मुख्य समाचार
अमेरिकी प्रमुख टेलिकम सेवा एटी एन्ड टी र भराइजनको प्रणालीमा साइबर आक्रमण
अमेरिकी प्रमुख टेलिकम सेवा एटी एन्ड टी र भराइजनको प्रणालीमा साइबर आक्रमण

— अमेरिकाका प्रमुख टेलिकम कम्पनी एटी एन्ड टी, भराइजन र ल्युमेन टेक्नोलोजीले आफ्ना प्रणालीमा साइबर आक्रमणको प्रयास भएको जानकारी दिएका छन् ।


उनीहरूको सेवा प्रयोग गर्ने विभिन्न व्यक्ती र संस्थाहरूमाथि चिनियाँ साइबर जासुसी समूह मानिने 'साल्ट टाइफुन' ले आक्रमण प्रयास गरेको कम्पनीले जनाएका छन् । साइबर आक्रमण भए पनि कम्पनीका सबै पूर्वाधार सुरक्षित रहेको दाबी गरिएको छ ।


अमेरिकाका प्रमुख दूरसञ्चार सेवा प्रदायक र तिनमा आबद्ध विभिन्न व्यक्ति र समूहलाई निशाना बनाउने प्रयास भएको यो पछिल्लो एक वर्षमा सातौं पटक हो । अन्य घटनाहरूमा पनि ह्याकरहरूले विभिन्न शैली र पद्धति अपनाएर ती नेटवर्कहरूमा पहुँच बनाउन खोजेका थिए । संवदेनशील सूचना प्राप्त गर्ने प्रयासमा साल्ट टाइफुनले गत महिना केही इन्टरनेट सेवा प्रदायकहरूमा पनि आक्रमण गरेको द वाल स्ट्रिट जर्नलले जनाएको थियो । इन्टरनेट सेवा प्रदायकहरूले सरकारी निकायहरूलाई उपलब्ध गराउने अदालतको अनुमती लिएर गरिने ‘वायरट्यापिङ’ वा ‘कल इन्टरसेप्सन’ को प्रणालीमा ह्याकरहरूले पहुँच बनाएको अनुमान गरिएको छ ।

चीनसँग सम्बद्ध मानिएका भोल्ट टाइफुन, फ्ल्याक्स टाइफुनजस्ता थ्रेटहरू यी घटनामा जोडिएको ल्युमन टेक्नोलोजिजको ब्ल्याक लोटस ल्याब्सको अनुसन्धानले देखाएको छ । पछिल्ला यी घटनाबाहेक साइबर आक्रमणकारीहरूले विभिन्न प्रमुख सरकार र तिनका अधिकारीलाई सन् २०२४ मा निकै सताएका थिए । आफ्नो बहुप्रतिक्षित चीन भ्रमणको आसपास अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकेनको टोलीमाथि पनि चिनियाँ ह्याकर समूहले साइबर आक्रमणको प्रयास गरेका थिए । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुवै प्रतिस्पर्धी डोनाल्ड ट्रम्प र कमला ह्यारिसका चुनावी अभियानलाई पनि साइबर आक्रमणकारीहरूले तारो बनाए ।

ट्रम्पको अभियानका कतिपय सञ्चार प्रविधिहरूमा इरानी ह्याकरहरूले प्रवेश पाएको चर्चासँगै धनाढ्यहरू इलन मस्क, जेफ बेजस, मार्क जकरबर्ग, टिम कुक लगायतलाई पनि साइबर आक्रमणकारीले हमला गरे । योसँगै अमेरिकी सरकारले साइबर अपराधविरुद्ध आक्रामक कदम चालिरहेको छ । बाइडेन प्रशासनले राष्ट्रिय सुरक्षा मजबुत पार्न व्यापक साइबर सुरक्षा रणनीति अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम