मुख्य समाचार
फेवातालमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको सबै विधामा चिनियाँ टोली च्याम्पियन
फेवातालमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको सबै विधामा चिनियाँ टोली च्याम्पियन

: फेवातालमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको सबै विधामा चिनियाँ टोली च्याम्पियन बनेका छन् । दोस्रो नेपाल–चीन फ्रेन्डसिप ड्रागनबोट रेसअन्तर्गत दुई सय किलोमिटर ड्रागनबोट रेसमा चीनको टोङ वान लाओ यो क्लब ४७ सेकेन्डमा निधारित दूरी पूरा गर्दै प्रथम भएको छ ।


यस्तैगरी युन्नान मिन्चु युनिभर्सिटीले निर्धारित दूरी ४८ सेकेन्डमा पूरा गर्दै दोस्रो भएको छ भने लाइओ छङ युनिभसिटी ५० सेकेन्डमा पूरा गर्दै तेस्रो भएको छ । यस्तै गरी युनायन नर्मल युनिभसिटी टिम ५१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै चौथो भयो ।

यस्तैगरी पाँच सय मिटर रेसमा चिनियाँ टोली टोङ वान लाओ यो क्लबले निर्धारित दूरी २ मिनेट ४ सेकेन्डमा पूरा गर्दै प्रथम भएको छ । लाइओ छङ युनिभसिटीले २ मिनेट ७ सेकेन्डमा पूरा गर्दै दोस्रो भएको छ । यस्तैगरी वाँहान स्पोट्र्स युनिभसिटीले २ मिनेट ८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भयो ।


नेपाली टोली नारा दुई सय मिटरमा सेमिफाइलनमा पुगेको थियो भने अर्को नेपाली टोली पीएमसी पाँच सय मिटर सेमिफाइनलसम्म पुगेरै चित्त बुझाए । प्रथम ड्रागन बोेट रेसमा नेपाली टोलीले धेरै विधामा जित निकाल्दा यस वर्ष भने कुनै पनि विधामा जित निकाल्न सकेन । चिनियाँ खेलाडीले २३ लाख ८४ हजार नेपाली रुपैयाँबराबरको नगद पुरस्कार पाए ।

२ सय र ५ सय मिटर ड्रागन बोट रेसमा समान प्रथम हुनेले ५ हजार डलर, द्वितीयले २ हजार डलर र तृतीयले १२ सय डलर नगद, प्रमाणपत्र र ट्रफी पाए । सहभागी सबै टिमले ५ सय डलर पाएका छन् । ड्रागन बोट रेस फेस्टिभलमा नेपाली ११, चिनियाँ ८ र सिंगापुरको १ टोली गरी २० टिमको सहभागिता रहेको थियो ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जु गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...