मुख्य समाचार
भारतमा अन्तर्राष्ट्रिय कलका लागि नेपाल टेलिकमले जारी गर्‍यो नयाँ दर
भारतमा अन्तर्राष्ट्रिय कलका लागि नेपाल टेलिकमले जारी गर्‍यो नयाँ दर

— नियामक नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृतिमा नेपाल टेलिकमले लागू गरेको नयाँ दरअनुसार एक्सेस कोड १४२४ प्रयोग गरेर भारतमा कल गर्न प्रतिमिनेट शुल्क ३.७६ रुपैयाँ निर्धारण गरिएको छ । यो कर बाहेकको दस्तुर हो ।


नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भारतमा सस्तो दरमा कल गर्न लागि लागू विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ मार्फत हुने बाह्यगमन कलको महसुल दर परिमार्जन गरेको छ । नयाँ दर २०८१ पुस १५ गते राति १२ बजेदेखि लागू हुने कम्पनीले जनाएको छ ।


एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरी भारतमा हुने कलका लागि पल्स ड्युरेसन ६० सेकेन्ड निर्धारण गरिएको पनि कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न र अन्तर्राष्ट्रिय कल सस्तो र सहज बनाउने उद्देश्यले यो नयाँ दर सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । भारतमा कल गर्ने सेवामा नयाँ दर लागू भएसँगै ग्राहकहरूले सुलभ दरमा सेवा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।

नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै टेलिकमले यस्ता योजनाहरूलाई निरन्तर परिमार्जन गर्दै लैजानेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौंमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथाम सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
— सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’ अवरुद्ध भएको छ । यो साता दोस्रोपटक भएको यस्तो समस्याले विश्वका हजारौं व्यक्ति प्रभावित भएको इकोनमिक टाइम्सले जनाएको छ । पछिल्लो एक घण्टायता नेपालसहित देशहरूमा एक्सका अपडेटहरू आएका छैनन् । इन्टरनेट प्लाटफर्महरूको आउटेज ट्रयाक गर्ने डाउन डिटेक्टर डटकमले शुक्रबार साँझ ७७ हजारभन्दा बढी प्रयोगकर्ताहरूले एक्समा समस्या आएको रिपोर्ट गरेको जनाएको छ । ...
फेसबुकको मातृ कम्पनी मेटाले आफ्नो रियालिटी ल्याब्स विभागमा कार्यरत १ हजार भन्दा धेरै कर्मचारी हटाएको छ । मेटाले सन् २०२६ को सुरुवातमै उक्त बहुचर्चित विभागबाट १० प्रतिशतभन्दा बढी कर्मचारी हटाउने निर्णय गरेसँगै त्यसले चर्चा पाएको हो। रियालिटी ल्याब्स त्यही इकाइ हो, जसले भर्चुअल रियालिटी, मेटाभर्स र एक्सटेन्डेड रियालिटी जस्ता प्रविधिमा काम गर्दै आएको थियो। कम्पनीका संस्थापक तथा प्रमुख ...
: गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माण भएको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबार प्राविधिक परीक्षण कार्य सुरु भएको छ। आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने पोखरी, सुरुङ, पेन्स्टक लगायत आयोजनाअन्तर्गत निर्माण भएका संरचना तथा उपकरणहरूको चरणबद्ध प्राविधिक परीक्षण पुस २७ गतेदेखि सुरु भई परीक्षण सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने आयोजनाले जनाएको ...
: विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बलेको छ। भौगालिक विकटता, कठोर मौसम, आधारभूत पूर्वधारका अभावमा जीवन बिताउँदै आएका लप्चीवासीको घरमा शुक्रबार रातिदेखि बिजुली बलेको हो। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यक्षेत्र पर्ने विगु गाउँपालिका-१ को लुमनाङमा शुक्रबार रातीबाट बिजुली बलेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय प्रमुख रोसनकुमार सिंहले बताए। ...