मुख्य समाचार
यस वर्षलाई सबैभन्दा बढी सम्झिने भनेको पेरिस ओलम्पिक
यस वर्षलाई सबैभन्दा बढी सम्झिने भनेको पेरिस ओलम्पिक

— अन्तर्राष्ट्रिय खेलकुदको दृष्टिकोणबाट सन् २०२४ पनि उत्तिकै नाटकीय, सनसनीपूर्ण र रोमाञ्चक रह्यो । यस वर्षलाई सबैभन्दा बढी सम्झिने भनेको पेरिस ओलम्पिककै लागि हो । पछिल्लो समय धेरैलाई लाग्न थालेको थियो, सायद ओलम्पिकमा जस्तो पहिलो हुने गर्थ्यो त्यस्तो आकर्षण रहेन् । अझ ओलम्पिकको आयोजना आफैमा अत्याधिक खर्चालु हुन थालेको थियो । यस्तोमा स्वंय ओलम्पिककै आयोजनामा पनि प्रश्न उठन थालेको थियो ।




तर पेरिस ओलम्पिकले ती सबै अन्यौलता र अनिश्चितालाई चिर्ने काम गर्‍यो र प्रमाणित गर्‍यो, यसलाई लोकप्रिय बनाउन अझै धेरै गर्न सकिन्छ । जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजित ओलम्पिकको उद्घाटन र समापन समारोह आफैमा उत्कृष्ट रहे । आयोजक फ्रान्सले ओलम्पिकको रौनकता कायम राख्न कुनै कसर छाडेन् । पूरा ओलम्पिकका क्रममा दर्शकको पनि कुनै कमी रहेन् । यस्तोमा पेरिस ओलम्पिक त्यस्तो ओलम्पिक रह्यो, जसले पुनरागमन रच्यो भन्दा पनि हुन्छ ।


ओलम्पिकको अन्तिम पदक तालिकामा भने अमेरिमा सबैभन्दा अगाडि रह्यो, ४० स्वर्णसहित । अमेरिकाले कुल १ सय २६ पदक जितेर प्रमाणित गर्‍यो, अन्तर्राष्ट्रिय खेलकुदको महाशक्ति भनेको अमेरिका नै हो । चीन दोस्रोमा रह्यो, ४० स्वर्ण सहित नै । चीनले भने कुल ९१ पदक जित्यो भने जापान त्यसपछि तेस्रो स्थानमा रह्यो । जापानले २० स्वर्णसहित कुल ४५ पदक जित्कोयो । पूरा पेरिस ओलम्पिकमा एसियाली चुनौती दमदार रह्यो ।

2024 is a year to remember for the Paris Olympicsपेरिस ओलम्पिकलगत्तै पेरिस पारा ओलम्पिकको पनि आयोजना भयो र यो पनि आफैमा उत्कृष्ट रह्यो । नेपालकी पलेसा गोवर्धनले तेक्वान्दोमा कांस्य पदक जितेर ऐतिहासिक सफलता पनि रचिन् । ओलम्पिकपछि अधिकांस वर्ष जस्तै सबैभन्दा लोकप्रिय र चर्चामा रहेको खेल रह्यो, फुटबल । सन् २०२४ मा भएको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता रह्यो, युरो २०२४ । जर्मनीमा भएको प्रतियोगिता स्पेनले जित्यो र फाइनलमा उसले इटालीलाई हराएको थियो ।

यही प्रतियोगिताबाट विश्व फुटबलले नयाँ स्टार खेलाडीका रूपमा पायो, लामिन यामल । इंग्लिस प्रिमियर लिगमा भने म्यानचेस्टर सिटीले गज्जब नै गर्‍यो । यसअघि कसैले गर्न नसकेको काम गर्ने क्रममा पेप ग्वार्डिओलाको सिटीले लगातार चौथो सिजन लिग उपाधि जित्यो । त्यस काममा सबैभन्दा बढी योगदान दिएका मध्ये एक रहेका रोड्रिले पछि बेलन डे’अर पनि जिते । सन् २०२४ मै दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका २०२४ पनि भयो ।

यसको उपाधि भने अर्जेन्टिनाले जित्यो । विश्वकप विजेताका रूपमा लियोनल मेसीको अर्जेन्टिना यो उपाधि जित्न पनि सफल रह्यो र उसले फाइनलमा हराएको थियो, कोलम्बियालाई । क्रिकेटतर्फ अमेरिकामा टी–ट्वान्टी विश्वकपको आयोजना भयो र त्यसको उपाधि जित्न सफल रह्यो, भारत । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो । यो विश्वकपमा नेपालको पनि ऐतिहासिक सहभागिता रह्यो र आफ्नो खेलको मदतले धेरैको मन जित्न सफल रह्यो ।
विश्व टेनिसमा पछिल्लो साढे एक दशकदेखि तहल्का मच्चाउँदै आएका राफेल नाडालले सन् २०२४ मै सन्यास लिए । उनको सन्याससँगै विश्व टेनिसमा एक कालखण्डको अन्त्य भयो । नाडाललाई क्ले कोर्टका खेलिने टेनिसको सर्वकालिन महान खेलाडी मानिन्छ । त्यसैले उनले १४ पल्ट फ्रेन्च ओपन जिते । समग्रमा पनि उनी उत्तिकै ठूला खेलाडी हुन् । उनले जितेका २२ ग्रान्ड स्लाम उपाधिले नै देखाउँछ, उनी कति धेरै सफल खेलाडी हुन् भनेर ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...