मुख्य समाचार
कांग्रेसले सभापति कप फुटबल आयोजना गर्ने, विजेतालाई २६ लाख पुरस्कार
कांग्रेसले सभापति कप फुटबल आयोजना गर्ने, विजेतालाई २६ लाख पुरस्कार

। नेपाली कांग्रेसले आगामी माघमा सर्वाधिक पुरस्कार राशीको सभापति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, महाधिवेशन निर्देशन समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । संघले बिहीबार सानेपास्थित केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने औपचारिक जानकारी दिएको हो ।




प्रतियोगिता माघ १० देखि १७ गतेसम्म दशरथ रंगशालामा हुनेछ । विजेताले अहिलेसम्मकै धेरै २६ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले नगद १३ लाख हात पार्नेछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने फुटबल प्रतियोगितामा नेपालका ए डिभिजनका ८ क्लब र दुई विदेशी टोली सहभागी हुने आयोजकले जनाएको छ ।



नेपाल लोकतान्त्रिक खेलकुद संघ, महाधिवेशन निर्देशन समितिको निर्णयबमोजिम नेपाली खेलकुद क्षेत्रको समग्र विकास र विस्तारमा खेल र खेलाडीको हक अधिकारका लागि कटीबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च स्तरिय दक्ष खेलाडी उत्पादन गर्नमा हातेमालो गर्ने लक्ष्यसहित फुटबललगायत विभिन्न खेलहरु आयोजना गर्न लागिएको नेपाल लोकतान्त्रिक खेलकुद संघ, महाधिवेशन निदर्शेन समिति २०८१ का संयोजक तथा कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले जनाए ।

‘खेलकुदले राष्ट्रलाई चिनाउने काम गर्छ । राज्यले खेलकुदलाई १ प्रतिशत बजेट समेत नछ्टु्याएको अवस्थामा पनि नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा सफलता पाइरहेका छन् । सरकार देखि राजनीतिक भात‌ृ संगठनहरूले खेलकुद क्षेत्रमा बजेट व्यवस्थापन गरेर काम गर्ने हो भने नेपालले खेलकुदमा अझ धेरै सफलता हासिल गर्न सक्छ’ उनले भने ।

अनुमानित बजेट १ करोड ५० लाख रहेको बताउँदै बस्नेतले विभिन्न प्रायोजक तथा सरकारबाट साथको अपेक्षा भएको बताए । ‘कार्यक्रम ठूलो र बजेट धेरै पर्ने भएको हुनाले प्रायोजकहरुबाट खोज्छाैँ, टिकट विक्रीबाट पनि उठ्छ, अरु नपुगेको हामी सबै मिलेर व्यवस्थापन गर्छौं । सरकारले पनि यस्ता कार्यक्रममा सहयोग गर्छ’ उनले भनेका छन् ।

प्रतियोगिताको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने र समापन पार्टी सभापति शेरबहादुर देउवाबाट गराउने तयारी भइरहेको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...