मुख्य समाचार
सिरियामा असद पक्षधरद्वारा सत्तारूढ फौजका १४ जना मारिए
सिरियामा असद पक्षधरद्वारा सत्तारूढ फौजका १४ जना मारिए

— सिरियाका अपदस्थ राष्ट्रपति बसर अल-असदका समर्थकहरूले देशको पश्चिममा गरेको आक्रणमा आन्तरिक मन्त्रालयका १४ सैनिकको ज्यान गएको छ ।
असदको अल्पसंख्यक अलावाइट मुस्लिम सम्प्रदायको गढ रहेको भूमध्यसागरीय बन्दरगाह टार्टोसनजिक भएको भिडन्तमा अन्य १० सैनिक घाइते भएका सिरियाली अधिकारीहरूले जनाएका छन् ।

राजधानी दमास्कसनजिकै रहेको कुख्यात सयदनाया जेलमा कैदीबन्दीलाई यातान दिने भूमिकामा रहेका एक पूर्व अधिकारीलाई पक्राउ गर्न खोज्दा असदका समर्थकहरूले सुरक्षा फौजमाथि आक्रमण गरेका हुन् ।

असदलाई दुई साताअघि मात्रै इस्लामवादी हयात तहरीर अल-साम (एचटीएस) नेतृत्वको विद्रोही सेनाले विस्थापित गरेको थियो । बेलायतस्थित अनुगमन समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले झडपमा १४ सैनिकका साथै पहिचान नखुलेका तीन सशस्त्र पुरुषको पनि ज्यान गएको जनाएको छ ।

होम्स सहरमा पनि सुरक्षा व्यवस्था स्थापित गर्न चुनौति भएसँगै सिरियाली अधिकारीहरूले रातभर कर्फ्यू लगाएका छन् । अलावाइट अलावाइट मन्दिरमा आक्रमण भएको भिडियो सार्वजनिक भएसँगै अशान्ति मच्चिएको बताइएको छ ।

आन्तरिक मन्त्रालयले भने भिडियो पुरानो भएको जनाएको छ । मन्त्रालयका अनुसार उक्त दृष्य नोभेम्बर अन्त्यमा अलेप्पोमा विद्रोहीले गरेको आक्रमणको हो । एसओएचआरले होम्समा एक प्रदर्शनकारी मारिएका र पाँच जना घाइते भएका जनाएको छ ।

त्यस्तै, टार्टोस र लटाकिया सहर र असदको गृहनगर कार्दहालगायतका क्षेत्रमा पनि प्रदर्शनहरू भएका बीबीसीले जनाएको छ । अलावाइट शिया इस्लामको एउटा शाखा हो । यसमा असदको परिवारसहित सिरियाका पूर्वशासक, राजनीतिज्ञ तथा सैनिक नेतृत्वहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...