मुख्य समाचार
कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ९ नेपालीलाई गर्‍यो निष्कासन
कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ९ नेपालीलाई गर्‍यो निष्कासन

: नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो।


स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन्। उनीहरूलाई गत साता डीपोर्ट (निष्कासन) गरिएको स्रोतले बताएको छ। भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको स्रोतले बताएको छ। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो।

इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दक्षिण कोरियामै रहेका एक नेपालीले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा नेपालीहरू पक्राउ परेको पुष्टि गरे।


यो पनि पढ्नुस्:

जापान अध्यागमनको निसानामा किन पर्दैछन् नेपाली? सातामै ७ जना निकालिए

जापानले किन निष्काशित गर्‍यो दुई नेपालीलाई ?

गैरकानुनी रूपमा अमेरिका छिरेका ७ नेपाली निष्कासित

अध्यागमन कानुन उल्लंघन गरेको अभियोगमा मलेसियाद्वारा २६ नेपाली निकालिए

क्यानडाले किन निष्कासन गर्‍यो दुई नेपालीलाई?

अमेरिका र फ्रान्सबाट निकालिए दुई नेपाली

माल्दिभ्सले ३ नेपालीलाई गर्‍यो निष्कासन

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले ६ नेपालीलाई गर्‍यो निष्कासन

त्यहाँको अध्यागमन प्रहरीले नेपालीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ती नेपालीको भनाइ छ। 'अन्य केही नेपालीहरू पनि पक्राउ परेका छन्। उनीहरूमाथि समेत कोरियाली अध्यागमनले अनुसन्धान गरिरहेको छ,' अन्नपूर्णसँग उनले भने।

यसअघि पनि दक्षिण कोरियाले ६ जना नेपालीलाई निष्कासन गरेको थियो। गत मंसिरको पहिलो साता अध्यागमन कानुन उल्लंघन गर्ने लक्ष्मण महत, दिलु राना मगर, सुरज भट्टराई, वीरबहादुर मल्ल, आशिष थापा र विशाल मुकारुङ निकालिएका थिए।

पछिल्लो समय दक्षिण कोरिया सरकारले त्यहाँका विदेशी कामदारहरूको निगरानी गर्दै आएको छ। अध्यागमन कानुन विपरीत विदेशी कामदारहरू प्रवेश हुने क्रम नरोकिएपछि दक्षिण कोरिया सरकारले कडाइ गरेको हो। इपीएसमार्फत दक्षिण कोरियामा हजारौं नेपाली कामदार कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् । विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् ...
। चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान अमेरिकामा निधन भएको छ । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उनले अन्तिम सास लिए । उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा शर्माको निधन भएको जनाए । उनका अनुसार, बुधबार स्वास्थ्य असहज भएपछि शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो ...
। बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरूमाथि जातीय घृणाप्रेरित आक्रमण भएलगत्तै स्थानीय नेपाली र बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावका लागि अपिल गरेका छन् । मंगलबार बेलुका नेपाली वृद्धहरूमाथि आक्रमण भएको अल्डरसटस्थित म्युनिसिपल पार्कमा बुधबार साँझ आयोजित सद्भाव कार्यक्रममा स्थानीय रसमेर बरो र ह्याम्पसायर काउन्टीलाई प्रतिनिधित्व गर्ने कयौं अधिकारीसहित बेलायती समुदायका उल्लेख्य सदस्य सहभागी ...
। कुवेतको जेलमा ६३ जना नेपाली रहेको सरकारले जानकारी गराएको छ । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले यसबारे जानकारी गराएका हुन् । उनले कुवेतको जेलमा सयौं नेपाली रहेको भनेर हल्ला फैलाइएको र यसमा सत्यता नभएको पनि स्पष्ट पारे । उनले भने, ‘हाल कुवेतको जेलमा जम्मा ६३ जना नेपाली नागरिकहरू ...
। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कुवेतमा ६० हजार नेपाली घरेलु श्रमिक कार्यरत रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले कुवेतमा मात्रै करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिविना कार्यरत रहेको बताए । उनीहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन हुने गरेको उनको भनाइ छ । वैदेशिक रोजगार बोर्डमार्फत ...