मुख्य समाचार
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई ५-० ले पराजित
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई ५-० ले पराजित

— आक्रामक लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार वेस्ट ह्यामलाई ५-० ले पराजित गरेको छ र लिग तालिकाको शीर्षमा आफ्नो अग्रतालाई आठ अंक बनाएको छ । खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर सिटीले भने फेरि संघर्षपूर्ण जित हात पार्औयो । सिटीले रेलिगेसन बच्न संघर्षर लेस्टर सिटीलाई २-० ले हराएको हो ।

यस्तै, लगातार पाँचौं जित निकाल्दै नटिङघम फरेस्ट अंक दोस्रो स्थानमा उक्लिन सफल रह्यो । उसले एभरटनलाई २-० ले हरायो । टोटनहमले भने उल्भ्ससँग २-२ को बराबरी खेल्यो । पूरा दिनको सबैभन्दा ठूलो विजेता भने लिभरपुल नै रह्यो । कीर्तिमान २० औं लिग उपाधि जित्ने क्रममा रहेको आर्ने स्लटका लिभरपुललाई अहिले तत्काल रोक्न नसकिने देखिएको छ ।

उसले सबै प्रतियोगिता गरेर २७ खेलमा २३ औं जित आत्मसात् गरेको छ । वेस्ट ह्यामविरुद्ध लुइस डियाजले लिभरपुलका लागि पहिलो गोल गरेपछि कोडी गाक्पो, मोहमद सलाह, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र डिएगो जोटाले गोल थपे । यसैक्रममा इजिप्टका सलाहले भने यस सिजनको आफ्नो २० औं गोल पूरा गरेका छन् ।

‘आजको खेलबाट खुबै मज्जा आयो, किनभने सधैं यस्तो जित सम्भव हुन्न,’ स्लटले जितपछि भने । दिनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले अक्टोबरको अन्त्ययता पहिलो जित निकालेको हो । पछिल्लो दुई महिनाका १३ खेलमा पेप ग्वार्डिओलाको सिटी नौ पल्ट पराजित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...