मुख्य समाचार
दीपेन्द्रसिंह ओमोडाको ब्रान्ड एम्बासडर
दीपेन्द्रसिंह ओमोडाको ब्रान्ड एम्बासडर

— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका उत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी सोमबार ओमोडा एन्ड जेइको अटोमोबाइल्सको ब्रान्ड एम्बासडर बनेका छन् । चिनियाँ ओमोडाका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स र दीपेन्द्रबीच सम्झौता भएको हो ।




सम्झौतामा एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा र दीपेन्द्रले हस्ताक्षर गरेका हुन् । निर्देशक शारडाले दीपेन्द्रलाई गाडीको साँचो हस्तान्तरण गरे । सम्झौताको आर्थिक पक्षबारे खुलाइएको छैन । निर्देशक शारडाले भविष्यका लागि यो सुरुआत भएको जनाए ।


१० दिनअघि सम्पन्न एनपीएलमा दीपेन्द्रले सुदूरपश्चिम रोयल्सको नेतृत्व गरेका थिए । लगातार उत्कृष्ट प्रदर्शन गरे पनि सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । २ सय २७ रन बनाउनुका साथै ८ विकेट लिएका दीपेन्द्रले ३ क्याच लिनुका साथै ७ रनआउट गरेका थिए । फाइनलमा भने दीपेन्द्र खासै चल्न सकेका थिएनन् ।

Brand Ambassador of Dipendra Singh Omodaउत्कृष्ट खेलाडी भएवापत दीपेन्द्रले एसपीजी अटोमोबाइल्सबाट बजारमूल्य ६२ लाख रहेको ओमोडा–ई ५ कार पाएका थिए । दीपेन्द्र अहिले ओमोडा कारकै ब्रान्ड एम्बासडर बनेका हुन् । ‘खेलाडीलाई प्रोत्साहन हुने यस्तो पुरस्कारले आसा र भरोसा बढेको छ,’ दीपेन्द्रले भने । उनी हाल विश्व ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा दोस्रो स्थानमा छन् ।

बुवा गगनसिंह र आमा नरुदेवी ऐरीसहित दीपेन्द्र कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...