मुख्य समाचार
अष्ट्रियाको ग्राज सहरमा बस्ने उक्त दम्पतीले दाम्पत्य जिवनको ४३ वर्षभित्र १२ पटक कानूनी डिभोर्स
अष्ट्रियाको ग्राज सहरमा बस्ने उक्त दम्पतीले दाम्पत्य जिवनको ४३ वर्षभित्र १२ पटक कानूनी डिभोर्स

सम्बन्ध विच्छेद गर्ने दम्पतीलाई सरकारले दिने रकमको लोभमा एउटा दम्पतीले एक आपसमा १२ पटक सम्बन्ध विच्छेद गरेका छन् ।

अष्ट्रियाको ग्राज सहरमा बस्ने उक्त दम्पतीले दाम्पत्य जिवनको ४३ वर्षभित्र १२ पटक कानूनी डिभोर्स गरेका हुन् ।




भियना प्रहरीले अहिले यो अनौठो घटनाको अनुसन्धान गरिरहेको छ । विधवा महिलालाई सरकारी दिने जिवन निर्वाह भत्ता अर्थात् एकल महिला पेन्सन बापतको वार्षिक करिब ३० हजार युरो पाउनका लागि उक्त दम्पतीले एक आपसमा श्रृंखलाबद्ध डिभोर्स गरेको हो ।

पहिलो पतिको सन् १९८१ मा मृत्यु भएपछि ती महिलाले उक्त भत्ता पाउन थालेकी थिइन् । पहिलो पतिको मृत्यु भएको अर्को वर्ष नै दोस्रो बिहे गरेता पनि विधवाको रुपमा पाउने पेन्सलाई खाइराख्नका लागि उनले त्यसयता लगालग दोस्रो पतिसँग १२ पटक डिभोर्स गरेकी छन् ।



अष्ट्रियन कानून अनुसार विधवा महिलाले दोस्रो बिहे नगरेसम्म उक्त जिवन निर्वाह भत्ता प्रयोग गर्न पाउँछिन् । साथै उनले हरेक अढाई वर्षमा आफ्नो वार्षिक विधवा पेन्सनको साढे दुईगुणा रकम पाउने गर्थिन् । त्यसले उनको दोस्रो पतिसँग उनले प्रत्येक तीन वर्षमा कागजी डिभोर्स गर्ने गरेको खुलासा भएको छ । उक्त पेन्सन रकम हात पारेपछि भने उनीहरुले पुनः बिहे गर्थे।

तर, उक्त ठग दम्पतीको ठगी धन्दा सन् २०२२ को मे महिनामा मात्रै चर्चामा आयो । आफ्नो दोस्रो पतिसँग १२ पटक डिभोर्स गरेकी ती महिलालाई पेन्सन विमान संस्थानले विधवा पेन्सन दिन अस्वीकार गरेपछि यो विषय सार्वजनिक भएको हो ।

त्यसपछि गरिएको अनुसन्धानले उक्त दम्पतीले पेन्सन लिनका लागि हरेक पटक डिभोर्स गर्ने र हरेक ३ वर्षमा बिहे गर्ने गरेको देखाएको छ ।

अनुसन्धान अनुसार उक्त दम्पती ग्राज सहरमा एउटै घरभित्र वर्षौंदेखि सँगै बस्ने, सँगै खाने तथा सँगै सुत्ने गरेका छन् ।छिमेकीहरुलाई उनीहरुले डिभोर्स गर्ने र पुनः बिहे गर्ने गरेको थाहै थिएन । वास्तवमा छिमेकीहरुले उनीहरुलाई कहिल्यै नछुट्टिने नमुना जोडीको रुपमा लिन्थे ।

एक दम्पतीले चार दशकसम्म कानूनी लूपहोलको दुरुपयोग गरेको यो घटनासँगै अष्ट्रिया सरकारलाई एकल महिलाको निर्वाह भत्ता सम्बन्धी कानूनी छिद्र टाल्न प्रेरित गरेको छ ।

गत मार्च महिनामा अष्ट्रियाको सर्वोच्च अदालतले गरेको फैसलामा भनिएको छः वास्तविकतामा नछुट्टिइकनै केवल विधवा पेन्सनमा दाबी गर्नकै लागि एउटै दम्पतीले पटक-पटक बिहे गर्ने र लगत्तै डिभोर्स गर्नु भनेको कानूनको दुरुपयोग हो ।

उक्त दम्पतीमाथि अहिले ठगीको मुद्दा चलिरहेको छ । अभियोजनकर्ताका अनुसार हालसम्म उक्त कानूनी छिद्रको दुरुपयोग गर्दै ३ लाख २६ हार युरो दम्पच पारिसकेका छन् ।

खुसीको कुरा, उनीहरुको १२औं डिभोर्स चाहिं अष्ट्रियाको सरकारी निकायले मान्यता दिएन । त्यसैले उनीहरु दुवै जनालाई सँगै उक्त मुद्दा चल्नेछ। महिलाको उमेर अहिले ७३ वर्षको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम