मुख्य समाचार
अब आफ्नै एउटा नयाँ इतिहास बनाउनुपर्छ
अब आफ्नै एउटा नयाँ इतिहास बनाउनुपर्छ

। लिभरपुलका गोलरक्षक एलिसनले अब पहिलेको टिमसँग तुलना नगरी टिमको आफ्नै एउटा नयाँ इतिहास बनाउनुपर्ने कुरामा जोड दिएका छन् । नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा लिभरपुल उत्कृष्ट लयमा रहिरहँदा एलिसनले टिमका अन्य सदस्यहरूलाई यस्तो आग्रह गरेका हुन् ।

लिभरपुल हाल प्रिमियर लिगको शीर्षस्थानमा छ । एक खेल बढी खेलेको आर्सनलभन्दा लिभरपुलको ६ अंक बढी छ। सन् २०१९-२० मा जोर्गन क्लपको प्रशिक्षणमा प्रिमियर लिगको उपाधि जित्दा पनि एलिसन लिभरपुलकै टिममा थिए । लिभरपुलले त्यतिबेला ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको थियो ।




‘त्यतिबेला टिम निकै विशेष नै थियो । हामीले ठुलो उपलब्धि हासिल गर्‍यौं, त्यो उपाधि धेरै समयपछि आएको थियो’ एलिसनले भने, ‘त्यसअघि हामीले एकसाथ मिलेर च्याम्पियन्स लिग पनि जितेका थियौं ।’

‘मलाई खेलाडीहरू देखेर खुसी लाग्छ, हामीसँग केही विशेष गर्ने क्षमता छ, सबैभन्दा महत्वपूर्ण कुरा त्यहाँ प्रतिबद्धता छ जुन कुरा जितका लागि निकै आवश्यक पनि छ’, उनले अगाडि भने ।



२०१९-२० को प्रिमियर लिग जित्दा टोलीमा रहेका खेलाडीमध्ये ९ जना अहिले पनि लिभरपुलको टोलीमा छन् जसमध्ये एलिसन पनि एक हुन् । अन्य खेलाडीमा गोलरक्षक काओमिन केलेहर, डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइक, जोसुआ गोमेज र एन्ड्रयू रोबर्टसन, मिडफिल्डर हार्वे एलियट र कर्टिस जोन्स तथा फरवार्डमा मोहम्मद सालाह छन् ।

लिभरपुलले मिडमा र फरवार्डमा केही परिवर्तन भने गरेको छ जहाँ रायन गेभेनबर्च, एलेक्सिस माकएलिस्टर, लुइस डियाज, डार्विन नुनेजजस्ता खेलाडीहरू भित्र्याएको छ । प्रशिक्षक स्लट पनि रणनीतिक रूपमा क्लपभन्दा फरक देखिएका छन् ।

एलिसनले पहिलेको भन्दा थप फेरिएको र बलियो अवस्था रहेको बताउँछन् । ‘केही खेलाडीहरू अहिले पनि खेल्छन् तर पहिलेभन्दा हाम्रो तरिका फरक छ, अहिले बल पोसेसनमा हामी अझै निखारिएका छौं । हामीमा अझै तीव्रता थपिएको छ’, उनले भनेका छन् ।

लिभरपुलले ३० वर्षको लामो पर्खाइपछि प्रिमियर लिग जितेको भएपनि त्यसपछिका चार सिजन लगातार म्यान्चेस्टर सिटीले उपाधि जितेको थियो । गत सिजन सिटीभन्दा लिभरपुल १० अंकले पछाडि थियो ।

एलिसन पहिलेको टिमसँग तुलना गर्न नहुने भन्दै अब आफ्नै नयाँ इतिहास बनाउने कुरामा जोड दिएका हुन् । ‘हामीले यो सिजन, यो समूहबाट आफ्नै एउटा इतिहास बनाउनु पर्छ’ उनले भनेका छन् ।

-बीबीसी स्पोर्ट्सको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...