मुख्य समाचार
एनओसीको निर्वाचनमा सहभागी खेलकुद संघहरूलाई कारबाही गर्ने मन्त्री चौधरीको चेतावनी
एनओसीको निर्वाचनमा सहभागी खेलकुद संघहरूलाई कारबाही गर्ने मन्त्री चौधरीको चेतावनी

— युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएका खेलकुद संघहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्रालयको निर्देशन नमान्नेहरूलाई कारबाही गर्ने मन्त्री चौधरीले घोषणा गरेका हुन् ।


कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन केन्द्रीय निर्देशन समितिले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले कानुन नमान्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्लेसमेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको भन्दै मन्त्री चौधरी आक्रोशित बनेका हुन् ।


अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित गर्न पत्राचार गरे पनि कमिटीले त्यसलाई अटेर गरेको पनि चौधरीले बताए । ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्रचार गरेपनि नमानेको भन्दै स्पष्टीकरण पठाइएको मन्त्री चौधरीले जानकारी दिए ।

'हामी कांग्रेसभित्र कस्तो व्यक्ति खेलकुदमा पठाउनुभएको छ, थाहा छैन, कस्तो व्यक्तिहरू महासमितिको सदस्य बन्छ, महाधिवेशन प्रतिनिधि बन्छ, त्यो हामीलाई थाहा भएन । कुन नेताको पकेटबाट को आउँछ, कुन नेताको पकेटबाट के आउँछ, त्यो कुरा मलाई थाहा भएन,' मन्त्री चौधरीले भने, 'अहिले भर्खर पुनरावेदन अदालतको र सर्वोच्च अदालतको विषयमा व्यापक रुपमा कुरा उठिरहेको छ । मन्त्रालय भन्दा ठूलो राष्ट्रिय खेलकुद परिषद्, अधिकार र कर्तव्यमा, त्यो भन्दा पनि ठूलो अहिले खेलकुद संघहरू हुन् । हामीले लगतार एक हप्तादेखि सर्वोच्च अदालतको फैसला पुनरावेदनको फैसला आइसकेपछि ओलम्पिक कमिटीको विषयमा व्यापक रुपमा खेलकुद मन्त्रालय र खेलकुद विभागबाट व्यापक रुपमा छलफल गरेर अघि बढ्यौँ तर सोचेअनुसारको नतिजा ल्याउन सकेनौं । किनभने हामी खेलकुद मन्त्रालय चिठी दिने हो, परिपत्र, निर्देशन दिने हो । हामीले खेलकुद परिषद्मा दिने हो । हामी सर्वोच्च र पुनरावेदनबाट प्राप्त पत्र परिषद्मा पठायौँ ।'

नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी हुने २७ वटा संघलाई कारबाही गर्ने चेतावनी मन्त्री चौधरीले दिएका छन् । कारबाही प्रक्रिया सुरु भइसकेको पनि उनको भनाइ छ । 'हामीले यसमा तपाईंहरू सहभागी नभइदिनुस्, तपाईंहरूको खातासमेत रोक्ने प्रक्रिया हुनसक्छ, धेरै कारबाही हुनसक्छ भनेर हामीले धेरै पत्र पठायौँ । तर उहाँहरूले सुन्नुभएन । त्यो नसुनेपछि हामीले स्पष्टीकरण पठाएका छौँ । सायद केही दिनमा स्पष्टीकरणको जवाफ आउनेछ । केही दिनभित्र खेलकुद संघलाई कारबाही अघि जान्छ,' मन्त्री चौधरीले भने, 'खेलकुद संघलाई कारबाही अघि बढाउने कोसिस गरिरहेको छु । चाहे त्यो जेसुकै अवस्था आओस् । जसले नेपालको नियम नमान्ने, नेपालको कानुन नमान्ने, खेलकुद ऐन नमान्ने व्यक्तिहरू खेलकुद संघमा बस्न उपयुक्त हुँदैन । त्यसकारण म आग्रह गर्न चाहन्छु, त्यस्तो व्यक्तिलाई कांग्रेसको हरेक पाइलामा ठाउँ नदिन आग्रह गर्दछु । तपाईंहरू नै त्यस्तो व्यक्तिलाई ठाउँ दिनुहुन्छ भने नेपाली खेलकुद अघि बढ्न सक्दैन ।’

मन्त्री चौधरीले खेलकुद क्षेत्रको बजेट बढाउन आवश्यक रहेको बताए । नीतिअनुसार स्पष्ट बजेट आउन नसकेको गुनासो उनको थियो । विद्यालय स्तरमा बजेट सबैभन्दा बढी हुनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...