मुख्य समाचार
एटलान्टाले इटालीको सिरी ए मा लाजियोलाई १–१ को बराबरी
एटलान्टाले इटालीको सिरी ए मा लाजियोलाई १–१ को बराबरी

— मार्के ब्रेसिनिनीले खेलको अन्त्यतिर गोल गरेपछि एटलान्टाले इटालीको सिरी ए मा शनिबार लाजियोलाई १–१ को बराबरीमा रोकेको छ । लाजियोले फिसायो डेल–बासिरुको गोलले पहिलो हाफमा अग्रता लिएको थियो र टिम जिततर्फ अग्रसर देखिएको थियो ।




तर खेलको ८८ औं मिनेटमा ब्रेसिनिनीले बराबरी गोल गरे । यो नतिजापछि एटलान्टाको ११ खेलको लगातार जित क्रम टुटेको छ । तर टिम भने अझै अंक तालिकाको शीर्षमा छ । उसको १८ खेलबाट ४१ अंक भएको छ ।


यो दोस्रो स्थानमा रहेको इन्टर मिलानसँग एक अंकका मात्र दूरी हो । इन्टरले अर्को खेलमा कागलिरीलाई ३–० ले हरायो । डिफेन्डिङ च्याम्पियनका लागि एलेसान्ड्रो बास्टोनी, लउटारो मार्टिनेज र हाकान चाहानग्लुले गोल गरे ।

इन्टरले १७ खेल मात्र खेलेको छ र उसकासामु अब एटलान्टालाई उछिन्ने अवसर हुनेछ । शनिबारका अन्य खेलमा पार्माले मोन्जा तथा जेनोआले इम्पोलीलाई समान २–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बंगलादेश पहिलोपटक एएफसी महिला एसियन कपमा छनोट भएको छ। बुधबार भएको समूह ‘सी’ को खेलमा तुलनात्मक रूपमा बलियो टोली म्यानमारलाई २–१ ले हराउँदै बंगलादेश छनोट भएको हो । बंगलादेशको जितमा स्टार खेलाडी रितु पोर्ना चक्माले २ गोल गरेकी थिइन् । फिफा वरियतामा बंगलादेशभन्दा ७३ स्थान माथि रहेको म्यानमारले अन्त्यतिर गोल फर्काएपनि हार भने टार्न सकेन ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईविरुद्ध दायर गरिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गएको फागुनमा एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि गाली बेइज्जती गरेको भन्दै महासचिव राईविरुद्ध मुद्दा दायर गरेका थिए। असार १८ गते न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै वादी थापाको दाबी नपुग्ने ठहर गरेको ...
। कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ । तास्केन्तस्थित मिल्ली स्टेडियमा भएको खेलमा नेपालले ८-० को जित निकालेको हो। नेपालका लागि साम्बाको ३ गोलसँगै गिता रानाको २ गोल तथा निशा थोकर, रेखा पौडेल र पुजा ...
: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान चालु आर्थिक वर्षमा नसकिने भएको छ। सहरी विकास मन्त्रालयले बुधबार एक पत्रकार सम्मेलन गरी असार मसान्तसम्ममा त्रिवि मैदानको काम नसकिने बताएको हो। २०८१ फागुन २१ गते सुरु भएको त्रिवि मैदानको काममा दोस्रो पटक म्याद थप गरिएको हो। फागुनमा वैशाख २४ सम्म सक्ने गरी मिति तय गरिएको थियो। तर सो मितिमा ...
— एएफसी महिला एसिया कप छनोटको समूह ‘जी’ मा नेपाल र आयोजक उज्वेकिस्तानले आ–आफ्नो पहिलो खेलमा अपेक्षित ठूलो अन्तरको जित निकालेको छ । मिली स्टेडियममा भएको पहिलो खेलमा नेपालले लाओसलाई ९ गोल गरेको थियो भने उज्वेकिस्तानले श्रीलंकामाथि १० गोल । नेपालका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड र कप्तान सावित्रा भण्डारीका लागि यो सुखद सुरुआत रह्यो । दुवै नवनियुक्त हुन् । सावित्राभन्दा ...