मुख्य समाचार
फेवातालमा ड्रागन बोट फेस्टिभल : उपाधि चीनलाई, नेपाल उपाधिविहीन
फेवातालमा ड्रागन बोट फेस्टिभल : उपाधि चीनलाई, नेपाल उपाधिविहीन

— पोखरा फेवातालमा सम्पन्न दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलको उपाधि चीनले हात पारेको छ । दुई विधामा भएको फेस्टिभलमा नेपाल उपाधिविहीन बन्यो । सोमबार भएको फाइनलमा नेपाललाई हराउँदै चीनले उपाधि जितेको हो ।




फेवातालमा २ सय र ५ सय मिटर फाइनल रेसमा चीनको डोङग्वान लाओयू क्लब टिमले दोहोरो उपाधि जितेको हो । दोहोरो उपाधिसँगै यसले नगद १० हजार डलर हात पारेको छ । डोङग्वान लाओयू क्लबले २०० मिटरको निर्धारित दूरी ४७.७२० सेकेन्डमा पार गर्दै च्याम्पियन हुँदा ५०० मिटरतर्फ २ मिनेट ०४.४७ सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बनेको हो ।


त्यस्तै २०० मिटरतर्फ एक सेकेन्डले पछि रहेको चीनकै युनान मिन्जु युनिभर्सिटी टिम दोस्रो भएको छ । सो टिमले ४८.२२० सेकेन्डमा दूरी पार गर्न सफल भयो भने चीनकै लिआओचिङ युनिभर्सिटी टिम ५०:८३० सेकेन्डमा दूरी पार गर्दै तेस्रो भएको छ ।

सोही प्रतिस्पर्धामा युनान प्रान्तको नर्मल विश्वविद्यालय ५१.१६० सेकेन्डको समय निकाल्दै चौथो स्थान प्राप्त गरेको छ । ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी छिम दोस्रो बनेको छ । उसले निर्धारित दूरी २ मिनेट ७.३४ सेकेन्डमा पूरा गरेको थियो । प्रतियोगितामा युहान युनिभर्सिटी टिम तेस्रो भएको छ । उक्त टिमले निर्धारित दूरी पार गर्न २ मिनेट ८.४४ सेकेन्ड समय लगाएको थियो ।
प्रतियोगितामा पाँच सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीय भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । अन्य सहभागी टिमलाई भने जनही नगद ५ सय डलर प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल, चीन र सिङ्गापुरका २० टोली सहभागी थिए ।

प्रतियोगितामा चीनको ८, सिंगापुरको एक र नेपालबाट गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्‍याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता थियो । पोखरामात्र नभई नेपालमा नै पर्यटन प्रवर्द्धनसँगै चिनियाँ पर्यटक भित्र्याउन यस्ता प्रतियोगिताले सहयोग पुग्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।

प्रतियोगिताका लागि चीनबाट आठ वटा ड्रागन बोट पोखरा ल्याइएको थियो । ड्रागन बोट रेसमा सहभागी हुने चिनियाँ टोलीलाई लिएर न्यारोबडी जहाज बिहीबार पोखरा आएको थियो । यसअघि २०८० असारमा पहिलो पटक अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभल सञ्चालन गरिएको थियो । पहिलो संस्करणमा पनि आठ वटा बोट चीन सरकारले नै सहयोग गरेको थियो । ती बोट अहिले फेवातालमा नै प्रयोगविहीन अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...