मुख्य समाचार
सिरियामा असद पक्षधरद्वारा सत्तारूढ फौजका १४ जना मारिए
सिरियामा असद पक्षधरद्वारा सत्तारूढ फौजका १४ जना मारिए

— सिरियाका अपदस्थ राष्ट्रपति बसर अल-असदका समर्थकहरूले देशको पश्चिममा गरेको आक्रणमा आन्तरिक मन्त्रालयका १४ सैनिकको ज्यान गएको छ ।
असदको अल्पसंख्यक अलावाइट मुस्लिम सम्प्रदायको गढ रहेको भूमध्यसागरीय बन्दरगाह टार्टोसनजिक भएको भिडन्तमा अन्य १० सैनिक घाइते भएका सिरियाली अधिकारीहरूले जनाएका छन् ।

राजधानी दमास्कसनजिकै रहेको कुख्यात सयदनाया जेलमा कैदीबन्दीलाई यातान दिने भूमिकामा रहेका एक पूर्व अधिकारीलाई पक्राउ गर्न खोज्दा असदका समर्थकहरूले सुरक्षा फौजमाथि आक्रमण गरेका हुन् ।

असदलाई दुई साताअघि मात्रै इस्लामवादी हयात तहरीर अल-साम (एचटीएस) नेतृत्वको विद्रोही सेनाले विस्थापित गरेको थियो । बेलायतस्थित अनुगमन समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले झडपमा १४ सैनिकका साथै पहिचान नखुलेका तीन सशस्त्र पुरुषको पनि ज्यान गएको जनाएको छ ।

होम्स सहरमा पनि सुरक्षा व्यवस्था स्थापित गर्न चुनौति भएसँगै सिरियाली अधिकारीहरूले रातभर कर्फ्यू लगाएका छन् । अलावाइट अलावाइट मन्दिरमा आक्रमण भएको भिडियो सार्वजनिक भएसँगै अशान्ति मच्चिएको बताइएको छ ।

आन्तरिक मन्त्रालयले भने भिडियो पुरानो भएको जनाएको छ । मन्त्रालयका अनुसार उक्त दृष्य नोभेम्बर अन्त्यमा अलेप्पोमा विद्रोहीले गरेको आक्रमणको हो । एसओएचआरले होम्समा एक प्रदर्शनकारी मारिएका र पाँच जना घाइते भएका जनाएको छ ।

त्यस्तै, टार्टोस र लटाकिया सहर र असदको गृहनगर कार्दहालगायतका क्षेत्रमा पनि प्रदर्शनहरू भएका बीबीसीले जनाएको छ । अलावाइट शिया इस्लामको एउटा शाखा हो । यसमा असदको परिवारसहित सिरियाका पूर्वशासक, राजनीतिज्ञ तथा सैनिक नेतृत्वहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम