मुख्य समाचार
रोमाञ्चक जितसँगै अस्ट्रेलिया बोर्डर–गावस्कर ट्रफी नजिक
रोमाञ्चक जितसँगै अस्ट्रेलिया बोर्डर–गावस्कर ट्रफी नजिक

— अस्ट्रेलियाले चौथो टेस्टको अन्तिम सेसनमा नाटकीय ढंगले भारतको ७ विकेट लिएपछि सोमबार रोमाञ्चक १ सय ८४ रनको जित हात पारेको छ । यस जितसँग ५ टेस्टको शृंखलामा २–१ को अग्रता पनि लिएको छ ।


दिनको खेल सकिन १२.५ ओभर मात्रै बाँकी रहेका बेला भारत १ सय ५५ रन बनाएर अलआउट भएको थियो । अब अन्तिम तथा पाँचौं टेस्ट शुक्रबार सिड्नीमा सुरु हुनेछ ।


अस्ट्रेलियाले बोर्डर–गावस्कर ट्रफीलाई आफ्नोमै कायम राख्ने भने यो टेस्ट बराबरी गर्नुपर्नेछ ।

‘यो टेस्ट निकै अद्वितीय खेलका रूपमा रह्यो,’ अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले भने । उनी नै प्लेयर अफ द म्याच पनि भए । उनले पूरा टेस्टमा ६ विकेट लिए भने ९० रनको योगदान दिए । मेलबर्न क्रिकेट मैदानमा आएका कीर्तिमान दर्शकसामु दुवै टिमले सनसनीपूर्ण खेल खेलेको थियो । कमिन्सले थपे, ‘मैले जति टेस्ट खेलें, त्यसमध्ये यो खेल विशेष रह्यो, किनभने पूरा पाँचै दिन दर्शकको कुनै कमी रहेन अनि क्रिकेट आफैंमा उच्च दर्जाको रह्यो ।’

भारतले जितका लागि ३ सय ४० रनको अस्वभाविक लक्ष्य पाएको थियो । भारतसामु एकमात्र राम्रो विकल्प टेस्ट बराबरीमा टुंग्याउनु थियो । यसको छाँटकाँट यशस्वी जयसवाल र ऋषभ पन्तले देखाएका थिए । उनीहरूले चिया सेसनसम्म भारतलाई तीन विकेट गुमाएर १ सय १२ रनको स्थितिमा पुर्‍याए । तर, ऋषभ पार्टटाइम स्पिनर ट्रेभिस हेडको बेलमा छक्का प्रहार गर्ने प्रयासमा आउट भए । यससँगै भारतीय टोली नाटकीय पतनको सिकार बन्यो ।

भारतले आफ्नो अन्तिम ७ विकेट ३४ रनमा गुमाएको थियो । यसबीच टोलीले २०.३ ओभरमात्र खेल्यो । ओपनर जयसवाल नै इनिङ्सको उच्च रनकर्ता रहे । उनले ८४ रन बनाए । कमिन्सले भने २८ रनमा ३ विकेट लिए । नाथन लियोनले भारतको अन्तिम विकेटका रूपमा मोहम्मद सिराजलाई एलबीडब्लू धरापमा पारे । यससँगै पूरा अस्ट्रेलियाली टिमले हेरिनसक्नु खुसीयाली मनाएको थियो । खेलपछि अस्ट्रेलियाली तीव ग्रतिका बलर मिचेल स्टार्कको दाबी थियो, आफ्नो जितमा कुनै शंका थिएन ।

उनले भने, ‘अन्तिम दिनको खेलमा त्यस्तो मोड आयो, जतिबेला पिचले बलरलाई मदत गरिरहेको थिएन । तर हामीले त्यसको पनि उत्तर खोज्यौं । हामी किन जित्यौं भने आत्तिएनौं । हामीलाई के तथ्यमा पूरा विश्वास थियो भने जित निकाल्ने काम गर्न सक्षम छौं । ऋषभ ३० रन बनाएर आउट भए । यससँगै जयसवालसँग उनको ८८ रनको साझेदारी टुटेको थियो । यसले अस्ट्रेलियाली बलरमाझ खुसीयाली र आत्मविश्वास भने बढेको थियो ।




लगत्तै भारतले रवीन्द्र जडेजा र पहिलो इनिङ्समा शतक बनाउन नितिशकुमार रेड्डीलाई पनि गुमाएको थियो । जयसवाल आफैं कमिन्सको सिकार भए । उनको बहादूरीपूर्ण दुई बलको इनिङ्समा लागेको पूर्णविराम भने विवादास्पद रह्यो । हुक गर्ने प्रयासमा उनीविरुद्ध गरिएको कट्–बिहाइन्डको अपिल सुरुमा अस्वीकार गरिएको थियो । तर, टीभी अम्पायरले त्यो निर्णयलाई फेरिदिए । बलले यात्रा गर्ने क्रममा कुनै आवाज निस्केको थिएन, तर दिशा भने परिवर्तन गरेको थियो ।

त्यसपछि स्कट बोलान्डले आकाश दीपलाई आउट पारे । उनले समग्रमा ३९ रनमा ३ विकेट लिए । जसप्रित बुमराह भने लगातार दोस्रो इनिङ्समा शून्यमा आउट भए । वासिङ्टन सुन्दरले दृढ भएर ४५ बल सामना गरे । ५ रन बनाएर नटआउट रहे । कमिन्स आफ्नो खेलजीवनमै निर्णायक रूपमा पहिलो पटक ब्याटबाट चम्किए । पछि उनले भने, ‘मेरो ब्याटबाट कहिले कस्तो प्रदर्शन हुन्छ, कहिल्यै थाहा हुन्न । तर, यसपल्ट भाग्यले मलाई साथ दियो ।’

कमिन्सले प्रतिद्वन्द्वी कप्तान रोहित शर्मासँगै केएल राहुलको विकेट लिए भने स्टार्कले विराट कोहलीलाई लन्च अगाडिको अन्तिम बलमा आउट पारे । यससँगै भारत ३ विकेट गुमाएर ३३ रनको खराब स्थितिमा पुगेको थियो । ‘दिनको अन्तिम दुई सेसनमा हामीले ब्याटबाट राम्रो गर्नुपर्ने थियो र जितलाई प्रयास गर्नुपर्ने थियो । तर, अस्ट्रेलियाको बलबाट प्रदर्शन साँच्चै उत्कृष्ट रह्यो । हामीले अन्त्यसम्म संघर्ष जारी राख्न सकेनौं,’ नाजुक लयबाट गुज्रिइरहेका रोहितले भने ।

उनले अस्ट्रेलियाको दोस्रो इनिङ्समा लियोन बोलान्डबीच अन्तिम विकेटमा भएको ६१ रनको साझेदारीले भारतीय जितको सम्भावना कमजोर बनाएको माने । त्यही प्रदर्शन मदतमा अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा २ सय ३४ रनको स्कोर खडा गरेको थियो । बुमराहले भने त्यो इनिङ्समा ५७ रन खर्चेर ५ विकेट लिए । समग्रमा उनले ९ विकेट लिए । चौथो दिन अस्ट्रेलिया ६ विकेट गुमाएर ९१ रनको स्थितिमा थियो । तर, टोली त्यहाँबाट उन्मुक्ति पाउँदै जितसम्म पुग्न सफल रह्यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...