मुख्य समाचार
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाभियोग प्रस्ताव
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाभियोग प्रस्ताव

— दक्षिण कोरियाका विपक्षी सांसदहरूले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रपति युन सुक यओलविरुद्ध संसद्ले महाभियोग प्रस्ताव पारित गरेको दुई सातामा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।




कार्यवाहक राष्ट्रपति हानले प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले मनोनीत गरेका न्यायाधीशलाई संवैधानिक अदालतमा नियुक्त गर्न अस्विकार गरेपछि महाभियोग प्रस्ताव दर्ता गरिएको हो । 'हानले आफूलाई कार्यवाहक राष्ट्रपति नभई विद्रोही भएको देखाएका छन्,' पार्टीका संसदीय दलका नेता पार्क चान-डेले भने ।


हानले डिसेम्बर ३ मा राष्ट्रपति युनलाई सैनिक कानुन लागू गर्नका लागि सहयोग गरेको पनि विपक्षीको आरोप छ । यसअघि हानले राष्ट्रपतिको कदम रोक्न असफल भएकोमा माफी मागेका थिए । सैनिक कानून घोषणा गरेको कोरियाली संसद्ले डिसेम्बर १४ मा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । तर उनी पदमुक्त हुन भने संवैधानिक अदालतको फैसला आवश्यक छ ।

संवैधानिक अदालतमा हाल ३ सदस्य रिक्त छन् । कार्यवाहक राष्ट्रपति हानले ९ सदस्यीय संवैधानिक अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेका हुन् । तीन न्यायाधीशको औपचारिक नियुक्ति अस्वीकार गर्नुको अर्थ हान राष्ट्रपतिका रूपमा कार्य गर्न योग्य नभएको विपक्षीहरूको भनाइ छ ।

उनीविरूद्धको महाभियोग प्रस्तावमा आगामी २४ देखि ७२ घण्टाभित्र मतदान हुने जनाइएको छ । प्रस्ताव पारित हुन १ सय ५१ सांसदले मत दिनुपर्छ । कोरियाली संसद्‍मा हाल ३ सय सदस्य छन् । तीमध्ये १ सय ७० सांसद डेमोक्रेटिक पार्टीका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...