मुख्य समाचार
दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा
दक्षिण अफ्रिका टेस्ट च्याम्पियनसिपको फाइनलमा

— बलरहरू कागिसो रबाडा र मार्को जानसेन ब्याटबाट नायक सावित भएपछि दक्षिण अफ्रिकाले आइतबार पहिलो टेस्टको चौथो दिन पाकिस्तानमाथि दुई विकेटको सनसनीपूर्ण नाटकीय जित निकालेको छ ।





जितका लागि १ सय ४८ रन पछ्याइरहेको दक्षिण अफ्रिका एक समय आठ विकेट गुमाएर ९९ रनको खराब स्थितिमा थियो ।

पाकिस्तानका लागि ३४ वर्षीय मोहम्मद अब्बासले घातक बलिङ गरे र ५४ रनमा ६ विकेट लिएपछि दक्षिण अफ्रिका पराजयको नजिक पुगेको थियो । तर बलरका रूपमा आफ्नो टिमका लागि जित रच्दै आएका रबाडा यसपल्ट ब्याटरका रूपमा पेस भए र उनले २६ बलमा अविजित ३१ रन बनाए ।

मैदानमा चारैतर्फ प्रहार गरेको रबाडालाई जानसेनले उत्तिकै बलियो साथ दिए । जानसेन १६ रनमा अविजित रहे । यी दुईले नवौं विकेटमा ५१ रनको अविजित साझेदारी गरी दक्षिण अफ्रिकालाई रोमाञ्च र सनसनीपूर्ण विजय दिलाएका हुन् ।

अब्बासले लगातार १९.३ ओभर बलिङ गरे । अघिल्लो दिन पनि दुई विकेट लिएका अब्बासले बलरलाई सहयोग गरिरहेको पिचको भरपुर फाइदा लिए र अचुक बलिङ गरे । व्यक्तिगत रूपमा उनको यो पाकिस्तानी टिममा अपत्यारिलो पुनरागमन पनि रह्यो ।




उनले यसअघि अन्तिम पटक सन् २०२१ मा वेस्ट इन्डिजविरुद्ध किङ्सटनमा टेस्ट खेलेका थिए । तर उनको यो बहादुरीपूर्ण प्रदर्शन पनि पाकिस्तानका लागि पर्याप्त रहेन ।

पाकिस्तान १८ वर्षयता दक्षिण अफ्रिकामा पहिलो जितका लागि संघर्षरत रहेको छ र यो क्रम फेरि एकपल्ट कायम रह्यो । यो जितको अर्थ दक्षिण अफ्रिकामा भने विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि छनोट भएको छ । यो खेल अर्को वर्ष जुनमा इंग्ल्यान्डमा हुनेछ । दक्षिण अफ्रिकाको यस विजयले अब अस्ट्रेलिया र भारतमध्ये एक मात्र फाइनल पुग्ने पनि निश्चित भएको छ ।

दिनको सुरुमा एडेन मारक्रम र टेम्बा बभुमाले ठोस ब्याटिङ गरे । दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर २७ रनबाट अगाडि खेल्न सुरु गरेको थियो । उनीहरूले चौथो विकेटका लागि ४३ रनको साझेदारी गरे । पहिलो इनिङ्समा ८९ रन जोडेका मारक्रम ३७ रन बनाएर अब्बासकै बलमा बोल्ड भए । धेरै कम उचाइ लिएर आएको त्यो बल कुनै पनि अर्थमा खेल्न सकिने खालको थिएन । कप्तान बभुमा पनि ४० रन बनाएपछि अब्बासको बलमा विकेट पछाडि समातिए ।

त्यस अगाडि बभुमाले डेविड बेडिङ्घमसँग ३४ रनको साझेदारी गरे । अल्ट्रा एजको प्रविधिले बभुमा आउट नभएको देखाएको थियो । बलले उनको ट्राउजरको खल्ती मात्र छोडेर गएको थियो । त्यसपछि दक्षिण अफ्रिकाले १२ बलमा तीन रन मात्र बनाउन सक्यो र चार विकेट गुमायो । नसिम साहले केली भेरयनेलाई आउट गरे । अब्बासले बेडिङ्घम र कोरबिन बोचको पनि विकेट लिए । त्यति बेला पाकिस्तानको जित सम्भव देखिएको थियो ।

रबाडा र जानसेनले लञ्चसम्म दक्षिण अफ्रिकालाई आठ विकेट गुमाएर १ सय १६ रनको स्थितिसम्म पुर्‍याएको थियो । मारक्रम ‘प्लेयर अफ द म्याच’ रहे र उनले भने, ‘अहिले हामीले निकै राहत महसुस गरिरहेका छौं । खेल आफैंमा तनावपूर्ण रह्यो । दक्षिण अफ्रिकी क्रिकेटका लागि विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्नु आफैंमा ठूलो उपलब्धि हो । त्यसैले हामी भावनात्मक पनि भएका छौं ।’ उनले पहिलो इनिङ्समा बहुमूल्य ८९ रन बनाएका थिए ।

दक्षिण अफ्रिकी कप्तान बभुमाले पनि आफू जितपछि भावपूर्ण बनेको प्रतिक्रिया दिए । उनले भने, ‘यो खेल टेस्ट क्रिकेटका लागि राम्रो विज्ञापन हो । यही खेललाई जित्न पाएकामा हामी सबै खुसी छौं । पूरा खेलमा धेरै उतारचढाव आए । तर अन्त्यमा जित हाम्रै रह्यो ।’

उनले आफू आउट भएको थिएँ अथवा थिइनँ भन्नेमा दुविधा भएको पनि बताए । उनका समकक्षी पाकिस्तानी कप्तान सान मसुदले भने हारका बाबजुद आफ्नो टिमको प्रदर्शनमा गर्व रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...