मुख्य समाचार
निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै
निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै

: रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै छ । अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरले एक्स्ट्राटेक ओभल प्रालिमार्फत ६० करोड रुपैयाँ लागतमा तिलोत्तमा नगरपालिका–१७ पूर्वदरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् ।


६ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भीआईपी बक्स लगायत पूर्वाधार निर्माणका काम भइरहेका छन् । ‘क्रिकेट खेलको विकासका लागि रंगशालाको निर्माण गरिएको हो र राष्ट्रिय स्तरको क्रिकेट खेलका लागि मैदान तयारी अवस्थामा छ’, नेपाली क्रिकेट टिमका पूर्वकप्तान एवं रंगशालाका ब्राण्ड एम्बेसडर शक्ति गौचनले भने, ‘अहिले पनि खेल खेलाउन सकिन्छ । र, अन्य पूर्वाधार निर्माणका काम पनि भइरहेका छन् ।’

शिलान्यास भएको ६ महिनामा मैदान तयार भएको थियो । रंगशालामा विभिन्न चरणका काम गर्ने योजना छ । जसअनुसार अहिले पनि कामहरू भइरहेका छन् । उनका अनुसार १५/२० हजार दर्शक क्षमता प्याराफिट बनाउन सकिने अवस्था रहेको र हाल २÷३ हजार दर्शक क्षमताको रंगशाला तयार भएको छ ।


रंगशालामा खेल संचालनका साथै आवासीय सुविधासहित एकेडेमी सञ्चालन गरेर क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको ब्रान्ड एम्बेसडर गौचनले बताए । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको निर्माणले क्रिकेट खेलाडीको उत्पादनका साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरेर यस क्षेत्रमा आर्थिक विकास र पर्यटनमा ठूलो टेवा पुग्ने विश्वास स्थानीय पर्यटन
व्यवसायीहरूको छ ।

लगानीकर्ता विनोदका दाजु सूर्य कुवँरले मैदानसम्म पुग्ने सडक र विद्युत्लगायत आवश्यक भौतिक पूर्वाधार निर्माणको अपेक्षा सरकारसंग गरिएको बताए । ‘मैदान तयार भइसकेको छ । अन्य पूर्वाधार बन्दैछन्’, उनले भने, ‘सरकारबाट आर्थिक अपेक्षा छैन । तर, रंगशाला जाने/पुग्ने सडकलगायत पूर्वाधार सरकारले बनाईदिए सबैलाई सहज हुने थियो ।’

निजी क्षेत्रले रंगशाला निर्माणको काम निकै अघि बढाएको छ । तर, सरकारी स्तरबाट भैरहवामै सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भने करिब डेढ दशक बितिसक्दा समेत अधुरो छ ।

बहुवर्षीय ठेक्का नहुँदा, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पर्याप्त बजेट नछुट्ट्याउँदा सिद्धार्थ क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना वर्षौं देखि अलपत्र परेको हो । करिब १६ प्रतिशत मात्रै काम भएको छ ।

बर्सेनि न्यून बजेट मात्रै पर्दा डीपीआरअनुसार अन्तर्राष्ट्रिय स्तरको मैदान यति नै समयमा बन्छ भन्ने एकिन छैन । क्रिकेट मैदान बनाउन करिब १२ करोड रुपैयाँ खर्च भइसकेको छ । ०६८ मा भैरहवा र मूलपानीमा अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउन सुरु गरिएको थियो । तर, मूलपानी मैदानले गति लिँदा भैरहवाको मैदान स्तरोन्नतिकोे काम भने कछुवा गतिमा छ । मैदानमा ७ हजार दर्शक अट्ने गरी प्याराफिट बनाउने र अन्तर्राष्ट्रिय क्रिकेट खेलाउने उद्देश्यसहित राखेपले डीपीआर बनाएको छ ।

डीपीआर अनुसार त्यो बेला मैदान बनाउन कम्तिमा ३८ करोड रुपैयाँ लाग्ने जनाइएको थियो । तर, पछिल्ला वर्षहरूमा बजेट नै विनियोजन हुन छोडेको छ । जसले गर्दा पुरानै डीपीआर अनुसार काम गर्दा पनि अहिलेको अवस्थामा कम्तिमा ७० करोड बढी लागत लाग्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा बताउँछन् ।

अहिलेको जस्तै सुस्त गतिमा काम हुने हो भने अझै २५ वर्ष अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण नहुने खेल क्षेत्रका अगुवा बताउँछन् । हाल ३ करोड लागतमा हल, खेलाडी बक्स र शौचालयसहितको तीन तल्ले भीआईपी प्याराफिट निर्माण भएका छन । सुरुमा १ करोड १९ लाख रकम खर्च गरेर क्रिकेट संघको कार्यालय सहित एक तल्लाको प्याभेलियन भवन निर्माण गरिएको थियो ।

त्यसपछि मैदान सम्याउन तीन वर्ष लगाइयो । प्याभेलियन भवनसहित ८९ लाखमा मैदान सम्याउने काम, ४० लाखमा तारजाली, ९० लाखमा ढल व्यवस्थापन, १ करोडमा पिच, प्याभेलियन अगाडि टायल बिच्छ्याउने, गार्ड रुम, स्टोर रुम बनाइएको छ । तर, सरकारले बहुवर्षीय योजनामा नराखेर रंगशालालाई बजेट छुट्ट्याउनै छाडेको छ ।

समय समयमा ताँती लागेर मैदान अवलोकन गर्न आउने विभागीय मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्री र खेलकुद परिषद्का पदाधिकारीले भने पर्याप्त बजेट छुट्याउँछौं भनेर आश्वासन मात्रै दिने गरेका छन । तर, बजेट नछुट्ट्याउँदा रंगशाला निर्माण कछुवा गतिमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...