मुख्य समाचार
फेवातालमा ड्रागन बोट फेस्टिभल : उपाधि चीनलाई, नेपाल उपाधिविहीन
फेवातालमा ड्रागन बोट फेस्टिभल : उपाधि चीनलाई, नेपाल उपाधिविहीन

— पोखरा फेवातालमा सम्पन्न दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलको उपाधि चीनले हात पारेको छ । दुई विधामा भएको फेस्टिभलमा नेपाल उपाधिविहीन बन्यो । सोमबार भएको फाइनलमा नेपाललाई हराउँदै चीनले उपाधि जितेको हो ।




फेवातालमा २ सय र ५ सय मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लब टिमले दोहोरो उपाधि जितेको हो । दोहोरो उपाधिसँगै यसले नगद १० हजार डलर हात पारेको छ । डोङग्वान लाओयू क्लबले २०० मिटरको निर्धारित दूरी ४७.७२० सेकेन्डमा पार गर्दै च्याम्पियन हुँदा ५०० मिटरतर्फ २ मिनेट ०४.४७ सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बनेको हो ।


त्यस्तै २०० मिटरतर्फ एक सेकेन्डले पछि रहेको चीनकै युनान मिन्जु युनिभर्सिटी टिम दोस्रो भएको छ । सो टिमले ४८.२२० सेकेन्डमा दूरी पार गर्न सफल भयो भने चीनकै लिआओचिङ युनिभर्सिटी टिम ५०:८३० सेकेन्डमा दूरी पार गर्दै तेस्रो भएको छ ।

सोही प्रतिस्पर्धामा युनान प्रान्तको नर्मल विश्वविद्यालय ५१.१६० सेकेन्डको समय निकाल्दै चौथो स्थान प्राप्त गरेको छ । ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो बनेको छ । उसले निर्धारित दूरी २ मिनेट ७.३४ सेकेन्डमा पूरा गरेको थियो । प्रतियोगितामा युहान युनिभर्सिटी टिम तेस्रो भएको छ । उक्त टिमले निर्धारित दूरी पार गर्न २ मिनेट ८.४४ सेकेन्ड समय लगाएको थियो ।
प्रतियोगितामा पाँच सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीय भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । अन्य सहभागी टिमलाई भने जनही नगद ५ सय डलर प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए ।

प्रतियोगितामा चीनको ८, सिंगापुरको एक र नेपालबाट गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता थियो । पोखरामात्र नभई नेपालमा नै पर्यटन प्रवर्द्धनसँगै चिनियाँ पर्यटक भित्र्याउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।

प्रतियोगिताका लागि चीनबाट आठ वटा ड्रागन बोट पोखरा ल्याइएको थियो । ड्रागन बोट रेसमा सहभागी हुने चिनियाँ टोलीलाई लिएर न्यारोबडी जहाज बिहीबार पोखरा आएको थियो । यसअघि २०८० असारमा पहिलो पटक अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभल सञ्चालन गरिएको थियो । पहिलो संस्करणमा पनि आठ वटा बोट चीन सरकारले नै सहयोग गरेको थियो । ती बोट अहिले फेवातालमा नै प्रयोगविहीन अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...