मुख्य समाचार
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाभियोग प्रस्ताव
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिविरुद्ध पनि महाभियोग प्रस्ताव

— दक्षिण कोरियाका विपक्षी सांसदहरूले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रपति युन सुक यओलविरुद्ध संसद्ले महाभियोग प्रस्ताव पारित गरेको दुई सातामा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।




कार्यवाहक राष्ट्रपति हानले प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले मनोनीत गरेका न्यायाधीशलाई संवैधानिक अदालतमा नियुक्त गर्न अस्विकार गरेपछि महाभियोग प्रस्ताव दर्ता गरिएको हो । 'हानले आफूलाई कार्यवाहक राष्ट्रपति नभई विद्रोही भएको देखाएका छन्,' पार्टीका संसदीय दलका नेता पार्क चान-डेले भने ।


हानले डिसेम्बर ३ मा राष्ट्रपति युनलाई सैनिक कानुन लागू गर्नका लागि सहयोग गरेको पनि विपक्षीको आरोप छ । यसअघि हानले राष्ट्रपतिको कदम रोक्न असफल भएकोमा माफी मागेका थिए । सैनिक कानून घोषणा गरेको कोरियाली संसद्ले डिसेम्बर १४ मा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । तर उनी पदमुक्त हुन भने संवैधानिक अदालतको फैसला आवश्यक छ ।

संवैधानिक अदालतमा हाल ३ सदस्य रिक्त छन् । कार्यवाहक राष्ट्रपति हानले ९ सदस्यीय संवैधानिक अदालतमा रिक्त पदमा न्यायाधीश नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेका हुन् । तीन न्यायाधीशको औपचारिक नियुक्ति अस्वीकार गर्नुको अर्थ हान राष्ट्रपतिका रूपमा कार्य गर्न योग्य नभएको विपक्षीहरूको भनाइ छ ।

उनीविरूद्धको महाभियोग प्रस्तावमा आगामी २४ देखि ७२ घण्टाभित्र मतदान हुने जनाइएको छ । प्रस्ताव पारित हुन १ सय ५१ सांसदले मत दिनुपर्छ । कोरियाली संसद्‍मा हाल ३ सय सदस्य छन् । तीमध्ये १ सय ७० सांसद डेमोक्रेटिक पार्टीका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम