मुख्य समाचार
रोमाञ्चक जितसँगै अस्ट्रेलिया बोर्डर–गावस्कर ट्रफी नजिक
रोमाञ्चक जितसँगै अस्ट्रेलिया बोर्डर–गावस्कर ट्रफी नजिक

— अस्ट्रेलियाले चौथो टेस्टको अन्तिम सेसनमा नाटकीय ढंगले भारतको ७ विकेट लिएपछि सोमबार रोमाञ्चक १ सय ८४ रनको जित हात पारेको छ । यस जितसँग ५ टेस्टको शृंखलामा २–१ को अग्रता पनि लिएको छ ।


दिनको खेल सकिन १२.५ ओभर मात्रै बाँकी रहेका बेला भारत १ सय ५५ रन बनाएर अलआउट भएको थियो । अब अन्तिम तथा पाँचौं टेस्ट शुक्रबार सिड्नीमा सुरु हुनेछ ।


अस्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफीलाई आफ्नोमै कायम राख्ने भने यो टेस्ट बराबरी गर्नुपर्नेछ ।

‘यो टेस्ट निकै अद्वितीय खेलका रूपमा रह्यो,’ अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले भने । उनी नै प्लेयर अफ द म्याच पनि भए । उनले पूरा टेस्टमा ६ विकेट लिए भने ९० रनको योगदान दिए । मेलबर्न क्रिकेट मैदानमा आएका कीर्तिमान दर्शकसामु दुवै टिमले सनसनीपूर्ण खेल खेलेको थियो । कमिन्सले थपे, ‘मैले जति टेस्ट खेलें, त्यसमध्ये यो खेल विशेष रह्यो, किनभने पूरा पाँचै दिन दर्शकको कुनै कमी रहेन अनि क्रिकेट आफैंमा उच्च दर्जाको रह्यो ।’

भारतले जितका लागि ३ सय ४० रनको अस्वभाविक लक्ष्य पाएको थियो । भारतसामु एकमात्र राम्रो विकल्प टेस्ट बराबरीमा टुंग्याउनु थियो । यसको छाँटकाँट यशस्वी जयसवाल र ऋषभ पन्तले देखाएका थिए । उनीहरूले चिया सेसनसम्म भारतलाई तीन विकेट गुमाएर १ सय १२ रनको स्थितिमा पुर्‍याए । तर, ऋषभ पार्टटाइम स्पिनर ट्रेभिस हेडको बेलमा छक्का प्रहार गर्ने प्रयासमा आउट भए । यससँगै भारतीय टोली नाटकीय पतनको सिकार बन्यो ।

भारतले आफ्नो अन्तिम ७ विकेट ३४ रनमा गुमाएको थियो । यसबीच टोलीले २०.३ ओभरमात्र खेल्यो । ओपनर जयसवाल नै इनिङ्सको उच्च रनकर्ता रहे । उनले ८४ रन बनाए । कमिन्सले भने २८ रनमा ३ विकेट लिए । नाथन लियोनले भारतको अन्तिम विकेटका रूपमा मोहम्मद सिराजलाई एलबीडब्लू धरापमा पारे । यससँगै पूरा अस्ट्रेलियाली टिमले हेरिनसक्नु खुसीयाली मनाएको थियो । खेलपछि अस्ट्रेलियाली तीव ग्रतिका बलर मिचेल स्टार्कको दाबी थियो, आफ्नो जितमा कुनै शंका थिएन ।

उनले भने, ‘अन्तिम दिनको खेलमा त्यस्तो मोड आयो, जतिबेला पिचले बलरलाई मदत गरिरहेको थिएन । तर हामीले त्यसको पनि उत्तर खोज्यौं । हामी किन जित्यौं भने आत्तिएनौं । हामीलाई के तथ्यमा पूरा विश्वास थियो भने जित निकाल्ने काम गर्न सक्षम छौं । ऋषभ ३० रन बनाएर आउट भए । यससँगै जयसवालसँग उनको ८८ रनको साझेदारी टुटेको थियो । यसले अस्ट्रेलियाली बलरमाझ खुसीयाली र आत्मविश्वास भने बढेको थियो ।




लगत्तै भारतले रवीन्द्र जडेजा र पहिलो इनिङ्समा शतक बनाउन नितिशकुमार रेड्डीलाई पनि गुमाएको थियो । जयसवाल आफैं कमिन्सको सिकार भए । उनको बहादूरीपूर्ण दुई बलको इनिङ्समा लागेको पूर्णविराम भने विवादास्पद रह्यो । हुक गर्ने प्रयासमा उनीविरुद्ध गरिएको कट्–बिहाइन्डको अपिल सुरुमा अस्वीकार गरिएको थियो । तर, टीभी अम्पायरले त्यो निर्णयलाई फेरिदिए । बलले यात्रा गर्ने क्रममा कुनै आवाज निस्केको थिएन, तर दिशा भने परिवर्तन गरेको थियो ।

त्यसपछि स्कट बोलान्डले आकाश दीपलाई आउट पारे । उनले समग्रमा ३९ रनमा ३ विकेट लिए । जसप्रित बुमराह भने लगातार दोस्रो इनिङ्समा शून्यमा आउट भए । वासिङ्टन सुन्दरले दृढ भएर ४५ बल सामना गरे । ५ रन बनाएर नटआउट रहे । कमिन्स आफ्नो खेलजीवनमै निर्णायक रूपमा पहिलो पटक ब्याटबाट चम्किए । पछि उनले भने, ‘मेरो ब्याटबाट कहिले कस्तो प्रदर्शन हुन्छ, कहिल्यै थाहा हुन्न । तर, यसपल्ट भाग्यले मलाई साथ दियो ।’

कमिन्सले प्रतिद्वन्द्वी कप्तान रोहित शर्मासँगै केएल राहुलको विकेट लिए भने स्टार्कले विराट कोहलीलाई लन्च अगाडिको अन्तिम बलमा आउट पारे । यससँगै भारत ३ विकेट गुमाएर ३३ रनको खराब स्थितिमा पुगेको थियो । ‘दिनको अन्तिम दुई सेसनमा हामीले ब्याटबाट राम्रो गर्नुपर्ने थियो र जितलाई प्रयास गर्नुपर्ने थियो । तर, अस्ट्रेलियाको बलबाट प्रदर्शन साँच्चै उत्कृष्ट रह्यो । हामीले अन्त्यसम्म संघर्ष जारी राख्न सकेनौं,’ नाजुक लयबाट गुज्रिइरहेका रोहितले भने ।

उनले अस्ट्रेलियाको दोस्रो इनिङ्समा लियोन बोलान्डबीच अन्तिम विकेटमा भएको ६१ रनको साझेदारीले भारतीय जितको सम्भावना कमजोर बनाएको माने । त्यही प्रदर्शन मदतमा अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा २ सय ३४ रनको स्कोर खडा गरेको थियो । बुमराहले भने त्यो इनिङ्समा ५७ रन खर्चेर ५ विकेट लिए । समग्रमा उनले ९ विकेट लिए । चौथो दिन अस्ट्रेलिया ६ विकेट गुमाएर ९१ रनको स्थितिमा थियो । तर, टोली त्यहाँबाट उन्मुक्ति पाउँदै जितसम्म पुग्न सफल रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...