन्डै १५ बीसीएम भएको थियो। यो सम्झौता सकिएपछि अहिले शून्यमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम