मुख्य समाचार
अमेरिकाले अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको हुनसक्ने बताए
अमेरिकाले अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको हुनसक्ने बताए

— अमेरिकाले अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको हुनसक्ने बताएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले दुर्घटनाका लागि रुस जिम्मेवार हुनसक्ने प्रारम्भिक संकेत मिलेको बताएका हुन् ।


अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको अजरबैजान एअरलाइन्सको 'जे२-८२४३' विमान बुधबार कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको थियो । दुर्घटनामा विमानमा रहेका ६७ जनामध्ये ३८ को मृत्यु भएको थियो ।


ह्वाइट हाउसका प्रवक्ता किर्बीले विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको संकेत मिलेको बताए । तर उनले त्यसबारे विस्तृत केही उल्लेख नगरेका बीबीसीले जनाएको छ । दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको उनको भनाइ छ ।

चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा रहेको विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ । तर पछि उक्त विमान चेचन्यामा अवतरण नगरी क्यास्पियन सागरतर्फ मोडिएर कजाकस्तानतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

अमेरिकी आरोपबारे रुसले भने कुनै प्रतिक्रिया जनाएको छैन । तर रुसी नागरिक उड्डयन निकायले भने युक्रेनी ड्रोन हमलाका कारण चेचन्याको अवस्था निकै जटिल हुने गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

अजरबैजानका अधिकारीहरूले 'इलेक्ट्रोनिक जामिङ'का कारण विमानको जीपिएस प्रणाली प्रभावित भएको र त्यसपछि रुसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटनबाट निस्किएको छर्रा लागेर दुर्घटनामा परेको जनाएका छन् । ।

यद्यपी अजरबैजानले दुर्घटनाका लागि रुसलाई आरोप लगाएको छैन । तर अजरबैजानका यातायातमन्त्री रशाद नबियबले उक्त विमान बाह्य हस्तक्षेपको मारमा परेको र अवतरण गर्ने क्रममा दुर्घटना भएको बताएका छन् । विमानमा कस्ता अस्त्र प्रयोग भएको थियो भन्नेबारे अनुसनुधान हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...