मुख्य समाचार
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई ५-० ले पराजित
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई ५-० ले पराजित

— आक्रामक लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आइतबार वेस्ट ह्यामलाई ५-० ले पराजित गरेको छ र लिग तालिकाको शीर्षमा आफ्नो अग्रतालाई आठ अंक बनाएको छ । खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर सिटीले भने फेरि संघर्षपूर्ण जित हात पार्औयो । सिटीले रेलिगेसन बच्न संघर्षर लेस्टर सिटीलाई २-० ले हराएको हो ।

यस्तै, लगातार पाँचौं जित निकाल्दै नटिङघम फरेस्ट अंक दोस्रो स्थानमा उक्लिन सफल रह्यो । उसले एभरटनलाई २-० ले हरायो । टोटनहमले भने उल्भ्ससँग २-२ को बराबरी खेल्यो । पूरा दिनको सबैभन्दा ठूलो विजेता भने लिभरपुल नै रह्यो । कीर्तिमान २० औं लिग उपाधि जित्ने क्रममा रहेको आर्ने स्लटका लिभरपुललाई अहिले तत्काल रोक्न नसकिने देखिएको छ ।

उसले सबै प्रतियोगिता गरेर २७ खेलमा २३ औं जित आत्मसात् गरेको छ । वेस्ट ह्यामविरुद्ध लुइस डियाजले लिभरपुलका लागि पहिलो गोल गरेपछि कोडी गाक्पो, मोहमद सलाह, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र डिएगो जोटाले गोल थपे । यसैक्रममा इजिप्टका सलाहले भने यस सिजनको आफ्नो २० औं गोल पूरा गरेका छन् ।

‘आजको खेलबाट खुबै मज्जा आयो, किनभने सधैं यस्तो जित सम्भव हुन्न,’ स्लटले जितपछि भने । दिनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन सिटीले अक्टोबरको अन्त्ययता पहिलो जित निकालेको हो । पछिल्लो दुई महिनाका १३ खेलमा पेप ग्वार्डिओलाको सिटी नौ पल्ट पराजित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...