मुख्य समाचार
भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन
भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन

: भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मनमोहन सिंहको स्वास्थ्य बिग्रिएपछि उनलाई बिहीबार साँझ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्समा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुमा जनाइएको छ।


एम्सको मिडिया सेलले मनमोहन सिंहको निधन भएको पुष्टि गरेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री सिंहको निधनपछि प्रेस विज्ञप्ति जारी गरिएको थियो । विज्ञप्तिमा उमेरको कारणले गर्दा बिहीबार (२६ डिसेम्बर २०२४) बेलुकी भारतीय समय अनुसार ८:०६ मा उनलाई एम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ।


घरमै बेहोस भएपछि उनलाई अस्पताल लगिएको र उनको राती ९.५१ बजे मृत्यु भएको जनाइएको छ। मनमोहन सिंह दुई पटक भारतको प्रधानमन्त्री भएका थिए । उनी सन् १९९१–९६ सम्म अर्थमन्त्री थिए । त्यतिबेला पीवी नरसिंह राव देशको प्रधानमन्त्री थिए।

नरसिंह रावलाई देशमा आर्थिक उदारीकरणका पिता मानिन्छ। मनमोहन सिंहले आफ्नो नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई श्रद्धाञ्जली दिंदै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले लेखेकी छिन्, 'पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह जी ती दुर्लभ राजनीतिज्ञ मध्ये एक थिए जसले शिक्षा र प्रशासन दुवै क्षेत्रमा समान सहजताका साथ काम गरे। सार्वजनिक पदहरूमा विभिन्न भूमिकाहरूमा सेवा गर्दा, उनले भारतीय अर्थतन्त्र सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनी राष्ट्रको सेवा, निर्दोष राजनीतिक जीवन र अत्यन्त नम्रताका लागि सधैं सम्झिइनेछन्।

उनको निधन भारतीयका लागि ठूलो क्षति भएको उनले जनाएकी छन्। उनले थप भनेकी छन्, 'म भारतका एक महान पुत्रलाई सम्मानजनक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँको परिवार, साथीहरू र प्रशंसकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।'

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेलगायत धेरै ठूला नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, 'भारतले आफ्ना एक सम्मानित नेता डा. मनमोहन सिंह जीलाई गुमाएको छ। सामान्य पृष्ठभूमिबाट उठेर उनले सम्मानित अर्थशास्त्रीका रूपमा आफ्नो पहिचान बनाए। उनले अर्थमन्त्रीलगायत सरकारमा धेरै महत्त्वपूर्ण पदमा काम गरे र हाम्रो आर्थिक नीतिमा गहिरो छाप छोडे। प्रधानमन्त्रीको हैसियतमा उनले जनताको जीवनस्तर उकास्न धेरै प्रयास गरे ।'

उनले थप लेखेका छन्, ‘डा. मनमोहन सिंह जी प्रधानमन्त्री हुँदा र म गुजरातको मुख्यमन्त्री हुँदा हाम्रो नियमित कुराकानी हुन्थ्यो। हामी सुशासनसँग सम्बन्धित धेरै विषयमा विस्तृत छलफल गर्थ्यौं। उनको विद्वता र नम्रता सधैं उनका कुरामा देखिन्थ्यो।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा इरानी अधिकारीहरूले देशको मध्य भागबाट १३९ विदेशी नागरिकहरूलाई पक्राउ गरेको स्थानीय मिडियाले मंगलबार रिपोर्ट गरेका छन् । इरानको तस्निम समाचार एजेन्सीले याजद सहरका प्रहरी प्रमुखलाई उद्धृत गर्दै पक्राउ परेका व्यक्तिहरू विरोध आयोजना गर्ने, उक्साउने र निर्देशन दिने काममा संलग्न रहेको तथा देश बाहिरका सञ्जालहरूसँग सम्पर्कमा रहेर अपराधिक क्रियाकलाप गरेको जनाएको ...
: अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका ...
: एलन मस्कको एक्स प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको छ । जनवरी २०२५ मा खोलिएको अनुसन्धानको एक भागको रूपमा मस्कको सामाजिक सञ्जाल प्लेटफर्मको फ्रान्सेली कार्यालयहरूमा छापा मारिएको पेरिस अभियोजकको कार्यालयले जनाएको छ । अभियोजकको साइबर अपराध एकाइले छापा मारेको एक विज्ञप्तिमा जनाइएको छ । पेरिस अभियोजकका अनुसार एक्सका अध्यक्ष मस्क र एक्सका पूर्व प्रमुख कार्यकारी ...
गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको गाजाको स्थानीय प्रशासनले जनाएको छ। हमासको नागरिक रक्षा एजेन्सीले मृत्यु हुनेमा महिला र बालबालिका रहेको बताएको छ। नागरिक रक्षा एजेन्सीका अनुसार खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास रहेको स्थानमा हवाई आक्रमण भएको थियो। प्यालेस्टिनीहरूले यस महिनाको सुरुमा लागू भएको युद्धविरामको दोस्रो चरण पछिको सबैभन्दा ठूलो ...
। यतिबेला जेफ्री एप्स्टिनका विभिन्न भिडियो सामग्री, कागजात र गोप्य संवादहरू बाहिरिइरहेको छ । यसले सन् २०२० को गोल्डेन ग्लोब्सको मञ्चमा रिकी जर्भेसले दिएको ‘मोनोलग’ (एकालाप) को ताजा भएर आउँछ । यस मन्तव्यमा जर्भेसले ‘पेडोफिलिया’ फिल्महरूसँगै एप्स्टिनको नाम जोडेर कडा व्यङ्ग्य गरेका थिए। त्यस रात सधैंझैं स्याम्पेन, महँगा पहिरन र आत्म-प्रशंसाको एउटा सामान्य उत्सव हुनुपर्ने थियो। ...