मुख्य समाचार
अपहरित यात्रुले अपहरणमा परेका जहाजको मोडल बनाएर तालिबान सरकारलाई बुझाए
अपहरित यात्रुले अपहरणमा परेका जहाजको मोडल बनाएर तालिबान सरकारलाई बुझाए

— २५ वर्षअघि काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलायन्सको जहाज अपहरणको घटनाबारे अनेकन कथाहरु सार्वजनिक भइसकेका छन् । तर अपहरणमा परेको उक्त जहाजका यात्रुहरुले अपहरणमुक्त भएपछि तत्कालीन तालिबान सरकारलाई उपहार दिएको रोचक प्रसंग भने धेरैका निम्ति नयाँ हुनसक्छ ।


क्रिसमसको पूर्वसन्ध्या अर्थात् २४ डिसेम्बर, सन् १९९९ मा अपहरणमा परेको जहाज अफगानिस्तानको कान्दाहार पुर्‍याएर सात दिन राखिएको थियो । मृत्युको सन्निक पुगेका विमानका १ सय ७८ यात्रुले अपहरणमुक्त भएपछिको खुशी कसरी बाँडे होलान् ? उक्त विमानमा रहेका आठमध्ये एक नेपाली थिए, गोरखाका संजय धिताल । त्यतिबेला संजय पेशावरमा रहेका अफगानी शरणार्थीहरुको स्वास्थ्यका लागि कार्यरत संस्था आम्दा इन्टरनेसनलमा कार्यरत थिए । घटनाका २५ वर्षपछि धितालले त्यतिबेला अपहरणमुक्त भएपछिको समय सम्झिएर नोस्टाल्जिक भए ।


संजयका अपहरणको आठौं दिन जब अपहरणकारीले भारत सरकारसँग आफूहरुको वार्ता मिलेको बताए, तब जहाजभित्रका सबै यात्रुको अनुहारको एक सातादेखि निभेको आशाको झिल्को बलेजस्तो भयो । उनले भने, ‘अपहरणमुक्त हुने भन्ने भएपछि हामी सबै यात्रुले आ-आफ्नो देशको मुद्रा संकलन गरेर त्यो पैसाबाट केही काम गर्ने भन्ने कुरा भयो ।’

धितालका अनुसार सबै यात्रुबाट रकम उठाउने काम पनि उनी आफैंले गरे । कान्तिपुरसँगको भिडियो कुराकानीमा उनले सुनाए, ‘त्यसबेला आतंकवादीहरुले बिदा हुनुअघि तालिबान सरकारले यत्रो दिन बस्न दिएकोमा धन्यवाद त दिनैपर्छ । तर कसरी धन्यवाद दिने भनेर यात्रुहरुबीच कुराकानी भयो । अनि हामीले पैसा उठाउन थाल्यौं ।’

उनका अनुसार तालिबान सरकारलाई दिनका लागि त्यतिबेला हामीसँग केही पनि थिएन् । उनले भने, ‘अपहरणमा परेको आइसी–८१४ जहाजको मोकअप (मोडल) जहाज बनाएर उपहार दिने कुरामा सहमति भयो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम