मुख्य समाचार
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

: अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ। अमेरिकाको ३९ औं राष्ट्रपति बनेका कार्टरको १०० वर्षको उमेरमा जर्जियास्थित आफ्नै घरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


‘मेलानोमा’ नामक रोग (छालाको क्यान्सर)बाट ग्रसित रहेका उनले सन् २०२३ मा रोगको उपचार नगर्ने निर्णय गरेका थिए।

सामान्य किसान रहेका उनी अमेरिकी नेवीको लेफ्टिनेन्ट, जर्जियाको गभर्नर रूपमासमेत काम गरेका थिए। रिपब्लिकन पार्टीका अध्यक्ष जेराल्ड फोर्डलाई पराजित गर्दा उनी राष्ट्रपति बन्न सफल भएका थिए।


सन् १९२४ को अक्टोबर १ मा जन्मिएका कार्टर सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। १०० वर्षको उमेरसम्म पुग्ने उनी पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन्। राष्ट्रपतिको पदावधि सकिएपछि उनले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत मानवीय काम सञ्चालन गरेका थिए। कार्टरको राजनीतिक जीवन, मानवीय योगदान र व्यक्तिगत जीवन अमेरिकी इतिहासको महत्वपूर्ण अध्यायका रूपमा स्मरण गरिनेछ।

कार्टरले मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले सन् २००२ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए। कार्टर निर्वाचन पर्यवेक्षण लगायत विभिन्न उद्देश्यले नेपाल भ्रमणमा पनि आएका थिए। भ्रमणमा आउँदा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, नेपाली जनताको माया र आतिथ्यप्रति प्रशंसा गर्ने गरेका थिए। नेपालको शान्ति प्रक्रियामासमेत कार्टरको योगदान रहेको छ।

उनको निधनप्रति अमेरिकी राष्ट्रपति जो बाइडन, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत विश्वका नेताहरूले दुःख व्यक्त गरेका छन्। बाइडनले कार्टरलाई ‘अर्थपूर्ण र उद्देश्यपूर्ण जीवनको प्रतिमूर्ति’ भनेका छन्।

यता नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरप्रति आभार व्यक्त गर्दै उनीप्रति अमेरिकीहरूको ‘ऋणी’ रहेको बताएका छन्। कार्टरको सम्मानमा राजकीय अन्त्येष्टिको तयारी भइरहेको छ। उनकी जीवन संगिनी रोसलिन कार्टरको नोभेम्बर २०२३ मा ९६ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम