मुख्य समाचार
विवादमै रेडक्रस : आईएफआरसी भन्छ– रेडक्रसको समिति हामी चिन्दैनौं
विवादमै रेडक्रस : आईएफआरसी भन्छ– रेडक्रसको समिति हामी चिन्दैनौं

: अन्तर्राष्ट्रिय रेडक्रस महासंघ र रेड क्रिसेन्ट सोसाइटी (आईएफआरसी) ले नेपाल रेडक्रस सोसाइटीको वर्तमान नेतृत्वलाई मान्यता दिन अस्वीकार गरेको छ। पछिल्लो समय प्रा सुदर्शनप्रसाद नेपालको नेतृत्वमा ५६ सदस्यीय तदर्श समिति बनेको छ। नेपाल र डा. नेत्रप्रसाद तिमिल्सिनाको नेतृत्वमा रहेको कार्यसमितिलाई समायोजन गरेर नयाँ समिति बनाइएको हो। नेपाल र तमिल्सिनाको दुवै समितिले यो भन्दाअघि समानान्तर गतिविधि गरिरहेको थियो। सरकारले सहमतिमा भनेर बनाएको समितिलाई पनि आईएफआरसीले नचिन्ने बताएको छ।


नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको सहभागिता छ। सबै दलको भागबन्डामा यो समिति बनेको छ। आईएफआरसीका नेपाल प्रमुख डेभिड फिसरले पत्राचार गर्दै भनेका छन्, ‘यो अवस्थामा अहिलेका कुनै समितिलाई चिन्दैनौं।’

नेपाल रेडक्रस ६ वर्षदेखि विवादमा रहँदै आएको भन्दै उसले मान्यता प्रदान गर्न नमानेको हो । मानवीय हितका लागि सञ्चालित नेपाल रेडक्रस भ्रष्टाचार, अनियमितता, अव्यवस्थपनको शिकार भएको उसको बुझाइ छ । रेडक्रसलाई पत्राचार गर्दै आईएफआरसीका नेपाल प्रमुख फिसरले नेपाल रेडक्रसलाई थप क्षतिबाट जोगाउन अहिले समस्या समाधानमा लाग्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘जसको एक मात्र विकल्प निर्वाचन हो।’


आईएफआरसीले गत वर्ष नै नेपाल रेडक्रसमा कार्यसमितिको आधिकारितालाई विवाद भएको भन्दै सहकार्य नगर्ने जनाएको थियो। आईएफआरसीको अनुपालन र मध्यस्तता समिति (सीएमसी)ले जनवरी २ र ३ मा सबै सरोकारवालासँग गोलमेच सम्मेलन बोलाएको छ।

सीएमसीले यस्ता विवादीत देशमा यस्तो सम्मेलन गर्ने गरेको छ। उसले सबै सरोकारवालाको सहमतिमा सन २०२५ को अप्रिलसम्ममा निर्वाचनको डेटलाइन छ। यो गोलमोच सम्मेलनबाट समस्या समाधान नभएमा नेपाल रेडक्रसको निलम्बन पनि हुन सक्छ। समास्या समाधानको पहिलो सर्त विधान सशोधन हो। विधान भित्र ज्वाइन्ट स्ट्याच्युट कमिटीको अन्तर्राष्ट्रिय मापदण्ड कार्यविधिअनुसार दुई कार्यकालमा मात्रै नेतृत्वमा बस्ने पाउनेदेखि युवा सहभागिता हुनुपर्ने व्यवस्था पालना गरेर नेपाल रेडक्रस अघि बढ्नुपर्छ।

आईएफआरसीको निर्णयलाई बेवास्ता गर्दै रेडक्रसका अध्यक्ष प्रा. नेपालले जनवरी ५ देखि ६ सम्म विधान अधिवेसन बोलाएका छन्। यो विधान अधिवेशन अघि नै समस्याको समाधानको प्रस्ताव ल्याउनुपर्ने सुझाव आईएफआरसीको छ। समस्या समाधानको विधि खोजेर मात्रै विधान अधिवेशनमा लान उसले सुझाएको छ।

अधिवेशनअघि नै नयाँ विधानमा केही प्रमुख पक्षमा हुने सहमतिले नेपाल रेडक्रसलाई संस्थागत रूपमा विकास गर्न र आगामी दिन हुने बलियो निर्वाचन प्रक्रियालाई समर्थन गर्न महत्वपूर्ण योगदान दिने उनले बताएका छन्। ‘यो बैठक सबै समस्या समाधान गर्न सक्दैन।

सबै गुनासा हटाइदिन ठाउँ पनि बन्दैन, त्यसलै पहिलो नै यसको समाधान खोजौं,’ उनले भनेका छन्। विगत पाँच वर्षदेखि रेडक्रस तदर्थकै भरमा छ। भ्रष्टाचार अनियमितताको दलदलमा फसेपछि तत्कालीन अध्यक्ष सञ्जीव थापाको कार्यसमिति भंग गरेर २०७७ साउन १२ मा नेत्र तिम्सिनालाई तत्कालीन नेकपाको सरकार(ओली सरकार)ले अध्यक्ष बनाएको थियो। ओली सरकार हटेपछि तत्कालीन देउवा सरकारले प्रा सुदर्शन नेपालको नेतृत्व अर्को तदर्थ समिति बनाए। लामो समय नेपाल र तिमिल्सिनाको नेतृत्वमा समानान्तर दुई कार्यसमिति क्रियाशील रहे । अदालतको अन्तरिम आदेशको आधारमा तिमिल्सिनाको समितिलाई आधिकारिकता दिए पनि नेपालको समितिले सत्ताको भरमा रेडक्रसमा प्रवेशसम्म पनि दिएन।

कांग्रेस र एमालेको सत्ता समीकरणसँगै अहिले आएर भागबन्डा समिति बनेको छ। तर, आईएफआरसीले यो समितिलाई नचिन्ने बताएपछि नेपालको रेडक्रसको भविष्यमा नै प्रश्न खडा भएको छ। संस्था दर्ता ऐनअनुसार सञ्चालित रेडक्रस समाज कल्याणपरिषद् मातहतमा छ।

समाज कल्याण परिषद्ले गठन गरेको कार्यदलले प्रा.नेपाल नेतृत्वको समितिले अनियमिता गरेको ठहरसहित कारबाहीका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रहरीलाई पत्राचार गरेको छ। यसअघि धेरै समिति र प्रतिवेदनले पनि नेपाल रेडक्रसका भएका भ्रष्टाचार, अनियमिततालाई उजागर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका देशभरका हजारौं औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र स्वत: रद्द भएको स्पष्ट पारेको हो । विभागका अनुसार तोकिएको कानुनी अवधि भित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र सिफारिसपत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वत: रद्द हुने ...
। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने सहमतिमा श्रम संस्कृति पार्टीको असहमति जनाएको छ । ‘एउटाले गल्ति गर्छ अर्कोले जवाफ दिने भन्ने हुँदैन’, यस पार्टीका अध्यक्ष हर्क साम्पाङले भने । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर ...
। करिब दुई महिनायता देशका विभिन्न स्थानमा बर्डफ्लु संक्रमण फेला परिरहेको छ । गएको चैत पहिलो सातादेखि कोशी प्रदेशबाट फैलिएको बर्डफ्लुले हालसम्म १० जिल्लाका ५५ वटा व्यावसायिक फार्ममा असर पारेको छ । सुनसरी, मोरङ, काठमाडौं, झापा, चितवन, ललितपुर, बारा, भक्तपुर, नवलपरासी पश्चिम र महोत्तरीमा बर्डफ्लु भेटिएको पशु सेवा विभागले जनाएको छ । चालु आर्थिक वर्ष बर्डफ्लुको पहिलो ...
। कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल कालागाउँलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले बुधबार प्रदेश सभामा आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा स्तरोन्नति गर्ने कानुन तर्जुमा गरिने बताए । प्रदेश सरकारले उक्त आयोजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ल्याएको थियो ...
— प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदाका दिनमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले सूचना जारी गर्दै बिदाका दिनमा पनि सेवा सञ्चालन गरिने जानकारी दिएको छ । अस्पतालका निर्देशक डा. गणेश थापाले जारी गरेको सूचनाअनुसार गणतन्त्र दिवस, राष्ट्रिय धान दिवस, साउने सक्रान्ति तथा देउडा पर्व, प्रदेश स्थापना तथा सहिद दिवस, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, धान्य पूर्णिमा, ...