मुख्य समाचार
भारतलाई हराएसँगै अस्ट्रेलियालाई सिरिजमा अग्रता
भारतलाई हराएसँगै अस्ट्रेलियालाई सिरिजमा अग्रता

— अस्ट्रेलियाले मेलबर्नमा भएको चौथो टेस्टको पाँचौं दिन सोमबार भारतलाई १ सय ८४ रनले पराजित गरेको छ । यससँगै पाँच टेस्टको सिरिजमा अस्ट्रेलियाले २–१ को अग्रता लिएको छ ।

जितका लागि ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ५५ रन बनाएर अलआउट भयो । पाहुना टिमले कुनै पनि बेला खेल जित्ने लक्षण देखाएन् र पूरा टिम ७९.१ ओभर मात्रै टिक्यो ।

भारतका लागि ओपनर यशस्वी जयसवालले ८४ र ऋषव पन्तले ३० रन बनाए । त्यस बाहेक अरू कोही पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । अस्ट्रेलियाका लागि प्याट कमिन्स र स्कटल बोलान्डले तीन तीन विकेट लिए ।

कप्तान कमिन्सनै खेलको ‘प्लेयर अफ द म्याच’ भए । उनी ब्याट र बल दुवैबाट लयमा रहे । उनले समग्रमा छ विकेट लिए भने दुई इनिङ्समा क्रमशः ४९ र ४१ रन बनाए । अस्ट्रेलिया यसअघि आफ्नो दोस्रो इनिङ्समा २ सय ३४ रन बनाएर अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...