मुख्य समाचार
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

: अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ। अमेरिकाको ३९ औं राष्ट्रपति बनेका कार्टरको १०० वर्षको उमेरमा जर्जियास्थित आफ्नै घरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


‘मेलानोमा’ नामक रोग (छालाको क्यान्सर)बाट ग्रसित रहेका उनले सन् २०२३ मा रोगको उपचार नगर्ने निर्णय गरेका थिए।

सामान्य किसान रहेका उनी अमेरिकी नेवीको लेफ्टिनेन्ट, जर्जियाको गभर्नर रूपमासमेत काम गरेका थिए। रिपब्लिकन पार्टीका अध्यक्ष जेराल्ड फोर्डलाई पराजित गर्दा उनी राष्ट्रपति बन्न सफल भएका थिए।


सन् १९२४ को अक्टोबर १ मा जन्मिएका कार्टर सन् १९७७ देखि सन् १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। १०० वर्षको उमेरसम्म पुग्ने उनी पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन्। राष्ट्रपतिको पदावधि सकिएपछि उनले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत मानवीय काम सञ्चालन गरेका थिए। कार्टरको राजनीतिक जीवन, मानवीय योगदान र व्यक्तिगत जीवन अमेरिकी इतिहासको महत्वपूर्ण अध्यायका रूपमा स्मरण गरिनेछ।

कार्टरले मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले सन् २००२ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए। कार्टर निर्वाचन पर्यवेक्षण लगायत विभिन्न उद्देश्यले नेपाल भ्रमणमा पनि आएका थिए। भ्रमणमा आउँदा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, नेपाली जनताको माया र आतिथ्यप्रति प्रशंसा गर्ने गरेका थिए। नेपालको शान्ति प्रक्रियामासमेत कार्टरको योगदान रहेको छ।

उनको निधनप्रति अमेरिकी राष्ट्रपति जो बाइडन, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत विश्वका नेताहरूले दुःख व्यक्त गरेका छन्। बाइडनले कार्टरलाई ‘अर्थपूर्ण र उद्देश्यपूर्ण जीवनको प्रतिमूर्ति’ भनेका छन्।

यता नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरप्रति आभार व्यक्त गर्दै उनीप्रति अमेरिकीहरूको ‘ऋणी’ रहेको बताएका छन्। कार्टरको सम्मानमा राजकीय अन्त्येष्टिको तयारी भइरहेको छ। उनकी जीवन संगिनी रोसलिन कार्टरको नोभेम्बर २०२३ मा ९६ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम