मुख्य समाचार
धर्मपुत्रमाथि यौन शोषण, समलिंगी दम्पतीलाई १०० वर्षको जेल सजाय
धर्मपुत्रमाथि यौन शोषण, समलिंगी दम्पतीलाई १०० वर्षको जेल सजाय

एक समलिंगी (गे) दम्पतीलाई १०० वर्षको जेल सजाय भएको छ । अमेरिकाको जर्जियास्थित एटलान्टाको घटना हो यो । त्यहाँको वाल्टन काउन्टी जिल्ला न्यायाधिवक्ताको कार्यालयका अनुसार विलियम र जाचरी सुलक नामक गरेका उक्त समलिंगी जोडीलाई उनीहरुले पालेका आफ्ना धर्म पुत्रहरुमाथि यौन शोषण गरेको आरोपमा १०० वर्षको जेल सजाय सुनाइएको हो ।

३४ वर्षका जाचरी क बैंक अधिकृत हुन् भने ३६ वर्षीय विलियम सरकारी कर्मचारी हुन् । उनीहरुले १२ र १० वर्षका दुई बालकहरुलाई धर्मपुत्र बनाएका थिए । उनीहरुले आफ्ना ती धर्म सन्तानका तस्वीरहरू नियमित रुपमा सोसल मिडियामा राख्थे र सुखी परिवार भनेर लेख्दथे ।




उनीहरुलाई गिरफ्तार गर्ने तथा सो घटनाको अनुसन्धान गर्ने अधिकारीहरुका अनुसार उक्त गे दम्पतीले नियमित रुपमा ती धर्मपुत्रहरुलाई यौन सम्पर्क राख्न बाध्य पार्दथे र त्यसको भिडियो बनाउँथे । बालकहरु निकै नै भयानक अवस्थाबाट गुज्रिहेका थिए । उनीहरुले आफ्नै धर्मपुत्रहरुमाथि गरेको उक्त बर्बरताको खुलासा एकजना नजिकका मित्रले गरिदिएका थिए ।

उनीहरुले धर्मपुत्रहरुमाथि अप्राकृतिक मैथुन गर्ने र त्यसको भिडियो बनाएर पोर्न साइटहरुमा अपलोड गर्ने गर्दथे । जाचरी र विलियमका केही नजिकका साथीहरुले नै सो कुरा पुलिसलाई बताइदिए । उनीहरुले आफ्नै बच्चाहरुमाथि यौन शोषण गरेका भिडियो स्नापच्याटमार्फत् आफ्ना केही साथीहरुलाई शेयर गरेका रहेछन् ।



अदालतका अुनसार आपराधिक मनोवृत्तिको उक्त समलिंगी जोडीले आफ्नो घरमा वास्तवमै निकै भयावह स्थिति बनाएका थिए । उनीहरुले आफ्नो घृणित इच्छा पूरा गर्नका लागि बालकहरुमाथि अत्याचार गरे । पीडित बालकहरुले पनि अनुसन्धान अधिकारी र अदालत समक्ष आफूहरुमाथि यौन शोषण भएको बताइदिएपछि अदालतले समलिंगी दम्पतीलाई दोषी ठहर गरेको हो ।

ती अपराधीहरुले केवल आफ्ना धर्मसन्तानहरुलाई मात्र होइन सोसल मिडियामार्फत् अन्य विभिन्न बालबालिकालाई आफ्नो घरमा बोलाउने र उनीहरुका अश्लील भिडियो बनाएर सोसल मिडियामा अपलोड गर्ने गरेको खुलासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...
: पाकिस्तानले अफगानिस्तानको सिमाना भित्र रहेका तीन आतंककारी अखडाहरूमा सैन्य कारबाही गरेको दाबी गरेको छ। पाकिस्तानी अधिकारीहरूका अनुसार, सबैभन्दा पहिले खैबर पख्तुनख्वाको बाजौर जिल्लामा स्थलगत (जमीनी) अपरेशन सञ्चालन गरिएको थियो। त्यसलगत्तै सीमा पार अफगानिस्तानको भूभागमा रहेका आतंककारीका तीनवटा आश्रयस्थललाई निशाना बनाइएको हो। यस कारबाहीमा कुल २९ जना आतंककारी मारिएका छन्। पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले सामाजिक ...
: मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ। यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम