मुख्य समाचार
रोजगारीका लागि साउदी पुगेका विनोद ५ महिनादेखि सम्पर्कविहीन
रोजगारीका लागि साउदी पुगेका विनोद ५ महिनादेखि सम्पर्कविहीन

— रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रुकुमकोटका ३६ वर्षीय विनोद केसी गएको ५ महिनादेखि सम्पर्कविहीन छन् । वैदेशिक रोजगारीका क्रममा १५ वर्षअघि साउदी अरवको जेद्दाह पुगेका उनी अहिले कसैको सम्पर्कमा नरहेको दाइ जयबहादुरले जानकारी दिएका छन् ।


विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका लागि विदेशिएका विनोद ९ वर्षअघि २०७२ सालमा पछिल्लोपल्ट घर आएको र त्यसपछि साउदीमै काम गरिरहेको बताउँदै जयबहादुरले गत साउन ९ गते उनीसँग पछिल्लोपल्ट आफूहरूको कुराकानी भएको बताए । ‘त्यो बेला कुरा हुँदा उसले म केही महिनामा घर फकिन्छु भनेको थियो । तर त्यसपछि त सम्पर्क नै भएन,’ उनले भने, ‘उसका साथीभाइमार्फत पनि खोज्ने धेरै कोसिस गर्‍यौं तर केही उपाय लागेन ।’


विनोदले काम गरिरहेको कम्पनीले कोरोनाको बहाना बनाउँदै २०७८ सालमा उनीसँगै धेरैलाई कामबाट निकालेपछि उनले अर्को कम्पनीमा काम गरेको जयबहादुरले बताए । ‘त्यसपछि काम गरेको कम्पनीमा पनि काम गर्न गाह्रो भएको भनेर छोडेपछि ऊ विगत ३ वर्षयता गैरकानुनी रूपमा साउदीमा बसिरहेको थियो,’ उनले भने, ‘यसकारण उसलाई प्रहरीले लग्यो कि भन्ने शंका हामीलाई छ । तर यति लामो समयसम्म अत्तोपत्तो भएन ।’

विनोद सम्पर्कविहीन भएको बारे परिवारले नेपाल सरकारको परराष्ट्र मन्त्रालयसमक्ष जानकारी गराएको थियो । त्यसपछि उक्त मन्त्रालयअन्तर्गत मन्त्रीको निजी सचिवालयमार्फत गत भदौ २० गते नेपाली कन्सुलेट जनरल, जेद्दाह साउदी अरेबियालाई ‘विनोद केसीको खोजतलास तथा उद्धार गर्नका लागि’ भनेर चिट्ठी लेखेको छ । तर यसको कुनै जवाफ वा प्रतिक्रिया नआएको परिवारले जनाएको छ ।

घरमा कमाउने मान्छे नै यसरी हराएपछि परिवारमा शोक छाएको छ । यता विनोदको घरमा ७० वर्षकी आमा, श्रीमती र १२ र १० वर्षका दुई छोरा एवं दाजु–भाउजू छन् । श्रीमान् हराएपछि उनको चिन्ताका साथै परिवारमा आर्थिक अभावसमेत खट्किएको श्रीमती सीता केसीले बताइन् । ‘उहाँले चाँडै घर आउँछु भन्नुभएको थियो । उहाँ आएपछि परिवारसँगै बसौंला भन्ने थियो । तर सोचेजस्तो भएन,’ उनले दुखेसो पोखिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्रको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विष्फोटमा नेपालीहरु पनि घाइते भएका छन् । विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको थियो । उक्त घटनामा ६६ जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा नेपालीसहित कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिकहरु पनि रहेका छन् ...
। चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’ को आज बिहान अमेरिकामा निधन भएको छ । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उनले अन्तिम सास लिए । उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा शर्माको निधन भएको जनाए । उनका अनुसार, बुधबार स्वास्थ्य असहज भएपछि शर्मालाई टाउसन अस्पतालमा भर्ना गरिएको थियो ...
। बेलायतको अल्डरसटमा भूतपूर्व गोर्खाहरूमाथि जातीय घृणाप्रेरित आक्रमण भएलगत्तै स्थानीय नेपाली र बेलायती समुदायले एकै ठाउँमा भेला भएर सामुदायिक एकता र सद्भावका लागि अपिल गरेका छन् । मंगलबार बेलुका नेपाली वृद्धहरूमाथि आक्रमण भएको अल्डरसटस्थित म्युनिसिपल पार्कमा बुधबार साँझ आयोजित सद्भाव कार्यक्रममा स्थानीय रसमेर बरो र ह्याम्पसायर काउन्टीलाई प्रतिनिधित्व गर्ने कयौं अधिकारीसहित बेलायती समुदायका उल्लेख्य सदस्य सहभागी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम