मुख्य समाचार
दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा
दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा

— बलरहरू कागिसो रबाडा र मार्को जानसेन ब्याटबाट नायक सावित भएपछि दक्षिण अफ्रिकाले आइतबार पहिलो टेस्टको चौथो दिन पाकिस्तानमाथि दुई विकेटको सनसनीपूर्ण नाटकीय जित निकालेको छ ।





जितका लागि १ सय ४८ रन पछ्याइरहेको दक्षिण अफ्रिका एक समय आठ विकेट गुमाएर ९९ रनको खराब स्थितिमा थियो ।

पाकिस्तानका लागि ३४ वर्षीय मोहम्मद अब्बासले घातक बलिङ गरे र ५४ रनमा ६ विकेट लिएपछि दक्षिण अफ्रिका पराजयको नजिक पुगेको थियो । तर बलरका रूपमा आफ्नो टिमका लागि जित रच्दै आएका रबाडा यसपल्ट ब्याटरका रूपमा पेस भए र उनले २६ बलमा अविजित ३१ रन बनाए ।

मैदानमा चारैतर्फ प्रहार गरेको रबाडालाई जानसेनले उत्तिकै बलियो साथ दिए । जानसेन १६ रनमा अविजित रहे । यी दुईले नवौं विकेटमा ५१ रनको अविजित साझेदारी गरी दक्षिण अफ्रिकालाई रोमाञ्च र सनसनीपूर्ण विजय दिलाएका हुन् ।

अब्बासले लगातार १९.३ ओभर बलिङ गरे । अघिल्लो दिन पनि दुई विकेट लिएका अब्बासले बलरलाई सहयोग गरिरहेको पिचको भरपुर फाइदा लिए र अचुक बलिङ गरे । व्यक्तिगत रूपमा उनको यो पाकिस्तानी टिममा अपत्यारिलो पुनरागमन पनि रह्यो ।




उनले यसअघि अन्तिम पटक सन् २०२१ मा वेस्ट इन्डिजविरुद्ध किङ्सटनमा टेस्ट खेलेका थिए । तर उनको यो बहादुरीपूर्ण प्रदर्शन पनि पाकिस्तानका लागि पर्याप्त रहेन ।

पाकिस्तान १८ वर्षयता दक्षिण अफ्रिकामा पहिलो जितका लागि संघर्षरत रहेको छ र यो क्रम फेरि एकपल्ट कायम रह्यो । यो जितको अर्थ दक्षिण अफ्रिकामा भने विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि छनोट भएको छ । यो खेल अर्को वर्ष जुनमा इंग्ल्यान्डमा हुनेछ । दक्षिण अफ्रिकाको यस विजयले अब अस्ट्रेलिया र भारतमध्ये एक मात्र फाइनल पुग्ने पनि निश्चित भएको छ ।

दिनको सुरुमा एडेन मारक्रम र टेम्बा बभुमाले ठोस ब्याटिङ गरे । दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर २७ रनबाट अगाडि खेल्न सुरु गरेको थियो । उनीहरूले चौथो विकेटका लागि ४३ रनको साझेदारी गरे । पहिलो इनिङ्समा ८९ रन जोडेका मारक्रम ३७ रन बनाएर अब्बासकै बलमा बोल्ड भए । धेरै कम उचाइ लिएर आएको त्यो बल कुनै पनि अर्थमा खेल्न सकिने खालको थिएन । कप्तान बभुमा पनि ४० रन बनाएपछि अब्बासको बलमा विकेट पछाडि समातिए ।

त्यस अगाडि बभुमाले डेविड बेडिङ्घमसँग ३४ रनको साझेदारी गरे । अल्ट्रा एजको प्रविधिले बभुमा आउट नभएको देखाएको थियो । बलले उनको ट्राउजरको खल्ती मात्र छोडेर गएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले १२ बलमा तीन रन मात्र बनाउन सक्यो र चार विकेट गुमायो । नसिम साहले केली भेरयनेलाई आउट गरे । अब्बासले बेडिङ्घम र कोरबिन बोचको पनि विकेट लिए । त्यति बेला पाकिस्तानको जित सम्भव देखिएको थियो ।

रबाडा र जानसेनले लञ्चसम्म दक्षिण अफ्रिकालाई आठ विकेट गुमाएर १ सय १६ रनको स्थितिसम्म पुर्‍याएको थियो । मारक्रम ‘प्लेयर अफ द म्याच’ रहे र उनले भने, ‘अहिले हामीले निकै राहत महसुस गरिरहेका छौं । खेल आफैंमा तनावपूर्ण रह्यो । दक्षिण अफ्रिकी क्रिकेटका लागि विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्नु आफैंमा ठूलो उपलब्धि हो । त्यसैले हामी भावनात्मक पनि भएका छौं ।’ उनले पहिलो इनिङ्समा बहुमूल्य ८९ रन बनाएका थिए ।

दक्षिण अफ्रिकी कप्तान बभुमाले पनि आफू जितपछि भावपूर्ण बनेको प्रतिक्रिया दिए । उनले भने, ‘यो खेल टेस्ट क्रिकेटका लागि राम्रो विज्ञापन हो । यही खेललाई जित्न पाएकामा हामी सबै खुसी छौं । पूरा खेलमा धेरै उतारचढाव आए । तर अन्त्यमा जित हाम्रै रह्यो ।’

उनले आफू आउट भएको थिएँ अथवा थिइनँ भन्नेमा दुविधा भएको पनि बताए । उनका समकक्षी पाकिस्तानी कप्तान सान मसुदले भने हारका बाबजुद आफ्नो टिमको प्रदर्शनमा गर्व रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...