मुख्य समाचार
अमेरिकी प्रमुख टेलिकम सेवा एटी एन्ड टी र भराइजनको प्रणालीमा साइबर आक्रमण
अमेरिकी प्रमुख टेलिकम सेवा एटी एन्ड टी र भराइजनको प्रणालीमा साइबर आक्रमण

— अमेरिकाका प्रमुख टेलिकम कम्पनी एटी एन्ड टी, भराइजन र ल्युमेन टेक्नोलोजीले आफ्ना प्रणालीमा साइबर आक्रमणको प्रयास भएको जानकारी दिएका छन् ।


उनीहरूको सेवा प्रयोग गर्ने विभिन्न व्यक्ती र संस्थाहरूमाथि चिनियाँ साइबर जासुसी समूह मानिने 'साल्ट टाइफुन' ले आक्रमण प्रयास गरेको कम्पनीले जनाएका छन् । साइबर आक्रमण भए पनि कम्पनीका सबै पूर्वाधार सुरक्षित रहेको दाबी गरिएको छ ।


अमेरिकाका प्रमुख दूरसञ्चार सेवा प्रदायक र तिनमा आबद्ध विभिन्न व्यक्ति र समूहलाई निशाना बनाउने प्रयास भएको यो पछिल्लो एक वर्षमा सातौं पटक हो । अन्य घटनाहरूमा पनि ह्याकरहरूले विभिन्न शैली र पद्धति अपनाएर ती नेटवर्कहरूमा पहुँच बनाउन खोजेका थिए । संवदेनशील सूचना प्राप्त गर्ने प्रयासमा साल्ट टाइफुनले गत महिना केही इन्टरनेट सेवा प्रदायकहरूमा पनि आक्रमण गरेको द वाल स्ट्रिट जर्नलले जनाएको थियो । इन्टरनेट सेवा प्रदायकहरूले सरकारी निकायहरूलाई उपलब्ध गराउने अदालतको अनुमती लिएर गरिने ‘वायरट्यापिङ’ वा ‘कल इन्टरसेप्सन’ को प्रणालीमा ह्याकरहरूले पहुँच बनाएको अनुमान गरिएको छ ।

चीनसँग सम्बद्ध मानिएका भोल्ट टाइफुन, फ्ल्याक्स टाइफुनजस्ता थ्रेटहरू यी घटनामा जोडिएको ल्युमन टेक्नोलोजिजको ब्ल्याक लोटस ल्याब्सको अनुसन्धानले देखाएको छ । पछिल्ला यी घटनाबाहेक साइबर आक्रमणकारीहरूले विभिन्न प्रमुख सरकार र तिनका अधिकारीलाई सन् २०२४ मा निकै सताएका थिए । आफ्नो बहुप्रतिक्षित चीन भ्रमणको आसपास अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकेनको टोलीमाथि पनि चिनियाँ ह्याकर समूहले साइबर आक्रमणको प्रयास गरेका थिए । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुवै प्रतिस्पर्धी डोनाल्ड ट्रम्प र कमला ह्यारिसका चुनावी अभियानलाई पनि साइबर आक्रमणकारीहरूले तारो बनाए ।

ट्रम्पको अभियानका कतिपय सञ्चार प्रविधिहरूमा इरानी ह्याकरहरूले प्रवेश पाएको चर्चासँगै धनाढ्यहरू इलन मस्क, जेफ बेजस, मार्क जकरबर्ग, टिम कुक लगायतलाई पनि साइबर आक्रमणकारीले हमला गरे । योसँगै अमेरिकी सरकारले साइबर अपराधविरुद्ध आक्रामक कदम चालिरहेको छ । बाइडेन प्रशासनले राष्ट्रिय सुरक्षा मजबुत पार्न व्यापक साइबर सुरक्षा रणनीति अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— तिब्बती धार्मिक नेता दलाई लामाको ९० औँ जन्मदिन मनाउने तयारी भइरहँदा उनका उत्तराधिकारी को र कसरी चयन हुने भन्ने बहस चर्किएको छ । भारतको हिमाचलस्थित सिमलामा निर्वासित जीवन बिताउँदै आएका दलाई लामासहितको उपस्थितिमा यसै साता तीन दिने कार्यक्रममार्फत उत्तराधिकारीबारे विस्तृत जानकारी प्राप्त हुन सक्ने रोयटर्सले जनाएको छ । विगत ६५ वर्षयता भारतमा ‘तिब्बतको निर्वासित सरकार’ भएको ...
: तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यो हप्ता ९० वर्षमा प्रवेश गर्दैछन्। जुलाई ६ मा जन्मिएका उनको जन्मोत्सव एक हप्ता पहिलेदेखि नै मनाउँदै आएको छ। भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका छन्। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्। तिब्बतबाट बहिर्गमनमा परेका उनले ...
: रुसी अधिकारीहरूले इजेभ्स्क शहरको एक कारखानामा युक्रेनी आक्रमणमा तीनजनाको मृत्यु भएको र ४५ जना घाइते भएको बताएका छन्। गभर्नर अलेक्जेन्डर ब्रेचालोभले घाइतेमध्ये छजना गम्भीर घाइते भएको बताए। उनले आक्रमणको बारेमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन्। यसपछि,क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ। ड्रोनहरूले टोर सतहबाट हावामा प्रहार गर्ने मिसाइल प्रणाली र राडार स्टेशनहरू उत्पादन गर्ने ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। 'हामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,'ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्। ट्रम्पले लेखेका छन्,'कतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले ...
: युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धको बीचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको बताएकी छन्। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको समीक्षा गरेपछि यो निर्णय लिएको हो। फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको ...