मुख्य समाचार
भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन
भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन

: भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मनमोहन सिंहको स्वास्थ्य बिग्रिएपछि उनलाई बिहीबार साँझ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्समा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुमा जनाइएको छ।


एम्सको मिडिया सेलले मनमोहन सिंहको निधन भएको पुष्टि गरेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री सिंहको निधनपछि प्रेस विज्ञप्ति जारी गरिएको थियो । विज्ञप्तिमा उमेरको कारणले गर्दा बिहीबार (२६ डिसेम्बर २०२४) बेलुकी भारतीय समय अनुसार ८:०६ मा उनलाई एम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ।


घरमै बेहोस भएपछि उनलाई अस्पताल लगिएको र उनको राती ९.५१ बजे मृत्यु भएको जनाइएको छ। मनमोहन सिंह दुई पटक भारतको प्रधानमन्त्री भएका थिए । उनी सन् १९९१–९६ सम्म अर्थमन्त्री थिए । त्यतिबेला पीवी नरसिंह राव देशको प्रधानमन्त्री थिए।

नरसिंह रावलाई देशमा आर्थिक उदारीकरणका पिता मानिन्छ। मनमोहन सिंहले आफ्नो नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई श्रद्धाञ्जली दिंदै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले लेखेकी छिन्, 'पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह जी ती दुर्लभ राजनीतिज्ञ मध्ये एक थिए जसले शिक्षा र प्रशासन दुवै क्षेत्रमा समान सहजताका साथ काम गरे। सार्वजनिक पदहरूमा विभिन्न भूमिकाहरूमा सेवा गर्दा, उनले भारतीय अर्थतन्त्र सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनी राष्ट्रको सेवा, निर्दोष राजनीतिक जीवन र अत्यन्त नम्रताका लागि सधैं सम्झिइनेछन्।

उनको निधन भारतीयका लागि ठूलो क्षति भएको उनले जनाएकी छन्। उनले थप भनेकी छन्, 'म भारतका एक महान पुत्रलाई सम्मानजनक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँको परिवार, साथीहरू र प्रशंसकहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।'

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेलगायत धेरै ठूला नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, 'भारतले आफ्ना एक सम्मानित नेता डा. मनमोहन सिंह जीलाई गुमाएको छ। सामान्य पृष्ठभूमिबाट उठेर उनले सम्मानित अर्थशास्त्रीका रूपमा आफ्नो पहिचान बनाए। उनले अर्थमन्त्रीलगायत सरकारमा धेरै महत्त्वपूर्ण पदमा काम गरे र हाम्रो आर्थिक नीतिमा गहिरो छाप छोडे। प्रधानमन्त्रीको हैसियतमा उनले जनताको जीवनस्तर उकास्न धेरै प्रयास गरे ।'

उनले थप लेखेका छन्, ‘डा. मनमोहन सिंह जी प्रधानमन्त्री हुँदा र म गुजरातको मुख्यमन्त्री हुँदा हाम्रो नियमित कुराकानी हुन्थ्यो। हामी सुशासनसँग सम्बन्धित धेरै विषयमा विस्तृत छलफल गर्थ्यौं। उनको विद्वता र नम्रता सधैं उनका कुरामा देखिन्थ्यो।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
— सिड्नीको बोन्डाइ तटमा आयोजित यहूदी समुदायको हनुक्का कार्यक्रममा गोली चलाएको अभियोगमा पक्राउ परेका व्यक्तिमाथि प्रहरीले ५९ वटा मुद्दा दर्ता गरेको छ । न्यु साउथ वेल्स प्रहरीले उनीविरूद्ध दर्ता गरेका मुद्दामध्ये १५ वटा हत्या अभियोगका छन् । त्यस्तै हत्या गर्ने नियतले गम्भीर शारीरिक क्षति पुर्‍याएको अभियोगमा ४० वटा मुद्दा दर्ता भएका छन् । यसबाहेक आतङ्कवादी गतिविधि गरेको, ...
— आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढंगले बढ्दै गएको एक नयाँ रिपोर्टले देखाएको छ । जसकारण, यहाँ हिउँ लगातार पग्लिरहेको छ । अमेरिकाको राष्ट्रिय ओशानिक एन्ड एटमस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टअनुसार अक्टुबर २०२४ र सेप्टेम्बर २०२५ मा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा ठूलो गर्मी मापन भएको थियो । पृथ्वीका बाँकी क्षेत्रको दाँजोमा यहाँ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला प्रवेश गर्ने तथा त्यहाँबाट बाहिरिने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दी लगाउन आदेश दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भेनेजुएलालाई आतंकवाद,लागुपदार्थ तस्करी र मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका छन्। उनले आफ्नो पोस्टमा लेखेका छन्, 'भेनेजुएलाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गरिरहेको छ। त्यसैले भेनेजुएला ...
— उत्तरी इटालीस्थित स्टेल्भियो राष्ट्रिय निकुञ्जमा डाइनासोरका हजारौं पदचिन्ह फेला परेका छन् । यी पदचिन्ह झन्डै २१ करोड वर्ष पुरानो हुनसक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । केही पदचिन्ह ४० सेन्टिमिटरसम्मका छन् । यी पदचिन्हहरु मिलेर बसेका छन् र धेरैमा औंला तथा नङ्ग्राका स्पष्ट चिन्ह देखिन्छन् । मिलानको उत्तर–पूर्वमा रहेको उक्त निकुञ्जभित्र गत सेप्टेम्बरमा फोटोग्राफर इलियो डेल्ला ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम