मुख्य समाचार
अमेरिकाले अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको हुनसक्ने बताए
अमेरिकाले अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको हुनसक्ने बताए

— अमेरिकाले अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको हुनसक्ने बताएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले दुर्घटनाका लागि रुस जिम्मेवार हुनसक्ने प्रारम्भिक संकेत मिलेको बताएका हुन् ।


अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको अजरबैजान एअरलाइन्सको 'जे२-८२४३' विमान बुधबार कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको थियो । दुर्घटनामा विमानमा रहेका ६७ जनामध्ये ३८ को मृत्यु भएको थियो ।


ह्वाइट हाउसका प्रवक्ता किर्बीले विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको संकेत मिलेको बताए । तर उनले त्यसबारे विस्तृत केही उल्लेख नगरेका बीबीसीले जनाएको छ । दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको उनको भनाइ छ ।

चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा रहेको विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ । तर पछि उक्त विमान चेचन्यामा अवतरण नगरी क्यास्पियन सागरतर्फ मोडिएर कजाकस्तानतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

अमेरिकी आरोपबारे रुसले भने कुनै प्रतिक्रिया जनाएको छैन । तर रुसी नागरिक उड्डयन निकायले भने युक्रेनी ड्रोन हमलाका कारण चेचन्याको अवस्था निकै जटिल हुने गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

अजरबैजानका अधिकारीहरूले 'इलेक्ट्रोनिक जामिङ'का कारण विमानको जीपिएस प्रणाली प्रभावित भएको र त्यसपछि रुसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटनबाट निस्किएको छर्रा लागेर दुर्घटनामा परेको जनाएका छन् । ।

यद्यपी अजरबैजानले दुर्घटनाका लागि रुसलाई आरोप लगाएको छैन । तर अजरबैजानका यातायातमन्त्री रशाद नबियबले उक्त विमान बाह्य हस्तक्षेपको मारमा परेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताएका छन् । विमानमा कस्ता अस्त्र प्रयोग भएको थियो भन्नेबारे अनुसनुधान हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम