मुख्य समाचार
जर्मनीमा किन छायो राजनीतिक संकट ?
जर्मनीमा किन छायो राजनीतिक संकट ?

— लामो समयदेखि राजनीतिक स्थायित्वका लागि परिचित देश हो जर्मनी । सन् २००५ अघि जर्मनीको सत्ता प्राय: सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) र क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले नै आलोपालो चलाउने गरेका थिए । तर दुई दशकअघि सीडीयू नेता एन्जेला मर्केल चान्सलर बनेसँगै उनले जर्मनीमा १६ वर्ष एकछत्र शासन गरिन् ।


सन् २०२१ पछि भने जर्मनीको चान्सलरको रुपमा ओलाफ स्कोल्जको उदय भयो । संघीय चुनावमा एसपीडीका स्कोल्जले प्रमुख प्रतिस्पर्धी सीडीयूका उम्मेद्वारलाई हराउँदै चान्सलर बने । त्यसपछि उनको पार्टी एसपीडी जर्मनीको सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित भयो । स्कोल्जले यसअघि जर्मनीको अर्थमन्त्री र भाइस चान्सलरका रूपमा काम गरेका थिए ।


स्कोल्जले सन् २०२१ देखि गठबन्धन सरकारको नेतृत्व गरिरहेका थिए । फ्री डेमोक्रेटिक पार्टी (एफपीडी), सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) र ग्रीन पार्टीहरूको गठबन्धन सरकार थियो । तर केही सातायता भने जर्मनी राजनैतिक अस्थिरताबाट गुज्रिरहेको छ ।

जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टाइनमायरले गत शुक्रबार संसद् विघटन गरे । उनले आगामी फेब्रुअरी २३ का लागि मध्यावधि चुनावको घोषणा गरे । जर्मनीमा निर्धारित समयभन्दा ७ महिनाअघि नै चुनाव हुन लागेको हो । चान्सलर स्कोल्ज नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि राष्ट्रपतिले स्टाइनमायरले संसद् विघटनको कदम चालेका हुन् ।

स्कोल्जले तीनवटा पार्टी सहभागी गठबन्धन सरकारको नेतृत्व गरिरहेका थिए । फरक विचारधारा भएका तीन पार्टी एफपीडी, एसडीपी र ग्रीन्सको गठबन्धन सरकार बनाउनु स्कोल्जका लागि सुरुवातबाटै सहज थिएन । गठबन्धनले सुरूदेखि नै विभिन्न चुनौती सामना गरिरहेको थियो ।

जर्मनीको आर्थिक पुनर्जागरण र सरकारी खर्चका मामिलामा गठबन्धन सरकारमा सहमति जुट्न सकेको थिएन । एफपीडीले सरकारी खर्चमा कटौती गर्ने, व्यापारिक स्वतन्त्रता हुनुपर्ने लगायतका विषयमा जोड दिँदै आएको थियो । तर एसडीपी र ग्रीन्सले सामाजिक सेवा र पर्यावरणीय नीतिजस्ता विषयमा बढि खर्च छुटाउन पर्ने माग गर्दै आएका थिए ।

सरकारमै सहभागी तीन पार्टीबीचको विवाद बल्झिएपछि स्कोल्ज नेतृत्वको गठबन्धन सरकार धरापमा परेको थियो । त्यसबीच गत नोभेम्बरमा चान्सलर ओलाफ स्कोल्जले आफ्नो सरकारका अर्थमन्त्री तथा एफडीपीका सासंद क्रिस्चियन लिन्डनरलाई बर्खास्त गरे । लिन्डनरको बर्खास्तीसँगै उनको पार्टी एफडीपीले सरकारलाई दिएको समर्थन फिर्ता लियो । जसका कारण स्कोल्ज नेतृत्वको सरकार अल्पमतमा पर्‍यो । यही घटनाक्रम थप विकसित भएसँगै जर्मनी मध्यावधि चुनावको बाटोमा अघि बढेको हो ।



स्कोल्जले बजेट र फर्जी मुद्दाका लागि ल्याइएको कानुन पारित गर्ने विषयमा अर्थमन्त्री लिन्डनरले अवरोध पुर्‍याएका कारण पदबाट बर्खास्त गरेको बताएका थिए । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय चुनाव जितेको केही घण्टापछि भएको यो घटनाले जर्मनीमा मध्यावधि चुनावको अवस्था सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि बताएका थिए ।

गत डिसेम्बर १६ मा बुन्डेस्टाग (जर्मनीको संसद) मा चान्सलर स्कोल्जले विश्वासको मत पाएनन् । जर्मनीमा ७ सय ३३ सिट रहेको तल्लो सदनमा विश्वासको मत जित्न ३ सय ६७ सांसदको समर्थन चाहिन्छ । तर स्कोल्जले २ सय ८२ मत मात्र प्राप्त गरे ।

चान्सलरले विश्वासको मत गुमाएपछि राष्ट्रपति फ्रान्क वाल्टर स्टाइनमायरले डिसेम्बर २७ मा संसद विघटन गरे । यससँगै २०२५ फेब्रुअरी २३ मा नयाँ चुनाव हुने भएको हो । बजेट नीति र कानुनी विवादका कारण सुरू भएको यो राजनीतिक संकटले जर्मनीमा अस्थिरता ल्याएको छ ।

राष्ट्रपति स्टाइनमायर चुनौतीपूर्ण अवस्थामा निर्वाचनको निर्णय नै उचित रहेको बताएका छन् । जर्मनीमा राजनैतिक स्थिरताको लागि निर्वाचन आवश्यक रहेको उनको मत छ । ‘अहिलेको जस्तो कठिन परिस्थितिमा स्थिरताका लागि सक्षम र प्रभावकारी सरकार तथा संसदमा भरपर्दो बहुमत आवश्यक छ । त्यसैले जर्मनीमा मध्यावधि निर्वाचन सही बाटो हो,’ उनले संसद विघठनपछि बर्लिनमा बताएका छन् ।

निर्वाचनपछि जर्मनीको समस्या समाधान सबैको मुख्य प्राथमिकता हुनुपर्ने राष्ट्रपतिको भनाइ छ । साथै, उनले निर्वाचन अभियानलाई निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् ।

समाजवादी नेता स्कोल्जले नै नयाँ सरकार गठन नहुँदासम्म अस्थायी सरकारको नेतृत्व गर्नेछन् । अल्पमत सरकारले कानुन पास गर्न मिल्दैन । त्यस्तै, नीति कार्यान्वयनमा पनि कठिनाइहरू आउँछन् । यसले जर्मनीको आन्तरिक र बाह्य मामिलामा प्रभाव पार्नसक्ने राजनीतिक विश्लेषकहरूको मत छ ।

सामान्यत: राष्ट्रपति औपचारिक भूमिकामा सीमित रहन्छन् । तर राष्ट्रपतिको पछिल्लो हस्तक्षेपले राजनीतिक संकट निम्तिने प्रक्षेपण गरिएको छ । त्यस्तै, जर्मनीको राजनीतिक अस्थिरताले युरोपेली संघ र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्धमा प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ । विशेषगरी, युरोपेली संघको नीति निर्माणमा पनि जर्मनीको भूमिका महत्त्वपूर्ण छ । त्यसकारण पनि यो अस्थिरताले समग्र युरोपलाई प्रभावित पार्नसक्छ ।

सतहमा आर्थिक मुद्दा देखिएपनि का कारण संसद्‍ भंग गरिनुका पछाडि अन्य कारणहरू रहेका बीबीसीले जनाएको छ । स्कोल्जको पार्टी र उनको गठबन्धन दल ग्रीन्सले ऋण आर्थिक नियम खुकुलो बनाएर युक्रेनलाई सहयोग गर्ने र पूर्वाधारका परियोजनामा खर्च बढाउने जस्ता नियम अघि बढाउन चाहन्थे जुन अर्थमन्त्री क्रिश्चियन लिन्डरले रोकिदिए । यसैकारण लिन्डरलाई बर्खास्त गरिएको थियो ।

यसअघि जर्मनीमा सन् २००५ मा मध्यावधि चुनाव भएको थियो । तत्कालीन चान्सलर गेरहार्ड स्रोडरले गराएको चुनावमा उनी एन्जेला मर्केलसँग पराजित भएका थिए ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम