मुख्य समाचार
सन् २०२५ को विश्वका विभिन्न देशमा भव्य तरिकाले स्वागत
सन् २०२५ को विश्वका विभिन्न देशमा भव्य तरिकाले स्वागत

सन् २०२५ को विश्वका विभिन्न देशमा भव्य तरिकाले स्वागत गरिएको छ। पश्चिमी युरोपेली देश बेलायत, फ्रान्स र जर्मनीमा नयाँ वर्ष मनाउने क्रम जारी छ।


बेलायतका धेरै सहरमा पानी परेको भए पनि मानिसको उत्साहमा कमी आएको छैन । यसैबीच युद्धको चपेटामा परेका रुस र युक्रेनले पनि नयाँ वर्षलाई भव्य रुपमा नै स्वागत गरेका छन् । युएईको प्रसिद्ध भवन बुर्ज खलिफामा भव्य तरिकाको लेजर शो र आतिशबाजी प्रदर्शन गरिएको थियो।

भारत, चीन, मलेसिया, सिंगापुर, न्यूजिल्याण्ड जस्ता देशमा पनि नयाँ वर्ष सुरु भएसँगै रातीदेखि नै मनाइएको छ।


lजापानको परम्परा अनुसार नयाँ वर्षमा बौद्ध मन्दिरहरूमा १०८ पटक घण्टी बजाइन्छ। दक्षिण कोरियामा भने विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएकाले गर्दा नयाँ वर्ष मनाउने कार्यक्रम निकै सीमित भएको जनाइएको छ ।

अस्ट्रेलियाको सिड्नी हार्बरमा परम्परागत आतिशबाजी हेर्न करिब १० लाख मानिस भेला भएका सञ्चारमाध्यममा उल्लेख छ । नयाँ वर्षको अवसरमा मेलबर्नको यारा नदीको किनारमा विशाल आतिशबाजी गरिएको थियो।

lसबैभन्दा पहिला न्यूजील्याण्डको अकल्याण्ड सहरमा सन् २०२५ सुरु हुने बताइन्छ।

नेपालमा पनि धुमधामका साथ अंग्रेजी नयाँ वर्ष मनाइएको छ। विशेष गरी पर्यटकहरुको चहलपहल सुरु हुने ठाउँमा नयाँ वर्ष मनाउनेको भीडभाड थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम