मुख्य समाचार
साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि
साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि

— साउदी अरबबाट फर्केका अर्को एक नेपालीमा मंकीपक्स (एमपक्स) पुष्टि भएको छ । एमपक्सको आशंका भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको पीसीआर जाँचमा ४४ वर्षीय ती पुरुषमा एमपक्स पुष्टि भएको जनस्वास्थ्य प्रयोगशाला स्रोतको भनाइ छ ।


एमपक्स पुष्टि भएपछि ती पुरूषलाई सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरू गरिएको छ । यसअघि पनि साउदैबाट फर्किएका एक जनामा एमपक्स देखिएको थियो । टेकुमै उपचाररत उनको स्वास्थ्य अवस्था सुधार भएको छ ।


केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । नेपालमा एमपक्स देखिएको यो तेस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
टाउको नखोली मस्तिष्क रक्तस्रावको उपचार न्युरो इन्टरभेन्सनबाट नेपालमै सम्भव छ
दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाए शतक
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि धनकुटा र ओखलढुंगामा भएको निर्वाचन केन्द्रले बदर
एरिक भ्याली र क्याराभान फिल्मबारे १० तथ्य
अर्थतन्त्रको सबलीकरण र सुशासन