मुख्य समाचार
सन् २०२५ को विश्वका विभिन्न देशमा भव्य तरिकाले स्वागत
सन् २०२५ को विश्वका विभिन्न देशमा भव्य तरिकाले स्वागत

सन् २०२५ को विश्वका विभिन्न देशमा भव्य तरिकाले स्वागत गरिएको छ। पश्चिमी युरोपेली देश बेलायत, फ्रान्स र जर्मनीमा नयाँ वर्ष मनाउने क्रम जारी छ।


बेलायतका धेरै सहरमा पानी परेको भए पनि मानिसको उत्साहमा कमी आएको छैन । यसैबीच युद्धको चपेटामा परेका रुस र युक्रेनले पनि नयाँ वर्षलाई भव्य रुपमा नै स्वागत गरेका छन् । युएईको प्रसिद्ध भवन बुर्ज खलिफामा भव्य तरिकाको लेजर शो र आतिशबाजी प्रदर्शन गरिएको थियो।

भारत, चीन, मलेसिया, सिंगापुर, न्यूजिल्याण्ड जस्ता देशमा पनि नयाँ वर्ष सुरु भएसँगै रातीदेखि नै मनाइएको छ।


lजापानको परम्परा अनुसार नयाँ वर्षमा बौद्ध मन्दिरहरूमा १०८ पटक घण्टी बजाइन्छ। दक्षिण कोरियामा भने विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएकाले गर्दा नयाँ वर्ष मनाउने कार्यक्रम निकै सीमित भएको जनाइएको छ ।

अस्ट्रेलियाको सिड्नी हार्बरमा परम्परागत आतिशबाजी हेर्न करिब १० लाख मानिस भेला भएका सञ्चारमाध्यममा उल्लेख छ । नयाँ वर्षको अवसरमा मेलबर्नको यारा नदीको किनारमा विशाल आतिशबाजी गरिएको थियो।

lसबैभन्दा पहिला न्यूजील्याण्डको अकल्याण्ड सहरमा सन् २०२५ सुरु हुने बताइन्छ।

नेपालमा पनि धुमधामका साथ अंग्रेजी नयाँ वर्ष मनाइएको छ। विशेष गरी पर्यटकहरुको चहलपहल सुरु हुने ठाउँमा नयाँ वर्ष मनाउनेको भीडभाड थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम