मुख्य समाचार
अष्ट्रियाको ग्राज सहरमा बस्ने उक्त दम्पतीले दाम्पत्य जिवनको ४३ वर्षभित्र १२ पटक कानूनी डिभोर्स
अष्ट्रियाको ग्राज सहरमा बस्ने उक्त दम्पतीले दाम्पत्य जिवनको ४३ वर्षभित्र १२ पटक कानूनी डिभोर्स

सम्बन्ध विच्छेद गर्ने दम्पतीलाई सरकारले दिने रकमको लोभमा एउटा दम्पतीले एक आपसमा १२ पटक सम्बन्ध विच्छेद गरेका छन् ।

अष्ट्रियाको ग्राज सहरमा बस्ने उक्त दम्पतीले दाम्पत्य जिवनको ४३ वर्षभित्र १२ पटक कानूनी डिभोर्स गरेका हुन् ।




भियना प्रहरीले अहिले यो अनौठो घटनाको अनुसन्धान गरिरहेको छ । विधवा महिलालाई सरकारी दिने जिवन निर्वाह भत्ता अर्थात् एकल महिला पेन्सन बापतको वार्षिक करिब ३० हजार युरो पाउनका लागि उक्त दम्पतीले एक आपसमा श्रृंखलाबद्ध डिभोर्स गरेको हो ।

पहिलो पतिको सन् १९८१ मा मृत्यु भएपछि ती महिलाले उक्त भत्ता पाउन थालेकी थिइन् । पहिलो पतिको मृत्यु भएको अर्को वर्ष नै दोस्रो बिहे गरेता पनि विधवाको रुपमा पाउने पेन्सलाई खाइराख्नका लागि उनले त्यसयता लगालग दोस्रो पतिसँग १२ पटक डिभोर्स गरेकी छन् ।



अष्ट्रियन कानून अनुसार विधवा महिलाले दोस्रो बिहे नगरेसम्म उक्त जिवन निर्वाह भत्ता प्रयोग गर्न पाउँछिन् । साथै उनले हरेक अढाई वर्षमा आफ्नो वार्षिक विधवा पेन्सनको साढे दुईगुणा रकम पाउने गर्थिन् । त्यसले उनको दोस्रो पतिसँग उनले प्रत्येक तीन वर्षमा कागजी डिभोर्स गर्ने गरेको खुलासा भएको छ । उक्त पेन्सन रकम हात पारेपछि भने उनीहरुले पुनः बिहे गर्थे।

तर, उक्त ठग दम्पतीको ठगी धन्दा सन् २०२२ को मे महिनामा मात्रै चर्चामा आयो । आफ्नो दोस्रो पतिसँग १२ पटक डिभोर्स गरेकी ती महिलालाई पेन्सन विमान संस्थानले विधवा पेन्सन दिन अस्वीकार गरेपछि यो विषय सार्वजनिक भएको हो ।

त्यसपछि गरिएको अनुसन्धानले उक्त दम्पतीले पेन्सन लिनका लागि हरेक पटक डिभोर्स गर्ने र हरेक ३ वर्षमा बिहे गर्ने गरेको देखाएको छ ।

अनुसन्धान अनुसार उक्त दम्पती ग्राज सहरमा एउटै घरभित्र वर्षौंदेखि सँगै बस्ने, सँगै खाने तथा सँगै सुत्ने गरेका छन् ।छिमेकीहरुलाई उनीहरुले डिभोर्स गर्ने र पुनः बिहे गर्ने गरेको थाहै थिएन । वास्तवमा छिमेकीहरुले उनीहरुलाई कहिल्यै नछुट्टिने नमुना जोडीको रुपमा लिन्थे ।

एक दम्पतीले चार दशकसम्म कानूनी लूपहोलको दुरुपयोग गरेको यो घटनासँगै अष्ट्रिया सरकारलाई एकल महिलाको निर्वाह भत्ता सम्बन्धी कानूनी छिद्र टाल्न प्रेरित गरेको छ ।

गत मार्च महिनामा अष्ट्रियाको सर्वोच्च अदालतले गरेको फैसलामा भनिएको छः वास्तविकतामा नछुट्टिइकनै केवल विधवा पेन्सनमा दाबी गर्नकै लागि एउटै दम्पतीले पटक-पटक बिहे गर्ने र लगत्तै डिभोर्स गर्नु भनेको कानूनको दुरुपयोग हो ।

उक्त दम्पतीमाथि अहिले ठगीको मुद्दा चलिरहेको छ । अभियोजनकर्ताका अनुसार हालसम्म उक्त कानूनी छिद्रको दुरुपयोग गर्दै ३ लाख २६ हार युरो दम्पच पारिसकेका छन् ।

खुसीको कुरा, उनीहरुको १२औं डिभोर्स चाहिं अष्ट्रियाको सरकारी निकायले मान्यता दिएन । त्यसैले उनीहरु दुवै जनालाई सँगै उक्त मुद्दा चल्नेछ। महिलाको उमेर अहिले ७३ वर्षको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम