मुख्य समाचार
म्यानमारमा विद्रोहीको कब्जा रहेको क्षेत्रमा १४ नेपाली अलपत्र
म्यानमारमा विद्रोहीको कब्जा रहेको क्षेत्रमा १४ नेपाली अलपत्र

। आन्तरिक द्वन्द्व चलिरहेको म्यानमारमा १४ जना नेपाली अलपत्र परेका छन् ।

बर्मास्थित नेपाली दूतावासलाई पुगेको सूचना अनुसार उनीहरू सीमा क्षेत्रमा पर्ने म्यावडी भन्ने ठाउँमा फसेका छन् र उद्दारका लागि अनुरोध गरेका छन् ।




बर्माका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरेले बताए अनुसार उनीहरू रहेको स्थान स्थानीय जातीय समूहको कब्जामा रहेको क्षेत्रमा पर्छ । केहीअघि त्यस क्षेत्रमा तैनाथ म्यानमारको सेनाले स्थानीय विद्रोहीसँग आत्मसमर्पण गरेको थियो ।

राजदूत घिमिरेले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘त्यहाँ नेपालसहित अरु ३६ देशका नागरिक अलपत्र परेकाले उद्दारका लागि अरु देशसँग पनि समन्वय भइरहेको छ ।’



औपचारिक रुपमा जातीय समूहलाई पत्राचार गर्नसक्ने स्थिति नभएकाले अन्य गैरसरकारी संस्थाहरूको समेत सहयोग लिनुपर्ने स्थिति छ ।

‘केही दिनअघि पाँच जना नेपाली उद्दार भएर स्वदेश फर्किनुभएको छ’, उनले भने, ‘अन्यलाई पनि फर्काउन यथाशक्य प्रयास गरिरहेका छौं ।’

पछिल्लो दुई वर्षमा बर्मामा अलपत्र परेका कम्तिमा ९० जनालाई उद्दार गरेर नेपाल फर्काइसकिएको घिमिरेको भनाइ छ । ‘यद्यपि, अझै नेपाली आइरहनु भएकाले म्यानमार आउनुअघि सचेत रहन आग्रह गर्छौं’, उनले थपे ।

अलपत्र परेका मध्ये अधिकांश भिजिट भिसामा थाइल्याण्ड पुगेर स्थलमार्गबाट म्यानमार गएका छन् । कतिपय विजनेश भिसामा सिधै म्यानमार गएको समेत देखिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

मन्त्रालयका उपसचिव सुभांग पराजुलीका अनुसार, नेपाली नागरिकहरू आईटी कम्पनीमा आकर्षक जागीर पाउने प्रलोभनमा बर्मा पुगेको प्रारम्भिक विवरण छ ।

‘प्रायः नेपाली नागरिकलाई क्रिप्टोकरेन्सी कारोबार, साइबर ठगी, अनलाइन स्क्यामिङ लगायतमा काम लगाइएको देखिन्छ, कतिपय अञ्जानमै यस्तो गिरोहको फन्दामा पर्नुभएको छ’, उनले भने, ‘कतिपयले त्यहाँ पुगेपछि राहदानी नियन्त्रणमा लिएर १२, १३ घन्टासम्म काममा लगाएको पाइएको बताउनुभएको छ ।’

रोजगारीका नाममा अलपत्र पार्ने क्रम बढ्यो : परराष्ट्र

बर्मामा नेपाली नागरिक अलपत्र परेको खबरहरू आउन थालेपछि सोमबार परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको थियो ।

वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पु¥याइ अलपत्र पार्ने एवं प्रचलित कानुन बमोजिम निषेध गरिएका कार्यहरूमा संलग्न हुने काम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरू नगर्न÷नगराउन पनि मन्त्रालयले भनेको छ ।

हालका दिनहरुमा मानव बेचविखन एवं अन्य अपराधिक गतिविधिहरूमा संलग्न गिरोहले नेपाली नागरिकहरूलाई कम्बोडिया, लाओस र म्यानमारमा लगेर जबरजस्ती अवैध कार्यहरुमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याहरु देखिन थालेको मन्त्रालयले जनाएको छ ।

समस्यामा परेकाहरूले उद्धारका लागि नेपाली राजदूतावास याङ्गुन र बैंककमा आवेदन दिने क्रम उल्लेखनीय रुपमा बढोत्तरी भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रायः सामाजिक सन्जालमा देखिने रोजगारीका नक्कली विज्ञापनको भ्रममा नपर्न, वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न, रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि कम्पनी र रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन पनि सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार भूतपूर्व ब्रिटिश गोर्खाहरुका माग सम्बन्धमा संयुक्त अधिराज्यका रक्षामन्त्री जोन हिली र भेट्रान मन्त्री श्रीमती लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरे । गोर्खा अभियन्ताहरुको आमरण अनसन अन्त्य गर्दै बेलायतले वार्ता थालेको झण्डै ५ वर्षमा सोमबार भएको बैठक विशेष थियो । किनभने, १९ अगष्ट, २०२१ मा बेलायत सरकार वार्तामा बस्न तयार भए यता ...
: दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित सिओल अन्तर्राष्ट्रिय ट्राभल फेयर (एसआईटीएफ) २०२६ मा नेपालको पर्यटकीय गन्तव्य प्रवर्द्धन गरिएको छ। सिओलस्थित कोएक्स प्रदर्शनी केन्द्रमा जुन ४ देखि ७ सम्म आयोजित एसआईटीएफ-२०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा गएको ७ वटा नेपाली पर्यटन व्यवसायीको टोलीले नेपालका आकर्षक एवं उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गरिएको हो। उक्त चारदिने अन्तर्राष्ट्रिय पर्यटन ...
। बेलायती राजा चार्ल्स तृतीयले नवगठित गोर्खा आर्टिलरी युनिटको प्रसंसा गरेका छन् । विल्टसायरको लार्कहिल ब्यारेकमा सैनिकहरूको परेडमा भाग लिँदै राजा चार्ल्सले गोर्खा सैनिकको दृढता र प्रतिबद्धताको प्रसंसा गरेका हुन् । सो अवसरमा राजालाई २१ तोपको सलामीसहित स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै राजा चार्ल्सले भने, ‘यसले बेलायत र नेपालबीचको स्थायी र मूल्यवान सम्बन्धको गहिराइ ...
। पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता पाएको छ । एक वर्ष अघि तीन वटा कार्य समिति गठन भई सबै एनआरएनएले समानान्तर गतिविधि गर्दै आएका थिए । एक वर्ष अघि सुजन लामाले आफ्नो नेतृत्वमा गठन भएको कार्यसमिति बैधानिक र कानूनसम्मत रहेकोले आधिकारिक मान्यता प्रदान गर्न पोर्चुगलको ...
: कोरियामा कार्यरत एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुंगाको मोलुंग गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षका गणेश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । ३ वर्षअघि कृषि क्षेत्रको कामदारका रुपमा कोरिया आएका उनी गाई फर्ममा कार्यरत थिए । फर्ममा आवश्यक ...