मुख्य समाचार
‘स्क्विड गेम’ ९२ देशमा ट्रेन्डिङको शीर्षस्थानमा
‘स्क्विड गेम’ ९२ देशमा ट्रेन्डिङको शीर्षस्थानमा

। नेटफ्लिक्सको बहुप्रतीक्षित सिरिज ‘स्क्विड गेम’को सिजन २ यतिबेला स्ट्रिमिङ भइरहेको छ । नेपालमा समेत यो सिरिजलाई हेर्ने दर्शकको संख्या उल्लेख्य छ ।

नेटफ्लिक्सले आधिकारिक तथ्यांक त सार्वजनिक गरिसकेको छैन । यद्यपि, प्रिमियर भएको दिन २६ डिसेम्बरदेखि यो सिरिज विश्वभर धेरै हेरिने श्रृंखला बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।




रिलिजको भएको २४ घण्टाभित्रै ९२ मुलुकमा यो श्रृंखला धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । यो सूचीमा अमेरिका, भारत, दक्षिण कोरिया, बेलायत, अस्ट्रेलिया, थाइल्याण्ड, ब्राजिल, फ्रान्स, मेक्सिको, दक्षिण अफ्रिका, अर्जेन्टिना लगायतका मुलुक छन् । न्युजिल्याण्डमा यो श्रृंखला दोस्रो स्थानमा छ ।

यो दक्षिण कोरियाली श्रृंखलाले आईएमडीबीमा १० मा ८ रेटिङ पाएको छ भने रटन टम्याटोजमा ९५ प्रतिशत रेटिङ प्राप्त गरेको छ । तीन वर्षपछि घातक खेलमा फर्किएको मुख्य पात्र सिओङ गि–हुनको कथा दोस्रो सिजनमा छ । पहिलो भागमा ऋणबाट मुक्त हुनका लागि पैसा कमाउने उद्देश्यले भाग लिएको गि–हुन दोस्रो सिजनमा भने यो घातक खेललाई रोक्ने संघर्षमा छ ।

यदि तपाईंले पहिलो भाग हेर्नुभएको छ भने दोस्रो श्रृंखला अझै रोचक हुनसक्छ । यसपटक पनि ४५६ जना खेलाडी घातक खेलको प्रतिस्पर्धामा छन् । दोस्रो सिजन कुल ७ भागको छ ।

‘स्क्विड गेम’का सिर्जनाकर्ता ह्वाङ डोङ–ह्युकका अनुसार तेस्रो सिजन पनि आउने तयारीमा छ । भेराइटी म्यागेजिनसँगको अन्तर्वार्तामा ह्युकले सम्भवतः अर्को वर्षको गर्मीयाममा तेस्रो सिजन आउनसक्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...