मुख्य समाचार
जर्मनीमा किन छायो राजनीतिक संकट ?
जर्मनीमा किन छायो राजनीतिक संकट ?

— लामो समयदेखि राजनीतिक स्थायित्वका लागि परिचित देश हो जर्मनी । सन् २००५ अघि जर्मनीको सत्ता प्राय: सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) र क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले नै आलोपालो चलाउने गरेका थिए । तर दुई दशकअघि सीडीयू नेता एन्जेला मर्केल चान्सलर बनेसँगै उनले जर्मनीमा १६ वर्ष एकछत्र शासन गरिन् ।


सन् २०२१ पछि भने जर्मनीको चान्सलरको रुपमा ओलाफ स्कोल्जको उदय भयो । संघीय चुनावमा एसपीडीका स्कोल्जले प्रमुख प्रतिस्पर्धी सीडीयूका उम्मेद्वारलाई हराउँदै चान्सलर बने । त्यसपछि उनको पार्टी एसपीडी जर्मनीको सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित भयो । स्कोल्जले यसअघि जर्मनीको अर्थमन्त्री र भाइस चान्सलरका रूपमा काम गरेका थिए ।


स्कोल्जले सन् २०२१ देखि गठबन्धन सरकारको नेतृत्व गरिरहेका थिए । फ्री डेमोक्रेटिक पार्टी (एफपीडी), सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) र ग्रीन पार्टीहरूको गठबन्धन सरकार थियो । तर केही सातायता भने जर्मनी राजनैतिक अस्थिरताबाट गुज्रिरहेको छ ।

जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टाइनमायरले गत शुक्रबार संसद् विघटन गरे । उनले आगामी फेब्रुअरी २३ का लागि मध्यावधि चुनावको घोषणा गरे । जर्मनीमा निर्धारित समयभन्दा ७ महिनाअघि नै चुनाव हुन लागेको हो । चान्सलर स्कोल्ज नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि राष्ट्रपतिले स्टाइनमायरले संसद् विघटनको कदम चालेका हुन् ।

स्कोल्जले तीनवटा पार्टी सहभागी गठबन्धन सरकारको नेतृत्व गरिरहेका थिए । फरक विचारधारा भएका तीन पार्टी एफपीडी, एसडीपी र ग्रीन्सको गठबन्धन सरकार बनाउनु स्कोल्जका लागि सुरुवातबाटै सहज थिएन । गठबन्धनले सुरूदेखि नै विभिन्न चुनौती सामना गरिरहेको थियो ।

जर्मनीको आर्थिक पुनर्जागरण र सरकारी खर्चका मामिलामा गठबन्धन सरकारमा सहमति जुट्न सकेको थिएन । एफपीडीले सरकारी खर्चमा कटौती गर्ने, व्यापारिक स्वतन्त्रता हुनुपर्ने लगायतका विषयमा जोड दिँदै आएको थियो । तर एसडीपी र ग्रीन्सले सामाजिक सेवा र पर्यावरणीय नीतिजस्ता विषयमा बढि खर्च छुटाउन पर्ने माग गर्दै आएका थिए ।

सरकारमै सहभागी तीन पार्टीबीचको विवाद बल्झिएपछि स्कोल्ज नेतृत्वको गठबन्धन सरकार धरापमा परेको थियो । त्यसबीच गत नोभेम्बरमा चान्सलर ओलाफ स्कोल्जले आफ्नो सरकारका अर्थमन्त्री तथा एफडीपीका सासंद क्रिस्चियन लिन्डनरलाई बर्खास्त गरे । लिन्डनरको बर्खास्तीसँगै उनको पार्टी एफडीपीले सरकारलाई दिएको समर्थन फिर्ता लियो । जसका कारण स्कोल्ज नेतृत्वको सरकार अल्पमतमा पर्‍यो । यही घटनाक्रम थप विकसित भएसँगै जर्मनी मध्यावधि चुनावको बाटोमा अघि बढेको हो ।



स्कोल्जले बजेट र फर्जी मुद्दाका लागि ल्याइएको कानुन पारित गर्ने विषयमा अर्थमन्त्री लिन्डनरले अवरोध पुर्‍याएका कारण पदबाट बर्खास्त गरेको बताएका थिए । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय चुनाव जितेको केही घण्टापछि भएको यो घटनाले जर्मनीमा मध्यावधि चुनावको अवस्था सिर्जना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि बताएका थिए ।

गत डिसेम्बर १६ मा बुन्डेस्टाग (जर्मनीको संसद) मा चान्सलर स्कोल्जले विश्वासको मत पाएनन् । जर्मनीमा ७ सय ३३ सिट रहेको तल्लो सदनमा विश्वासको मत जित्न ३ सय ६७ सांसदको समर्थन चाहिन्छ । तर स्कोल्जले २ सय ८२ मत मात्र प्राप्त गरे ।

चान्सलरले विश्वासको मत गुमाएपछि राष्ट्रपति फ्रान्क वाल्टर स्टाइनमायरले डिसेम्बर २७ मा संसद विघटन गरे । यससँगै २०२५ फेब्रुअरी २३ मा नयाँ चुनाव हुने भएको हो । बजेट नीति र कानुनी विवादका कारण सुरू भएको यो राजनीतिक संकटले जर्मनीमा अस्थिरता ल्याएको छ ।

राष्ट्रपति स्टाइनमायर चुनौतीपूर्ण अवस्थामा निर्वाचनको निर्णय नै उचित रहेको बताएका छन् । जर्मनीमा राजनैतिक स्थिरताको लागि निर्वाचन आवश्यक रहेको उनको मत छ । ‘अहिलेको जस्तो कठिन परिस्थितिमा स्थिरताका लागि सक्षम र प्रभावकारी सरकार तथा संसदमा भरपर्दो बहुमत आवश्यक छ । त्यसैले जर्मनीमा मध्यावधि निर्वाचन सही बाटो हो,’ उनले संसद विघठनपछि बर्लिनमा बताएका छन् ।

निर्वाचनपछि जर्मनीको समस्या समाधान सबैको मुख्य प्राथमिकता हुनुपर्ने राष्ट्रपतिको भनाइ छ । साथै, उनले निर्वाचन अभियानलाई निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् ।

समाजवादी नेता स्कोल्जले नै नयाँ सरकार गठन नहुँदासम्म अस्थायी सरकारको नेतृत्व गर्नेछन् । अल्पमत सरकारले कानुन पास गर्न मिल्दैन । त्यस्तै, नीति कार्यान्वयनमा पनि कठिनाइहरू आउँछन् । यसले जर्मनीको आन्तरिक र बाह्य मामिलामा प्रभाव पार्नसक्ने राजनीतिक विश्लेषकहरूको मत छ ।

सामान्यत: राष्ट्रपति औपचारिक भूमिकामा सीमित रहन्छन् । तर राष्ट्रपतिको पछिल्लो हस्तक्षेपले राजनीतिक संकट निम्तिने प्रक्षेपण गरिएको छ । त्यस्तै, जर्मनीको राजनीतिक अस्थिरताले युरोपेली संघ र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्धमा प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ । विशेषगरी, युरोपेली संघको नीति निर्माणमा पनि जर्मनीको भूमिका महत्त्वपूर्ण छ । त्यसकारण पनि यो अस्थिरताले समग्र युरोपलाई प्रभावित पार्नसक्छ ।

सतहमा आर्थिक मुद्दा देखिएपनि का कारण संसद्‍ भंग गरिनुका पछाडि अन्य कारणहरू रहेका बीबीसीले जनाएको छ । स्कोल्जको पार्टी र उनको गठबन्धन दल ग्रीन्सले ऋण आर्थिक नियम खुकुलो बनाएर युक्रेनलाई सहयोग गर्ने र पूर्वाधारका परियोजनामा खर्च बढाउने जस्ता नियम अघि बढाउन चाहन्थे जुन अर्थमन्त्री क्रिश्चियन लिन्डरले रोकिदिए । यसैकारण लिन्डरलाई बर्खास्त गरिएको थियो ।

यसअघि जर्मनीमा सन् २००५ मा मध्यावधि चुनाव भएको थियो । तत्कालीन चान्सलर गेरहार्ड स्रोडरले गराएको चुनावमा उनी एन्जेला मर्केलसँग पराजित भएका थिए ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम