मुख्य समाचार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध

: रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुस करिब तीन वर्षको द्वन्द्व अन्त्य गर्न कुनै सम्झौताको हिस्साका रूपमा युक्रेनमा पश्चिमी शान्ति सैनिकहरूको तैनाथीको विरुद्धमा रहेको बताएका छन् ।


कुनै पनि शान्ति सम्झौता लागु गर्न युक्रेनमा विदेशी सेना राख्ने सम्भावनाको चर्चा पश्चिमी राजधानीहरूमा चलिरहेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यस महिना वार्सामा भएको बैठकमा यस विषयमा छलफल गरेका थिए ।

रूसी विदेश मन्त्रालयले सोमबार प्रकाशित गरेको अन्तर्वार्तामा लाभरोभले राज्य सञ्चालित तास समाचार एजेन्सीलाई मस्कोले त्यो विचार र अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका अन्य कुराहरूको विरोध गरेको बताए ।


“निस्सन्देह युक्रेनको नाटो सदस्यता २० वर्षका लागि स्थगित गर्ने र युक्रेनमा ‘बेलायती र युरोपेली सेना’ को शान्ति सेना पठाउने राष्ट्रपति–निर्वाचितका प्रतिनिधिहरूले उठाएका प्रस्तावहरूबाट हामी सन्तुष्ट छैनौँ,” उनले भने । क्रेमलिनले यसअघि ‘शान्ति सैनिकहरूको बारेमा कुरा गर्न निकै ढिलो भएको’ बताएको थियो ।

तीन हप्तामा सत्तामा आउने ट्रम्पले २४ घन्टामा शान्ति सम्झौता गर्न सक्ने दाबी गर्दै किएभलाई दिइने वासिङ्टनको अर्बौं डलरको आर्थिक र सैन्य सहयोगलाई प्रभावका रूपमा प्रयोग गर्ने बताएका छन् ।

यद्यपि, उनले अझै ठोस योजना प्रस्ताव गरेका छैनन् । उनको टोलीका सदस्यहरूले एक हजार किलोमिटर लामो अग्रिम मोर्चामा कुनै पनि युद्धविरामको निगरानी गर्न युरोपेली सेनाको तैनाथी र नाटोमा सामेल हुने किएभको महत्त्वाकांक्षामा लामो ढिलाइसहित विभिन्न विचारहरू राखेका छन् ।

रुसी र युक्रेनी दुवै राष्ट्रपतिले एकअर्कासँग प्रत्यक्ष वार्तालाई अस्वीकार गरेका छन् । साथै किएभ र मस्कोको स्थिति शान्ति सम्झौताका लागि स्वीकार्य सर्तहरू के हुन् भन्ने कुरामा धेरै फरक देखिन्छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि युक्रेनलाई चार पूर्वी र दक्षिणी क्षेत्रहरू– डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझियाबाट आफ्नो सेना फिर्ता लिन माग गरेका थिए । यी क्षेत्रलाई रुसले कब्जा गरेको दाबी गरेको छ । किएभले भने शान्तिको बदलामा मस्कोलाई ती क्षेत्र दिने कुरा बारम्बार अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तिब्बती धार्मिक नेता दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस चर्किएको छ । भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने रोयटर्सले जनाएको छ । विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको ...
: तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्। तिब्बतबाट बहिर्गमनमा परेका उनले ...
: रुसी अधिकारीहरूले इजेभ्स्क शहरको एक कारखानामा युक्रेनी आक्रमणमा तीनजनाको मृत्यु भएको र ४५ जना घाइते भएको बताएका छन्। गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये छजना गम्भीर घाइते भएको बताए। उनले आक्रमणको बारेमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। यसपछि,क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ। ड्रोनहरूले टोर सतहबाट हावामा प्रहार गर्ने मिसाइल प्रणाली र राडार स्टेशनहरू उत्पादन गर्ने ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्। ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले ...
: युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धको बीचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको बताएकी छन्। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको समीक्षा गरेपछि यो निर्णय लिएको हो। फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको ...