मुख्य समाचार
लिभरपुलले लेस्टर सिटी विरुद्ध ३-१ को पुनरागमन जित
लिभरपुलले लेस्टर सिटी विरुद्ध ३-१ को पुनरागमन जित

। प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुलले लेस्टर सिटी विरुद्ध ३-१ को पुनरागमन जित हात पारेको छ । यस जितपछि लिभरपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता समेत बनाएको छ ।

लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा जोर्डन आयुले छैटौं मिनेटमै गोल गर्दै लेस्टर सिटीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी टाइममा कोडी गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए ।


दोस्रो हाफको सुरुमै लिभरपुलले अग्रता लियो । ४९औं मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपुलले २-१ को अग्रता बनायो । ८२औं मिनेटमा गाक्पोको पासमा मोहमद सालाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे ।

जितपछि लिभरपुलले १७ खेलबाट ४२ अंक जोडेको छ । लिभरपुलले दोस्रो स्थानको चेल्सीभन्दा अझै १ खेल कम खेलेको छ । १८ खेलबाट चेल्सीको ३५ अंक छ ।



गएराती भएको खेलमा पहिले अग्रता लिएपनि चेल्सी फुलहमसँग २-१ ले स्तब्ध भयो । घरेलु मैदानमा कोल पाल्मरले १६औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर फुलहमले दोस्रो हाफमा सानदार पुनरागमन गर्दै दुई गोल गर्‍यो । ८२औं मिनेटमा ह्यारी विल्सनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि रोड्रिगो मुनिजले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै फुलहमलाई २-१ को जित दिलाए । चेल्सी ४५ वर्षपछि घरेलु मैदानमा फुलहमसँग पराजित भएको हो ।

यस जितपछि फुलहम १८ खेलबाट २८ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

प्रिमियर लिगकै अन्य खेलमा वलभ्सले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । नटिङहम परेस्टले टोटनहम हट्सपरलाई १-० ले तथा न्युकासलले एस्टन भिल्लालाई ३-० ले पराजित गरेको छ । वेष्टहम ले साउथह्याम्पटनलाई १-० ले पराजित गर्दा बर्नमाउथ र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले हराएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो। कर्णालीले दिएको १३० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...