मुख्य समाचार
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको प्रोत्साहन गर्न सरकार प्रतिवद्ध
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको प्रोत्साहन गर्न सरकार प्रतिवद्ध

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा काठमाडौं,ललितपुर र भक्तपुरका महिला उद्यमीसँगको छलफलका क्रममा मन्त्री भण्डारीले स्वदेशमा उत्पादित हस्तकला लगायतका अन्य सामग्रीहरको प्रयोगमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताएका हुन्।


स्वदेशी वस्तुको बजार व्यवस्थापनका लागि समेत मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।

मन्त्री भण्डारीले बाणिज्य विभागमा स्वदेशी वस्तु भनेर जानकारी गराइएका सामग्रीहरूलाई मन्त्रालयले विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने उल्लेख गरे। स्वदेशी उत्पादन भएका वस्तुको प्रयोगसम्बन्धी कार्यविधिलाई अघि बढाउनका लागि सरोकारवाला निकायसँग छिटै छलफल गरिने मन्त्री भण्डारीले बताए।


महिला उद्यमीले सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीहरूले उपलब्ध भएसम्म स्वदेशी उत्पादन भएका वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ पारित भएकोप्रति मन्त्री भण्डारीलाई धन्यवाद दिएका थिए ।

उनीहरूले उक्त निर्देशिका शीघ्र कार्यान्वयन गर्नका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । महिलाहरूबाट उत्पादित हस्ताकला सामाग्रीहरु सरकारी स्तरमा प्रयोगमा ल्याउन सके नेपालको अर्थतन्त्रलाई थप टेवा पुग्ने महिला उद्यमीहरूको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको दायित्व ५५ अर्ब हाराहारी पुगेको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई पटक गरी ३६ अर्ब ऋण लिएको थियो । त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको ...
। मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म मुलुकको कुल बेरुजु साढे ७ खर्बमाथि पुगेको हो । महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष कुल ९४ अर्ब ८४ अर्ब ४० करोड रुपैयाँ बराबर लेखा परीक्षण ...
: सेयर अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका–२०८२ पारित नहुँदा करिब ३६ कम्पनीका संस्थापक सेयर सूचीकृत हुन सकेका छैनन्। २०८१ माघमा ओम मेगाश्री फर्मास्युटिकल्सलगायत कम्पनीले आईपीओ निष्कासन अनुमति पाएका थिए। तर, यी कम्पनीहरूको संस्थापक सेयर सूचीकृत हुन सकेका हुन्। यसमा जलविद्युत् क्षेत्रका मात्रै करिब २४ आयोजनाका करिब १ अर्ब ८० करोड कित्ता संस्थापक सेयर सूचीकृतको पर्खाइमा छन्। आईजीन विवादले ...
। नेपाल र श्रीलंकाबीच क्रस–बोर्डर मोबाइल भुक्तानी सेवा सुरु भएको छ । अन्तरदेशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित गर्ने उद्देश्यले श्रीलंकाको लंकापे र नेपालको नेपाल क्लियरिङ हाउसले क्रस–बोर्डर क्यूआर भुक्तानीको थालनी गरेका हुन् । श्रीलंकाको कोलाम्बोमा आयोजित एक विशेष कार्यक्रममा क्रस–बोर्डर भुक्तानी सुरुवातको घोषणा गरिएको छ। उक्त व्यवस्थापछि श्रीलंका भ्रमण गर्ने नेपाली यात्रुले कनेक्ट ...
। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम मार्फत स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न महत्त्वाकांक्षी घोषणाहरू गरेको छ । व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मका सबै काम ३० दिनभित्र सम्पन्न गर्ने ‘लगानी एक्सप्रेस’ लागु गर्ने, विदेशी लगानीमा ‘स्वचालित मार्ग’ विस्तार गर्ने र ठूला लगानीकर्तालाई ‘नेपाल लगानी भिसा’ उपलब्ध गराउने सरकारको घोषणा छ । मुलुकको अर्थतन्त्रलाई गति ...