मुख्य समाचार
सिटीलाई घरेलु मैदान एतिहाडमै एभर्टनले १-१ को बराबरीमा रोके
सिटीलाई घरेलु मैदान एतिहाडमै एभर्टनले १-१ को बराबरीमा रोके

। इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटीलाई घरेलु मैदान एतिहाडमै एभर्टनले १-१ को बराबरीमा रोकेको हो ।

सिटीका लागि बर्नार्डो सिल्भाले गोल गरेका थिए भने एभर्टनका इलिमानो डिआएले गोल गरे । सिटीका एर्लिङ हालान्डले पेनाल्टी मिस गरेका थिए ।




खेलको १४औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा डिआएले गोल गरेपछि एभर्टनले पहिलो हाफ बराबरीमै सकायो ।

दोस्रो हाफको ५३औं मिनेटमा प्राप्त पेनाल्टीमा हालान्ड चुके । उनको प्रहार गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए । त्यसपछि थप गोल नहुँदा सिटीको जितविहीन यात्रा लम्बिएको हो ।



बराबरीपछि सिटीको १८ खेलबाट २८ अंक भएको छ। एभर्टनको १७ खेलमा १७ अंक छ । सिटीले प्रिमियर लिगका पछिल्ला ९ खेलमा १ जित मात्र निकाल्न सकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...