मुख्य समाचार
आर्सनलले इंग्लिस प्रिमियर लिगमा इपस्विच टाउनलाई १–० ले हराए
आर्सनलले इंग्लिस प्रिमियर लिगमा इपस्विच टाउनलाई १–० ले हराए

— काइ हाभरटेजले गरेको एक मात्र गोलको मद्धतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इपस्विच टाउनलाई १–० ले हराएको छ । र, लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि आर्सनलको १८ खेलबाट ३६ अंक भएको छ ।




यो शीर्षमा रहेको लिभरपुलसँग छ अंकको दूरी हो । चेल्सी ३५ अंकमा तेस्रोमा झरेको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा लियानड्रो ट्रोसार्डको क्रस उपयोग गर्दै हाभरटेजले २३ औं मिनेटमा निर्णायक गोल गरे ।


आफ्नो घरेलु मैदानमा आर्सनलले ८३ प्रतिशत भन्दा बढी खेल नियन्त्रणमा राखेको थियो । रेलिगेसनबाट बच्न संघर्षरत इपस्विच १२ अंकमा पुछारबाट दोस्रो स्थानमा छ । शुक्रबारकै अर्को खेलमा ब्राइटन र ब्रेन्टफोर्डले निराशाजनक गोलरहित बराबरी खेलेका छन् ।

ब्राइटनले आफ्नो अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलको फाइदा लिन सकेन् । प्रिमियर लिगमा ब्राइटन पछिल्ला छ खेलमा जितहीन रहेको छ । ब्राइटन २६ अंकमा दसौं स्थानमा छ भने उसको ठीक पछाडि ब्रेन्टफोर्डको २४ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...